Skip to main content

Posts

रिचर्ड बेनेटको भनाइ

काठमाडौं, ४ असार ।  संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तका नेपालस्थित प्रतिनिधि रिचर्ड बेनेट ले आज सशस्त्र प्रहरी बलको मानवअधिकारसम्बन्धी हातेपुस्तिकाको विमोचन कार्यक्रममा सम्बोधन गर्नुहुंदै द्वन्द्वबाट पार पाइरहेको र लोकतन्त्रलाई सबल बनाउने प्रक्रियाबाट गुज्रिरहेको नेपालका लागि एक चुनौतीपूर्ण समयमा भएको बताउनुभयो। उहांले जवाफदेहीताको संस्कृतिद्वारा दृढ रूपमा समर्थित कानुनी शासन सफल रूपान्तरण तथा दिगो शान्तिका लागि महत्त्वपूर्ण छ। जनताका आवश्यकतालाई सम्बोधन गर्ने र उनीहरूप्रति जवाफदेही रहने दक्ष, निष्पक्ष तथा व्यावसायिक प्रहरी बल कानुनी शासनको सबलीकरण तथा मानवअधिकारको संरक्षणका लागि आवश्यक हुन्छ भन्नुभयो । वेननेटले आमजनताको सेवा गर्न प्रहरीले मानवअधिकारप्रति प्रतिबद्धता दर्शाउनु आवश्यक छ। उनीहरू जवाफदेही हुनु पनि आवश्यक छ। सर्वसाधारणले प्रहरीका जिम्मेवारीहरू र ती कसरी पूरा गरिँदैछन् भन्ने बुझ्नु आवश्यक छ। प्रहरीका कार्यविधिहरू पारदर्शी हुनुपर्दछ। साथै, प्रहरीका निम्ति प्रभावकारी रेख-देख गर्न आन्तरिक तथा बाह्‍य दुवै संयन्त्र हुनुपर्दछ। आफूले सेवा गर्ने समुदायमा उपस्थित हुने, धरा...

लोडसेडिङ सदाका लागि अन्त गर्ने उर्जामन्त्रीको योजना

काठमाडौं, ४ असार । उर्जामन्त्री डा.प्रकाशशरण महतले लोडसेडिङ सदाका लागि अन्त गर्न अल्पकालिन र दिर्घकालिन योजना बनाएर काम शुरु गर्ने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै ऊर्जा आयात गरेर भएपनि देशलाई लोडसेडिङ मुक्त बनाउने बताए। ऊर्जा संकट सदाका लागि अन्त गर्न योजनावद्ध कार्यक्रम ल्याउँछु, मन्त्री महतले भने, ऊर्जा आयात गरेरै भएपनि लोडसेडिङ हुन नदिने नीति ल्याइदैछ। देशको अर्थतन्त्र सुदृढ बनाउन ऊर्जा प्रमुख भएको भन्दै सरकार बढीभन्दा बढी ऊर्जा निकाल्न लागिपर्ने बताए। स्वदेशी र विदेशी लगानीलाई उत्तिकै प्राथमिकतामा राखिने उनको भनाई थियो। ठूला आयोजनामा वदेशी लगानी आवश्यक पर्ने भएकाले लगानीमैत्रीको वातावरण बनाइने बताए। लगानी आकर्षाका लागि आवश्यक कानुन तर्जुमा गरिने बताउदै भने, शान्तिसुरक्षाको वातावरण सुदृढ गरेर लगानी सुरक्षाको सुनिश्चितता गरिनेछ।

विद्यार्थी र हेडमास्टरबीच झडप

वीरगंज, ४ असार । लिपनीविर्ता गा.वि.स.मा रहेको नेपाल राष्ट्रिय मा.वि. का हेडमास्टर नियमित हाजिर नभएपछि पठनपाठनमा वाधा पुगेको भन्दै विद्यार्थी र प्रअबीच झडप भएको छ। घटना लगत्तै प्रहरी पुगेर हेडमास्टरलाइ सुरक्षित साथ प्रहरी चौकी परवानीपुरमा ल्याउंदै गर्दा विद्यार्थीहरुको समूहले प्रहरी भ्यानमा ढुंगामुढा गर्नुको साथै प्रहरी चौकीमा पर््रदर्शन समेत गरेका थिए । शिक्षक, विद्यार्थी र अभिभावकहरुको एक छलफलले सो विवाद साम्य पारिएको थियो। यसैगरी विद्युत आपर्ूर्तिको मांग गर्दै रौतहटको चन्द्रनिगाहपुर चोकमा स्थानीयवासीले आज बिहानैदेखि चक्काजाम गरेका थिए। मंगलवार स्थानियबासीले विद्युतको कार्यालय घेराउ गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रदर्शनकारीहरुले ना३ख ४१७४, ना२च ३८०, बा०००अ८१ र बा०००अ७१ नं.को गाडीको अगाडीको सिसा ढुंगा हानी फुटाएको प्रहरीले जनाएको छ।

