Skip to main content

रेसुंगा क्षेत्र संरक्षण र सम्बर्धनमा हाम्रो दायित्व

-भरत पाण्डेय-
गुल्मी १२ असार । रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको आयोजनामा रेसुंगा क्षेत्र संरक्षण र सम्बर्धनमा हाम्रो दायित्व विषयक अर्न्तक्रिया कार्यक्रम आज रेसुंगा डांडाको पोखरी क्षेत्रमा सम्पन्न भएको छ।
अर्न्तक्रियामा रेसुंगा क्षेत्रको एतिहासीक, सांस्कृति, क्षेत्रको संरक्षण र महत्व जोगाइराख्नु अहिलेको मुख्य आवश्यकता भएको कुरामा जोड दिइएको थियो । त्यस्तै रेसुंगा क्षेत्रमा रहेका बहुमुल्य जटीबुटी र बन्य जन्तुहरुको विनास बढ्दै गएकाले पनि त्यसको संरक्षण र सुरक्षाका लागि स्थानीय प्रशासन देखि, सामुदायीक वनहरु र रेसुंगा क्षेत्रसंग सम्बन्धित सम्पर्ूण्ा संघ संस्थाहरुले विशेष पहल गर्नु पर्ने पनि कार्यक्रममा औल्याइएको थियो।
अर्न्तक्रिया कार्यक्रमले रेसुंगाका सम्पूर्ण पुरातात्वीक संरचनाहरुको संरक्षण गर्दै थप विकासका कार्यहरु अगाडी बढाउने, जैविक विविधताहरुको संरक्षण गर्ने, बनस्पती र बन्य जन्तुको संरक्षणमा सबैले भुमिका निर्वाह गर्ने निष्कर्ष निकालेको छ ।
सो क्षेत्रको धार्मिक महत्वमा बिशेष दख्खल राख्ने शशी पन्थी, दीन पन्थी, प्रेमनाथ अर्याल, नेपाली कांग्रेसका जिल्ला सचिव फणिन्द्र भण्डारी, एकिकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज अटल, प्रमुख जिल्ला अधिकारी टेकबिरजंग रायमाझी, रेसुंगा संरक्षण समितिका युवराज भण्डारी, रेसुंगा जंगल क्षेत्र वरपरका सामुदायीक बनका प्रतिनिधि, जिल्लाका सुरक्षा प्रमुखहरु, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष निमबहादुर पाण्डेको अध्यक्षता र रुरु रेसुंगा क्षेत्र संरक्ष्ण तथा पर्यटन विकास समितिका कार्यकारी निर्देशक अर्जुन आचार्यको संचालनमा सम्पन्न भएको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...