Skip to main content

Posts

पन्ध्रसय कुखुराका चल्ला नष्ट

-प्रकाश दाहाल- हेटौंडा, १४ असार । जिल्ला पशु सेवा कार्यालय मकवानपुरले आईतबार १५ सय कुखुराका चल्ला नष्ट गरेको छ । अबैध रुपमा भारतबाट विरगंज हुदै आईतबार विहाने माईक्रोबसको छतमा लुकाई छिपाई  हेटौंडा तर्फलैजाँदै गर्दा चेकजाँचका क्रममार् इलाका प्रहरी कार्यालय पशुपतिनगरले चल्ला बरामद गरेकोर् इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक बिरेन्द्र यादबले जानकारी दिए । बरामद गरीएका चल्ला जिल्ला पशुसेवा कार्यालय हेटौंडालेे चल्लाहरु खाल्डामा पुरी नष्ट गरेको छ । चल्लाको बिल तथा स्वास्थ्य प्रमाण पत्र नभएको तथा भारतबाट ल्याएको हुँदा चल्ला नष्ट गनुपरेको पसु चिकित्सक चेत नारायण खरेलले जानकारी दिए । भारतमा हालपनि बर्डफ्लु विद्यामान रहेकोले नेपालमा पनि फैलन सक्ने आसंकामा नेपाल सरकारले पंक्षिहरुको आयातमा प्रतिबन्ध लगाएको छ । लोटन जातका कुखुराका चल्ला नेपालमा उत्पादन नहुने भएकोले भ्ाारतबाट नै ल्याइएको प्रमाािणत भएकोले व्यबसायीहरुको रोहबरमा चल्ला नष्ट गरीएको मकवानपुर कुखुरा व्यबसायी पर्ुण्ाध्वज खड्काले बताए । बर्डफ्लुको सन्त्रास फैलिएको अवस्थामा जथाभावी कुखुराका खरीदविक्रि नगर्न पनि अध्यक्ष खड्काले...

आंगिक क्याम्पस बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

-प्रकाश दाहाल- हेटौंडा, १४ असार ।  मकवानपुर बहुमुखि क्याम्पसलाइ त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस बनाउन माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री माधवकुमार नेपाललाइ ज्ञापन पत्र बुझाउने भएको छ । ज्ञापनपत्र बुझाउन स्ववियु सभापति महेशकुमार बर्तौलाको नेतृत्वमा ५ सदस्सिय टोलि काठमाण्डौं प्रस्थान गरेको छ । टोलिमा स्ववियु उपसभापति जेन श्रेष्ठ, सचिव शिवहरि दाहाल, कोषाध्यक्ष किशोर टण्डन तथा सदस्य रामु शर्मा रहेका छन् । टोलिले सोमबार प्रधानमन्त्री माधवकुमार नेपाल , शिक्षा मन्त्री महेन्द्रराय यादव तथा गृहमन्त्री भिम रावल समक्ष ज्ञापन पत्र पेश गर्ने स्ववियु सभापति महेश कुमार बर्तौलाले जानकारी दिए । भारतिय राजदुतावासबाट छात्रावास निर्माणको लागि आवश्यक जग्गा उपलब्ध भएमा आर्थिक सहयोग गर्ने जनाएकोले टोलिले गृह मन्त्रालयको नाममा रहेको क्याम्पसको जमिनसँग जोडिएको ३० कठ्ठा जग्गा उपलब्ध गराउन पहल समेत गर्ने स्ववियु सभापति बतौलाले बताए । यसअघि पनि युनियनले त्रिविको आंगिक क्याम्पस बनाउन माग गर्दै विगतका सरकारका अर्थमन्त्रि, शिक्षा मन्त्रि , अन्तरिम संसदका सदस्यहरु, उपकुलपति र विश्व विद्य...

लुटपाटको घटनाको विरोधमा हेटौडा बजार बन्द

-प्रकाश दाहाल- फलोअप । हेटौडा, १४ असार ।  आइतबार हेटौंडा बजार अकस्मात बन्द भएपछि र्सबसाधारण अन्यौलमा परेका थिए । कुनैपनि पर्ूवजानकारी विना नै बजार बन्द गरीएपछि आफ्नो कामकाजमा आएका र्सवसाधारणहरु अन्यौलमा परेका हुन् । बजार खुल्ला होाला भनेर नियमित बजार आएका र्सबसाधारण अकस्मात गरीएपछि मर्कामा परेका छन् । शनिबार हेटौंडा बजार बन्द हुने भएपनि ब्यबसबायीहरुले हेटौँडाको मूख्य बजारमा रहेको मोबाइल पसलमा चोरी तथा व्यापारी मनोज जालानको सम्साँझै पैसा लुटिएको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आईतबार हेटौडा बजार बन्द गरेको छन् । हेटौंडाका सम्पर्ुण्ा पसलहरु सहित निजि बैंकहरु पनि बन्द गरीएका छन् । बजार बन्द गरीएपछि र्सबसाधारणहरु त्यसै फर्किएका थिए । आज अत्यन्त्य जरुरी थियो पैसा झिक्न आएको बैंक त बन्द पो रहेछ समस्यमा पो परें पदमपोखरीबाट आएका राजु लामाले भने । मकवानपुर उद्योग वाणिज्य संघले हेटौडाको मुख्य चोक महेन्द्र चोकमा रहेको न्यु राउत इलेक्ट्रोनिक्स्मा शनिबार चोरी भएको , जालान आईरन एण्ड मेशिनरी स्टोर्सका प्रोपाईटर मनोज जालानको ३ दिन अगाडि ४ लाख ५० हजार लुटिएको र सुरक्षा  निकायले  ब्यवसायीलाई सुरक...

