Skip to main content

Posts

निष्काशित मजदूर पुनरबहाली नभए आन्दोलन

वीरगंज, १६ असार । नेशनल पोली प्लाष्टको संचालकले श्रम ऐन विपरित कर्मचारी निष्काशित गरेको आरोप लगाउंदै कार्यरत कर्मचारीले निष्काशित कर्मचारीको पुनरबहाली नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।  आज नेपाल पत्रकार महासंघ पर्सामा एक पत्रकार सम्मेलन गर्दै मजदूरहरुले  एक्कासी केही मजदूरलाई अवकाश दिएको र भाडाको गुण्डा लगाई मजदूरहरुलाइ तर्साउने गरेको आरोप लगाए।  अखिल नेपाल औद्योगिक मजदूर संघ आधिकारिक टे्रड युनियन नेशनल पोलीप्लाष्ट प्लान्ट प्रालिका अध्यक्ष किशोरी राउत कर्ुर्मीले मजदूर अच्छेलाल राउत र शिवकुमार यादवलाइ पुनरबहाली गरी वार्ताद्वारा समस्याको समाधान गर्न जोड दिए।

कृषि बजारको लागि उपभोक्ता समिति गठन

वीरगंज, १६ असार । पर्सा जिल्लाको ग्रमीण अर्थतन्त्रलाई सबल बनाउनु थोक तरकारी बजारको स्थापना गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषि उपज सेड निर्माण तथा अन्य सुविधा विकास व्यवस्थापन सम्बन्धमा वीरगंज उद्योग वाणिज्य संघ, स्थानीय निकाय, वस्तुगत संघ संस्थाहरु संग सहकार्य गरेको छ । जिल्ला कृषि विकास कार्यालय पर्साले जानकारी गराए अनुसार कृषि उपज बजार सेड निर्माण कार्यका लागि गठित उपभोक्ता समितिको संयोजकमा वीउवासंघका का.स.सदस्य नरेश कुमार टिवडेवाल, सचिव श्रीमति मधुराणा, कोषाध्यक्ष सुरेश अग्रवाल तथा सदस्य सचिवमा सुनिल कुमार कण्ठ समेत गरी १३ जना सदस्य रहनु भएको छ । गठित समितिले सम्बन्धित निकायमा सर्म्पर्क तथा समन्वय गरी सेड निर्माण कार्यलाई त्रि्रता प्रदान गर्ने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  

एकलाख बराबरको धनमाल चोरी

-भरत पाण्डेय- गुल्मी १६ असार ।  गुल्मीको मुसिकोट गविसमा सोमबार राती करीव एक लाख बराबरको धनमाल चोरी भएको छ। मुसिकोट गाविस वडा नं ६  रातचौर निवासी कृष्णबहादुर खत्रीको घरमा कोही नभएको समयमा एकलाख ५० हजार नगद, एउटा मोवाईल सेट र तनिवटा घडी चोरी  भएको कौरव खत्रीले बताए। घटनाको वामी प्रहरी चौकीले अनुसन्धान गरीरहेको बताएको छ।  

ट्रकको ठक्करबाट एक गम्भीर

-भरत पाण्डेय- गुल्मी १६ असार । तम्घासबाट पोखरा जांदै गरेको ट्रकको ठक्करबाट गुल्मीको दुविचौरमा एक महिला गम्भिर घाइते भएकी छन्। सोमबार राती ग.१.ख २६२८ नम्बरको ट्रकले गुल्मीको दुवचौरमा ठक्कर दिंदा दुविचौर ४ सिराना बस्ने ३५ वर्षीया उमाकला खत्री र्घाईते भएको स्थानिय कृष्ण बहादुर बस्नेतले बताए। टाउकोमा गम्भिर चोट लागेको खत्रीको जिल्ला अस्पत्ताल गुल्मीमा उपचार हुन नसेकपछि उपचारको लागी पाल्पा तर्फलगीएको छ। ट्रक र चालक जिल्ला प्रहरीकार्यालयमा रहेको प्रहरीले जनाएकेा छ।

कृषि मजदूरहरु पनि आन्दोलित

वीरगंज, १६ असार । कृषी मजदुरहरुले ज्याला वृद्धिको माग गर्दै किसानहरु प्रदर्शनमा उत्रिएका छन्। आज बाराको कलैयामा माओवादी मातृका यादव समूहको अगुवाइमा निस्किएको कृषि मजदूरहरुको एक रयालीले कृषी मजदुर एक होऔं नारा लगाउंदै नगर परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।  कोण्ँसभालाई सम्बोधन गर्दै वक्ताहरुले खेतमा काम गरेवापत ६ केजी अन्न ज्याला नपाएसम्म काममा नर्फकन जोड दिएका थिए।

अवरुद्ध सडकखण्ड सुचारु

वीरगञ्ज, १६ असार । तीन दिनदेखि अवरुद्ध वीरगंज-पथलैया सडकखण्ड सुचारु भएको छ।  आज बिहान दुर्घटनामा परी मृत्यु भएका परिवारजनलाइ क्षतिपुर्तिवापत ३ लाख रुपैया दिने सहमतिपछि सो सडकखण्ड सुचारु भएको हो। केही दिन पहिले ना ३ ख ६१३० नम्बरको ट्रकको ठक्करबाट बारा जितपुर-३ निवासी १२ वर्षीय अजय राउतको मृत्यु भएपछि आफन्तजनले शव राखेर चक्काजाम गर्दै आएका थिए। यसैगरी अविरल बषर्ाको कारण सिन्धुपाल्चोकको गाती गा.वि.स.को बसेरी भन्ने स्थानमा पहिरो गएपछि अवरुद्ध रहेको सो सडकखण्ड आज बिहान साढे नौ बजेदेखि सुचारु भएको छ। 

चटयाङ लागेर एकजनाको मृत्यु

रौतहट, १६ असार । वर्षासंगै चटयाङ पर्दा रौतहटमा एकजनाको मृत्यु भएको छ। गए राति गढहवा-९ झिटकैया निवासी लखन सहनीको ६० वर्षीय छोरा  सत्यनारायण सहनीको गए राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।