Skip to main content

निष्काशित मजदूर पुनरबहाली नभए आन्दोलन

वीरगंज, १६ असार । नेशनल पोली प्लाष्टको संचालकले श्रम ऐन विपरित कर्मचारी निष्काशित गरेको आरोप लगाउंदै कार्यरत कर्मचारीले निष्काशित कर्मचारीको पुनरबहाली नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। 
आज नेपाल पत्रकार महासंघ पर्सामा एक पत्रकार सम्मेलन गर्दै मजदूरहरुले 
एक्कासी केही मजदूरलाई अवकाश दिएको र भाडाको गुण्डा लगाई मजदूरहरुलाइ तर्साउने गरेको आरोप लगाए। 
अखिल नेपाल औद्योगिक मजदूर संघ आधिकारिक टे्रड युनियन नेशनल पोलीप्लाष्ट प्लान्ट प्रालिका अध्यक्ष किशोरी राउत कर्ुर्मीले मजदूर अच्छेलाल राउत र शिवकुमार यादवलाइ पुनरबहाली गरी वार्ताद्वारा समस्याको समाधान गर्न जोड दिए।

Comments