Skip to main content

Posts

१५ लाख बराबरको सेट चोरी

-प्रकाश दाहाल- हेटौंडा, १३, असार । हेटौंडाको ब्यस्त बजार गणतान्त्रिक चोक नजिक रहेको न्यु राउतर् इलेक्ट्रोनिक्सबाट विभिन्न मोडेलका ३५० थान मोबाईल सेट चोरी भएको छ । न्युटेरीक नेपाल नोकीया मोबाईलको अधिकृत बिक्रेता समेत रहेको पसलबाट शनिबार राति पसलको ढोकाको ताला फुर्टाई करीब १५ लाख रुपैंयाँ बराबरको मोबाईल सेट चोरी भएको पसलका प्रोपाईटर महेन्द्र राउतले बताए । रहेकोले घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा हाल पसल चोरी तथा ब्यक्ति लुटका घटनाहरु बढ्दै गईरहेका छन् । दर्ुइ दिन अगाडिमात्र जालान आईरन एण्ड मेशिनरी का मनोज जालानका साँझ सात बजे हतियारधारी समुहले पेस्तोल देखाई ४ लाख ५० हजार लुटेका छन् । सो घटनाको बारेमा प्रहरीले अझसम्म पनि केहि पत्ता लगाउन सकेको छैन ।

चेपाङ महिलालाई राहत प्रदान

-प्रकाश दाहाल- हेटौंडा, १३, असार । मकवानपुरकी बैदेशिक रोजगारबाट पिडित एक चेपाङ महिलालाई राहत प्रदान गरीएको छ । बिदेश गएर भने अनुसारको काम नपाएर नेपाल फर्कीएकी पदमपोखरी-१ बाढिपिडित टोल निबासी सम्झना प्रजालाई पौरखी नेपाल मकवानपुर शाखाले राहत स्वरुप २ हजार ५ सय रुपैंयाँ प्रदान गरेको हो । त्यसैगरी बाढिपिडित टोलका युगचेतना नमुना प्राविमा अध्ययनरत सुवास नेपाली, हीरामाया पुलामी, निसान्त लामा, सन्तोष बस्नेत लगायत ७ जना बालबालिका तथा २ जना गरीब महिलाहरुलाई कपडा समेत प्रदान गरीएको पौरखी नेपालकी जिल्ला अध्यक्ष मिरा दाहालले बताइन् ।

सरकारी विद्यालयले परीक्षा शुल्क बाहेक अन्य केही लिन नपाउने

वीरगंज, १३ असार । सरकारी विद्यालयले शैक्षकि सत्र २०६३ देखि परीक्षा शुल्क लगायत कुनै पनि शुल्क विद्यालयले लिन नपाउने व्यवस्था सरकारले गरेको छ भने दलित विद्यार्थीका लागि भने कक्षा १० सम्म नै निशुल्क गरेको छ। जिल्ला शिक्षा कार्यालय पर्साले सरकारको नीति अनुरुप एक परिपत्र जारी गर्दै निम्न माध्यमिक तहसम्म अध्ययन पूर्णतया निशुल्क गरेको छ। नेपाल सरकारले विद्यालय सुधार कार्यक्रम अर्न्तर्गत प्राथमिक तहलाइ प्रति विद्यार्थी रु १ सय को दरले हुन आउने रकम कक्षा १ देखि ८ कक्षासम्म निशुल्क पाठयपुस्तक, कक्षा ६ देखि १० सम्म दलित विद्यार्थीसंग शुल्क नलिने विद्यालयलाई प्रति दलित विद्यार्थी रु ५ सय र महिला छात्रवृत्ति अर्न्तर्गत कूल महिला विद्यार्थी संख्याको ५० प्रतिशत प्रतिविद्यार्थी रु ३ सय ५० का दरले हालदिंदै आएको जनाएको छ।

विभिन्न स्थानमा दुर्घटना ५ को मृत्यु

भरत पाण्डे चितवन, १३ चितवन । देशका बिभिन्न स्थानमा गएराति भएका छुट्टाछुट्टै सवारी दर्ुघटनामा ५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन। मकवानपुरको दामन नयाँ गाउँमा गएराति भएको सवारी दर्ुघटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाण्डौंतर्फगईरहेको बा६च ५११९ नम्बरको कार दर्ुघटना हुँदा काठमाण्डौंका जनार्दन आचार्यको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी दर्ुघटनामा परी प्रकाश आचार्य र दिपक आचार्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी , धादिङको भुमेस्थान-८ मा पर्ने पृथ्वीराजमार्गको अछेते भिरमा ट्रक पल्टिंदा दर्ुइ जनाको मृत्यु गएको छ भने एक जना घाइते भएका छन् । नारायणगढवाट काठमाण्डौका लागि छुटेको बा २ ख ४५०० नम्वरको ट्रक एक्कासी अनियन्त्रित भई सडकवाट ५० फिट तल खस्दा ट्रकका सहचालक मकवानपुर गैरीगांउका ३१ वषिर्य रामसिंह गोले र ठेगाना नखुलेका सोहि ट्रकका यात्रु धिरज ढकालको घटनास्थलमा नै मृत्यु भएको हो । । दर्ुघटनामा परि घाइते भएका ट्रकका चालकलाई उपचारका लागि राती नै काठमाण्डौ पर्ठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । य...