कानूनले तोकेको भन्दा बाहेक कर नलिने प्रतिबद्धता

वीरगंज, १४ असार । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकारियाले स्थानीय विकास कर ठेक्का मार्फ् उठाउंदा विसंगति र विकृति देखिएकोले ठेक्का प्रथाबाट कर नउर्ठाई अमानतबाट नै उठाउनु पर्नेमा जोड दिएका छन्। आज वीरगंज उद्योग वाणिज्य संघ र जिल्ला विकास समिति पर्सा बीच आ.व. ०६६/०६७ को कर संकलन गर्ने विषयमा भएको छलफलमा उनले सो कुरा बताएका हुन्। सिकारियाले कर उठाउनु राज्यको अधिकार भएकोले यो अधिकार कुनै ठेकेदारलाई प्रत्यायोजित गरेर बितण्डा मचाएर कानूनविपरीत कर उठाउने अधिकार कुनै ठेकेदारलाई दिनु अन्यायोचित भएको कुरा बताए।       बैठकमा जिविसले कर्मचारी मार्फ् अमानतमा कर असुल गर्नैपर्ने र सो कार्यमा वीउवासंघले पनि आफनो कर्मचारी समेत खर्टाई सहयोग गर्ने प्रस्ताव राखेको छ। कर उठाउंदा ऐन नियमविपरीत कर लिन नपाउने वस्तुमा समेत किसान र आम व्यापारीहरुबाट कर असुल भइरहेको कार्यलाई आगामी वर्षेखि अनुगमन गर्न वीउवासंघ, वार एशोसिएशन, नागरिक समाज र जिविस समेत रहेको एक अनुगमन टोली समेत बनाउनुपर्ने माग उवासंघले राखेको छ। कर उठाउने कार्यमा कुनै अनियमितता भएमा कर उठाउनेलाई जरिवाना गरिने प्रावधान प्रति स्थानीय...

माओवादी पीडितबीच एकीकरण

काठमाडौं, असार १४ । नेपाल माओवादी पीडित संघबीच एकीकरण भएको छ । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी एकीकरण घोषणा गरेका हुन्। मेघबहादुर खत्रीको संयोजकत्वमा ९ सदस्यीय समन्वय समिति समेत गठन गरिएको छ । कार्यवाहक अध्यक्षका रुपमा ररेका धर्मराज न्यौपाने र कमला र्राई, नेपाल माओवादी पीडित संघ राष्ट्रि्य संर्घष्ा समिति वनकालीका अध्यक्ष दर्ुगानाथ योगी र बालाजुका अध्यक्ष भोजराज तिमिल्सैनाले संयुक्त हस्ताक्षर गरी एकता घोषणा गरेका हुन् । संघले असार २३ गने २१ बुंदे मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएर आन्दोलनको कार्यक्रम घोषणा गर्ने समेत जनाएको छ।

खस ब्राम्हण समाजले आन्दोलन गर्ने

काठमाडौं, १४ असार । खस ब्राम्हण समाज, नेपालले आन्दोलन गर्नेभएको छ । रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी १३ सूत्रीय माग राखी आन्दोलन गर्ने जनाएको हो । समाजका अध्यक्ष मोहनप्रसाद भण्डारीले १३ सूत्रीय मागप्रति बेवास्ता भए सडक संर्घष्ाको चेतावनी दिए । खस ब्राम्हण आदिवासी हुदाहुदै संविधानमा अन्य जाति भनी उल्लेख गरिएको भन्दै आपत्ती जनाए । उनले भने, पछि आएकाहरु आदिवासी हुने शताब्दीऔं देखि रहेर राज्यको एकीकरण र संगठनका लागि योगदान पुर्याउनेलाई अन्य जाति भन्नु हदैसम्मको भेदभाव हो । समाजले खस ब्राम्हणलाई आदिवासीमा सुचीकृत गर्नुपर्ने, राज्यको सबै निकायमा उचित प्रतिनिधित्व, नेपाली भाषलाई एकताको सूत्रका रुपमा लागू गर्नुपर्नेलगायतको माग अगाडि सारेको हो ।

द्धन्द्धपीडित सेना प्रहरीद्धारा सशस्त्र संघर्षको चेतावनी

काठमाडौं, असार १४ । द्धन्द्धपीडित सेना प्रहरी राष्ट्रि्य संघर्ष समितिले सशस्त्र संर्घष्ाको चेतावनी दिएको छ । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी आउंदो वर्षो बजेटले आफूहरुको माग पूराको बाटो नखोले सशस्त्र संघर्षको थालनी गर्ने चेतावनी दिएको हो । समितिका संयोजक सूर्यबहादुर घिमिरेले विनाशर्त सम्मानजनक बढुवासहित पुनरबहाली हुनुपर्ने, उचित क्षतिपूर्ति पाउनुपर्ने, जागिर छाडेको मिति देखि बहाली मिति सम्मको तलब भक्ता र रासन पाउनुपर्ने, द्धन्द्धकालमा ज्यान गुमाएका र घाइते भएका सेना प्रहरी एवं आश्रति परिवारले उचित क्षतिपर्ूर्ति पाउनुपर्ने र घाइतेहरुलाई हेरचाह र भरणपोषणाको व्यवस्था गर्नुपर्ने माग तत्काल पूरा गर्न माग गरे ।