Skip to main content

लुटपाटको घटनाको विरोधमा हेटौडा बजार बन्द

-प्रकाश दाहाल-
फलोअप । हेटौडा, १४ असार ।  आइतबार हेटौंडा बजार अकस्मात बन्द भएपछि र्सबसाधारण अन्यौलमा परेका थिए । कुनैपनि पर्ूवजानकारी विना नै बजार बन्द गरीएपछि आफ्नो कामकाजमा आएका र्सवसाधारणहरु अन्यौलमा परेका हुन् । बजार खुल्ला होाला भनेर नियमित बजार आएका र्सबसाधारण अकस्मात गरीएपछि मर्कामा परेका छन् । शनिबार हेटौंडा बजार बन्द हुने भएपनि ब्यबसबायीहरुले हेटौँडाको मूख्य बजारमा रहेको मोबाइल पसलमा चोरी तथा व्यापारी मनोज जालानको सम्साँझै पैसा लुटिएको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आईतबार हेटौडा बजार बन्द गरेको छन् । हेटौंडाका सम्पर्ुण्ा पसलहरु सहित निजि बैंकहरु पनि बन्द गरीएका छन् । बजार बन्द गरीएपछि र्सबसाधारणहरु त्यसै फर्किएका थिए । आज अत्यन्त्य जरुरी थियो पैसा झिक्न आएको बैंक त बन्द पो रहेछ समस्यमा पो परें पदमपोखरीबाट आएका राजु लामाले भने ।
मकवानपुर उद्योग वाणिज्य संघले हेटौडाको मुख्य चोक महेन्द्र चोकमा रहेको न्यु राउत इलेक्ट्रोनिक्स्मा शनिबार चोरी भएको , जालान आईरन एण्ड मेशिनरी स्टोर्सका प्रोपाईटर मनोज जालानको ३ दिन अगाडि ४ लाख ५० हजार लुटिएको र सुरक्षा  निकायले  ब्यवसायीलाई सुरक्षा दिन नसकेको भन्दै आज बजार बन्द गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष जिवनकाजी माकजुले बताए । ब्यवसायीले घटनाको विरोधमा हेटौडाको सुमार्गी कम्प्लेक्स अगाडी महेन्द्र राजमार्गमा टायर बाली विहानैदेखी  टायर बालेर सडक अवरुद्ध गरीएको थियो । नेविसंघ मकवानपुरका अध्यक्ष समेत रहेका महेन्द्र राउतको न्यु राउत इलेक्ट्रोनिक्सबाट १८ लाख बराबरको नोकीया मोवाइल सेट , सोनी क्यमेरा लगायतका इलेक्ट्रोनिक्स सामान चोरी भएको थियो । श्रृङ्खलाबद्ध रुपमा चोरी तथा लुटपाटको  घटना वृद्धी हुँदै जानु ,प्रहरी प्रशासनले घटनाको दोषीलाई कारवाही गर्न नसकेको र ब्यवसायीको सुरक्षा प्रदान गर्न नसकेको भन्दै ब्यवसायीले बजार बन्द गराएको जनाएका छन् । व्यबसायीहरु असुरक्षित बन्दै गएको भन्दै ब्यबसायीहरुले चिन्ता ब्यक्त गरेका छन् । मुख्य बजार त सुरक्षित छैन अन्यत्रतिर त सुरक्षाको ग्यारेन्टी नहुने पिडित ब्यबसायी महेन्द्र राउतले बताए । बजार पर्ुण्ारुपमा बन्द भएतापनि यातायातका साधनहरु भने गुडेका थिए ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...