Skip to main content

Posts

सकेट बम निस्क्रिय

वीरगंज, २२ असार । अज्ञात समूहले वीरगंजका एक व्यापारीको घरमा सकेट बम राखेपछि प्रहरी र सेनाले डिस्पोज गरेको छ। आज आदर्शनगर, राष्ट्रबैंक नजिकै रहेको सञ्जय जैसवालको घरमा अज्ञात समूहले बम राखेपछि जैसवालले प्रहरीलाई खबर गरेको थियो। नेपाली सेना कालीजंग गणको बम डिस्पोजल टोलीले सो बम निष्त्रिmय गरेको थियो। जनतान्त्रिक तराइ मुक्ति मोर्चाका तुफान सिंहले स्थानीय केही संचारकर्मीलाई टेलिफोनमार्फ आफूले बम राखेको स्वीकार गरेका छन्।

मेजर तोरण बहादुर सिंहलाइ पदोन्नति नगर्न हयुम्यान राइटको सरकारसंग आग्रह

वीरगंज, २२ असार । मानवअधिकार हनन् घटनाका आरोपित तोरण बहादुर सिंहको पदोन्नति नगर्न हयुमान राइटले सरकारसंग आग्रह गरेको छ।  आज राइटका अध्यक्ष सुशील प्याकुरेलले एक प्रेस विज्ञप्ति जारी गरी नेपाली सेनाका मेजर जनरल तोरण बहादुर सिंहलाई पदोन्नतीको लागि रक्षा मन्त्रालयबाट मन्त्री परिषद्को बैठकमा प्रस्ताव लैजान लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। विज्ञप्तिमा तत्कालिन शाही नेपाली सेनाको नेतृत्वमा सुुरक्षा निकायको परिचालन पछि तोरण बहादुर सिंहको कमाण्डमा रहेको महाराजगंज स्थित भैरवनाथ व्यारेकको यतना तथा वेपत्ता पार्ने कार्यमा संलग्न रहेको राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार संघ संस्थाहरु तथा संयूक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयूक्तको नेपाल स्थित कार्यालयले समेत आफनो प्रतिवेदनमा उल्लेख गरेका छन्। सुरक्षा निकायद्वारा भए गरिएका मानवअधिकार उलंघनका  विषयमा "कमाण्ड रेस्पोन्सिविलिटि"  प्रणाली अनुसार कमाण्डमा रहेका व्यक्तिहरुलाई जिम्मेवार बनाईने अन्तराष्ट्रिय कानुन एवं प्रचलनमा स्पष्ट व्यवस्था गरिएको छ। जस अनुसार मेजर जनरल तोरण बहादुर सिंह लाई पनि उनको कमाण्डमा रहेको व्यारेकमा...

क्षयरोगविरुद्ध जनचेतनामूलक रयाली

वीरगंज, २२ असार । नेपाल क्षयरोग निवारण संस्था पर्साले आज वीरगंजको घण्टाघरमा जनचेतनामूलक रयाली प्रदर्शन गरेको छ। अज्ञाताको कारणले क्ष्ँयरोबाट कोही पनि नमरुन, साझेदारी बढाऔं क्षयरोग नियन्त्रण गरौं लगायतको नारा, ब्यानर बोकेर रयालीले वीरगंजको नगर परिक्रमा गरेको थियो । रयालीमा वीरगंज लगायत ग्रामीण महिलाहरुको उल्लेख्य सहभागिता थियो । तस्बिरः जीवनलाल श्रेष्ठ

हिन्दू र मुस्लिम समुदायबीच सहमति

फलोअप- वीरगंज, २२ असार । हिन्दू र मुस्लिम समुदायबीच चर्किएको धार्मिक विवाद सहमतिमा टुंगिएको छ। आज बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा दुवै पक्षबीच भएको छलफलमा सहमति भएको हो।  दुवै पक्षले एक महिनासम्म कुनै काम नगर्ने र एक महिनापछि नगरपालिकाको प्रतिनिधी राखी दुवै पक्षबीच सहमति गर्राई निर्णय गर्ने सहमतिपछि सो विवाद टुंगिएको हो। वीरगंज-१९ स्थित नेपाल राष्ट्रिय प्रा.वि. इनरुवा गाउंको नाममा रहेको जग्गामा हिन्दु समुदायले कन्या प्रा.वि.खोल्ने र मुस्लिम समुदायले मुक्तम बनाउने भन्ने बिषयमा हिजो विवाद भएपछि गोली, अश्रुग्यांस, लाठीफाटा चलेपछि केही बेर सो क्षेत्र तनावग्रस्त भएको थियो।

दुर्घटनामा ९ जना घाइते

वीरगंज, २२ असार । काभ्रे, सर्लाही र महोत्तरीमा सडक दुर्घटना हुंदा ९ जना घाइते भएका छन्। आज बिहान सर्लाहीको सासापुर- ३ तीनघरे नजिकै ना.३ख १०३८ नं.को ट्रक र ना.३ख ७५२७ नं.को बसले ठोक्किदा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको मलगंवा अस्पतालमा उपचार भइरहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।  गए राति अरनिको राजमार्गको बनेपा-११ नजिकै बा३०प ७२१ नं.को मोटरसाइकल र बा६च ४२३१ नं.को टिआइ गाडी एक आपसमा ठोक्किदा मोटरसाइकल चालक धुलिखेल-६ बस्ने सुन्दर बस्नेत, कुमार पराजुली, सुमन मगर घाइते भएका छन्। उनीहरुको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्राप्त जानकारीमा उल्लेख छ।  आज बिहान महोत्तरी, लक्ष्मिनिया-५ नजिकै सडकखण्डमा ना.३ख ७९४८ नं.को ट्रक पल्टिदा मानवीय क्षति नभएपनि ट्रक भने क्षत्रि्रस्त भएको छ।  यसैगरी महोत्तरीको मटिहानी-२ स्थित कलाम हुसेनको घरमा आज बिहान चट्याङ पर्दा निजको श्रीमती र छोरी घाइते भई उपचारको लागी जनकपुर अञ्चल अस्पताल पर्ठाईएको प्रहरीले जनाएको छ।

शिक्षक मृत अवस्थामा

धनुषा, २२ असार । रघुनाथपुर बोर्डिङ स्कूलका एक शिक्षक आज बिहान मृत अवस्थामा फेला परेका छन्।  आज बिहान ७ः३० बजे पटेर्वा-८ स्थित महम्द राइनको घरमा डेरा गरी बस्ने शिक्षक मृत अवस्थामा फेला परेका हुन्। राति खाना खाइ सुतेका मृत्यु हुनुको कारण खुल्न सकेको छैन। झापाको बेलडांगीको शरणार्थी शिक्षकको नाम, थर खुल्न नसकेको प्रहरीले जनाएको छ।

पहिरो खसेर एकजनाको मृत्यु

सिन्धुपाल्चोक, २२ असार । तातोपानी-३ निवासी फूलमाया स्याङबोको घरमा अचानक पहिरो खसेपछि एकजनाको मृत्यु भएको छ भने घर पूर्ण रुपमा क्षत्रि्रस्त भएको छ। आज बिहान ३ बजे फूलमायाको घरमा अचानक पहिरोसंगै ढुंगा लागेर जलबिरे-६ घर भइ हाल फुलमायाको घरमा डेरा गरी बस्ने ४५ वर्षीय रासलाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।