प्रहरी र विद्यार्थीबीच झडप, ५ राउण्ड गोली चल्यो

रौतहट, ४ असार । विद्यार्थी र प्रहरीबीच रौतहटमा झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर गरेको छ भने विद्यार्थीको कुटाइबाट एकजना घाइते भएका छन्। आज बिहान भवानीपुर नजिकै ना१त ४६५८ नं.को ट्रयाक्टरले प्रतापपुर पल्टुवा बस्ने जित बहादुर चौधरीको छोरी छोरीलाइ ठक्कर दिदा घाइते भएपछि सोही विषयलाइ लिएर भवानीपुर उ.मा.वि.का विद्यार्थीहरु प्रदर्शनमा उत्रेका हुन्। विद्यार्थीहरुले प्रहरी चौकीमा पसेर चालक तैयब मन्सुरीलाइ कुटेपछि प्रहरीले स्थितिलाइ नियन्त्रणमा लिन हवाइ फायर गरेको हो। घाइते दुवैको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

हतियारसहित दुइजना पक्राउ

रौतहट, ४ असार । हतियारसहित दुइजनालाइ प्रहरीले रौतहटबाट पक्राउ गरेको छ।  आज बिहान शिव मन्दिरमा भइरहेको विवाहको समारोहमा पोठीयाही-६ निवासी लालबाबु चौधरीका छोरा २३ वर्षीय छोरा मिष्टर राज भन्ने शैलेन्द्र कुमारगुप्तालाई १ थान पेस्तोलसहित प्रहरीले सुराकीको आधारमा पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ। यसैगरी आज बिहान रघुनाथपुर-४ निवासी २६ वर्षीय शेष सदरे आलमलाई प्रहरीले थ्रि फिप्टीन नलकटुवा बन्दूक र १ राउण्ड गोली सहित पक्राउ गरी आवश्यक अनुसन्धानको लागि हिरासतमा राखेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

नेपाल-भारतको प्रमुख नाकामा आयात-निर्यात ठप्प

वीरगंज, ४ असार । भंसार क्षेत्र सुधारको लागि संघर्षरत समितिले विभिन्न ७ बुंदे मांग राख्दै अनिश्चितकालीन हडतालमा उत्रिएपछि नेपालको प्रमुख नाका वीरगंज भंसारमा आयात-निर्यात ठप्प भएको छ। आज बिहानदेखि भंसार एरिया सुधार संघर्ष समितिले मुख्य सडकमै टेन्ट लगाएर धर्ना दिनुको साथै सडकमा टायर बालेर बाटो अवरुद्ध गरेका छन्। समितिले बुझाएको ज्ञापनपत्रको कुनै सुनवाइ नभएको विरोधमा अनिश्चितकालीन चक्काजाममा उत्रेका हुन्।

लाखौंको सामान पक्राउ

वीरगंज, ४ असार । भारतबाट राजस्व छलेर भित्र्याइएको लाखौं मूल्य बराबरको अवैध प्रहरीले पक्राउ गरेको छ। गए राति जीतपुर प्रहरी चौकीले रामरंग ट्रान्सपोर्ट, वीरगंजको ना ३ ख ३२८७ नं.को ट्रकमा रहेको जिरा, स्टीलका भाडाकुंडाहरु पक्राउ गरेको हो। करिब ६ लाख मूल्य बराबर रहेको सो सामान वीरगंज बस्ने राजेश्वर साह तेलीको प्रहरीले जनाएको छ। साइकल, काठसहित एकजना पक्राउ वीरगंज, ४ असार । अवैधरुपमा बन फडानी गरी साइकलमा काठ लैजांदै गरेको अवस्थामा वन कार्यालयको गस्ती टोलीले २३ साइकल, काठसहित एकजनालाइ पक्राउ गरेको छ। गए राति पर्साको इलाका वन कार्यालय, बडनिहार नजिकै २३ वटा साइकलमा बोकेर लैजादै गरेको सालको काठसहित प्रहरीले एकजनालाइ पक्राउ गरेको छ भने अन्य फरार भएका छन्। पक्राउ पर्नेमा पचरुखी गाविस वडा नं. ८ का मजहर मियां रहेका छन्। उनलाइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।