Skip to main content

मेजर तोरण बहादुर सिंहलाइ पदोन्नति नगर्न हयुम्यान राइटको सरकारसंग आग्रह

वीरगंज, २२ असार । मानवअधिकार हनन् घटनाका आरोपित तोरण बहादुर सिंहको पदोन्नति नगर्न हयुमान राइटले सरकारसंग आग्रह गरेको छ। 
आज राइटका अध्यक्ष सुशील प्याकुरेलले एक प्रेस विज्ञप्ति जारी गरी नेपाली सेनाका मेजर जनरल तोरण बहादुर सिंहलाई पदोन्नतीको लागि रक्षा मन्त्रालयबाट मन्त्री परिषद्को बैठकमा प्रस्ताव लैजान लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा तत्कालिन शाही नेपाली सेनाको नेतृत्वमा सुुरक्षा निकायको परिचालन पछि तोरण बहादुर सिंहको कमाण्डमा रहेको महाराजगंज स्थित भैरवनाथ व्यारेकको यतना तथा वेपत्ता पार्ने कार्यमा संलग्न रहेको राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार संघ संस्थाहरु तथा संयूक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयूक्तको नेपाल स्थित कार्यालयले समेत आफनो प्रतिवेदनमा उल्लेख गरेका छन्। सुरक्षा निकायद्वारा भए गरिएका मानवअधिकार उलंघनका  विषयमा "कमाण्ड रेस्पोन्सिविलिटि"  प्रणाली अनुसार कमाण्डमा रहेका व्यक्तिहरुलाई जिम्मेवार बनाईने अन्तराष्ट्रिय कानुन एवं प्रचलनमा स्पष्ट व्यवस्था गरिएको छ। जस अनुसार मेजर जनरल तोरण बहादुर सिंह लाई पनि उनको कमाण्डमा रहेको व्यारेकमा भएका मानवअधिकार हनन्का विषयमा जिम्मेवार बनाउनु पर्ने बरेमा समय-समयमा आवाज उठ्दै आएको छ। यसै पर्रि्रेक्षमा संयूक्त राष्ट्र संघमा सैनिक सल्लाहाकारमा उनको नियूक्तिको लागि सिफारिस गरिएकोमा संयूक्त राष्ट्र संघद्वारा "कमाण्ड रेस्पान्सिविलिटि" सिद्धान्त अनुसार जिम्मेवार व्यक्तिलाई संयूक्त राष्ट्र संघीय शान्ति नियोगमा जिम्मेवारी नदिने नीति अनुरुप सरकारलाई उनको उम्मेदवारी फिर्ता गर्न भनिएको थियो।
प्रधानमन्त्री भएपछिका आफना वक्तव्यहरुमा माधव कुमार नेपालले बारम्बार दण्डहिनताको कारण देश अराजकतर्फजांदै गरेकोले यसको सम्बोधन गर्नु आफनो प्राथमिकता भएको दोहोर्‍याएको तर्फप्रधानमन्त्री एवं रक्षा मन्त्रीको ध्यानाकर्षा गराउंदै तोरण बहादुर सिंहको पदोन्नति गर्नु भन्दा अघि उनको कमाण्डमा रहेको १० औं व्रि्रेड अन्तरगतको व्यारेक हरुमा भएका मानअवधिकार हनन्का घटनाहरुको विश्वसनीय छानविन गरी दोषी किटान गरी कारवाहीको माग गर्दै दण्डहिनतालाई प्राथमिकता दिने काममा सरकारको संलग्नता बन्द गर्न जोडदार मांग विज्ञप्तिमार्तफ गरिएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।