दलहरुको भागवण्डापछि विवाद मिल्यो

अर्घाखांची, १२ असार । दलहरुले भागवण्डा गरेपछि लामो समयदेखि गठन हुन नसकेका अर्घर्ाांचीका दुइ गाविसमा विभिन्न तीन समितिले पूर्णता पाएका छन्। दर्जनौँ पटक बैठक बसेपनि अध्यक्षमा दलहरुको आाफ्नै दाविका कारण गठन हुन नसकेका बलकोट गविसको बल्कोट उच्चमाविको ब्याबस्थापन समिती र केरुंगा गविसको शारदा माध्यमिक विद्यालय व्यबस्थापन समिती तथा बाहाखोला खानेपानी उपभोक्ता समितीको दलहरुले भागबण्डा गरेर लिएका हुन्। शुक्रबार सम्पन्न दर्ुइ गविसका सरोकारवाला र अभिभावकहरुको संयुक्त भेलामा जनताले समिती गठन गर्नैपर्ने दवाब दिएपछि दलहरुले भागवण्डा गरेर मिलाएका हुन्। दलहरुले बल्कोट उच्च माध्यमिक विद्यालय ब्यवस्थापन समितीको अध्यक्षमा नेपाली कांग्रेसका टेकराज पौडेल तथा नेपाली कांग्रेसका तीन र एमालेका दर्ुइ सदस्य दिएर बिबाद मिलाएका हुन। शारदा माध्यमिक विद्यालयमा एकीकृत नेकपा माओवादीका रामलाल पराजुलीको अध्यक्षतामा काँग्रेसका तीन र एमालेका दर्ुइ सदस्य रहेको समिती गठन गरीएको हो। तयस्तै बाहांखोला खानेपानी योजनामा एमालेका ध्रुव पाण्डेको अध्यक्षतामा एकीकृत माओवादीका चार, नेपाली काँग्रेसका चार, नेकपा एककिृत र राष्ट्र...

लागुऔषध दुव्र्यसनीविरुद्ध जिल्लामा जनचेतनामूलक कार्यक्रम

-भरत पाण्डेय- गुल्मी १२ असार । लागु औषध दुरुपयोग तथा ओसारपसारबिरुद्ध अन्तराष्ट्रिय दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ। आज रेसुंगा सामुदायिक सेवा समाजको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा विभन्नि कार्यक्रम गरियो। विहान तम्घासमा प्रभातफेरी कार्यक्रम पछि आयोजित सभामा बोल्ने बक्ताहरुले लागुऔषध दर्ुर्व्यसनीविरुद्ध जिल्लामा जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए। प्रमुख जिल्ला अधिकारी टेकवीरजंग रायमाझीले विभिन्न सरोकारवाला संघसंस्थाहरु तथा शिक्षकहरुले गाउंका जनता तथा विद्यालयमा विद्यार्थीहरुलाई लागुऔषधसम्बन्धी चेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएकेा थियो। प्रहरी निरीक्षक ऋषि कंडेलले मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको संचालन उपाध्यक्ष हरिकुमार श्रेष्ठले गर्नुभएको थियो भने समाजकी अध्यक्ष दिलशोभा पुनको सभापतित्वमा अन्तरक्रिया सम्पन्न भएको थियो।

रेसुंगा क्षेत्र संरक्षण र सम्बर्धनमा हाम्रो दायित्व

-भरत पाण्डेय- गुल्मी १२ असार । रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको आयोजनामा रेसुंगा क्षेत्र संरक्षण र सम्बर्धनमा हाम्रो दायित्व विषयक अर्न्तक्रिया कार्यक्रम आज रेसुंगा डांडाको पोखरी क्षेत्रमा सम्पन्न भएको छ। अर्न्तक्रियामा रेसुंगा क्षेत्रको एतिहासीक, सांस्कृति, क्षेत्रको संरक्षण र महत्व जोगाइराख्नु अहिलेको मुख्य आवश्यकता भएको कुरामा जोड दिइएको थियो । त्यस्तै रेसुंगा क्षेत्रमा रहेका बहुमुल्य जटीबुटी र बन्य जन्तुहरुको विनास बढ्दै गएकाले पनि त्यसको संरक्षण र सुरक्षाका लागि स्थानीय प्रशासन देखि, सामुदायीक वनहरु र रेसुंगा क्षेत्रसंग सम्बन्धित सम्पर्ूण्ा संघ संस्थाहरुले विशेष पहल गर्नु पर्ने पनि कार्यक्रममा औल्याइएको थियो। अर्न्तक्रिया कार्यक्रमले रेसुंगाका सम्पूर्ण पुरातात्वीक संरचनाहरुको संरक्षण गर्दै थप विकासका कार्यहरु अगाडी बढाउने, जैविक विविधताहरुको संरक्षण गर्ने, बनस्पती र बन्य जन्तुको संरक्षणमा सबैले भुमिका निर्वाह गर्ने निष्कर्ष निकालेको छ । सो क्षेत्रको धार्मिक महत्वमा बिशेष दख्खल राख्ने शशी पन्थी, दीन पन्थी, प्रेमनाथ अर्याल, नेपाली कांग्रेसका जिल्ला सचिव फ...