Skip to main content

Posts

एपोलोमा क्यान्सरको उपचारमा नयां प्रविधि

काठमाडौं, असार २७। एपोलो अस्पतालले क्यान्सरको उपचारका लागि नयां प्रविधि भित्राएको छ। आज राजधानीको रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी शरीरको जुनसुकै भागको क्यान्सरको उपचार गर्न सक्ने रेडियोथेरापी उपकरण भित्राएको जानकारी अस्पतालले गराएको छ। अस्पतालका वरिष्ठ परामर्शदाता डा. जेनस स्टम्फले शरीरको कुनैपनि भागमा सुरक्षितसाथ क्यान्सरको उपचार गर्नसक्ने उपकरण रहेकाले यस दक्षिण एशियाली क्षेत्रका करोडौं जनता लाभान्वित हुनसक्ने बताए। उनले भने, उपचारै हुन सक्दैन भनिएका शरीरको भागको क्यान्सरको उपचार गर्नसकिन्छ। मस्तिष्क, मेरुदण्ड, फोक्सो र स्तन क्यान्सरको उपचारमा रेडियोथेरापी उपयोगी रहेको बताए। उपकरण अमेरिका, चीन र यूरोपकका मुलुकहरुमा मात्र रहेको बताए। उपकरणबाट अत्यन्त न्यून मात्रामा मात्र नकारात्मक असर पर्नसक्ने भन्दै अत्यन्त सफल रहेको बताए। रेडियोथेरापी ल्याएपछि क्यान्सरका जटिल उपचारहरु सफल बनाइएको बताए। रेडियोथेरापीबाट उपचारका लागि अमेरिका र यूरोपका ६ जना विशिष्ट चिकित्सक परामर्शदाताका रुपमा रहेको उनको भनाई थियो। विश्वका दर्जनभन्दा बढी मुलुक र भारतका चार दर्जन स्थानमा शाखा रहेक...

पर्सा कपडा सिलाइ संघको साधारणसभा र तालिम

वीरगंज, २७ असार । पर्सा कपडा सिलाइ संघको पांचौ साधारणसभा सम्पन्न भयो। आज राणी सति अतिथि सदनमा सम्पन्न कार्यक्रममा  टेलर तथा दर्जीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी राष्ट्रिय मुस्लिम मंच नेपाल, नेपाल मुस्लिम महिला कल्याण समाज र युएनडिपीको संयुक्त आयोजनामा संविधान निर्माण प्रक्रियामा नागरिक सहभागिता लोकतान्त्रिक संवाद दुइ दिने तालिम आजदेखि जिल्ला बाल कल्याण समितिको सभाकक्षमा सुरु भएको छ।

मातृ शिशु कार्यकता हित संरक्षणको तेश्रो अधिवेशन

वीरगंज, २७ असार । नेपाल ग्रामीण स्वास्थ्य कार्यकर्ता तथा मातृ शिशु कार्यकर्ता हित संरक्षण मंच पर्साको तेश्रो अधिवेशन आज राणीसति अतिथि सदनमा सुरु भएको छ। कार्यक्रममा जिल्ला जनस्वास्थ्य  कार्यालयका प्रमुख योगेन्द्रप्रसाद भगत, मातृकाप्रसाद चालिसे, मधेशी स्वास्थ्यकर्मी फोरमका केन्द्रीय अध्यक्ष बाल किशोर यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए भने  अधिवेशनको बन्द सत्रले ११ जना कार्यसमिति चयन गर्नेछ। 

आन्दोलनको आंधीबेहरी सृजना गर्र्छौं -प्रचण्ड

काठमाडौं, असार २७। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आन्दोलनको आंधीबेहरी सृजना गर्ने बताएका छन्। आज राजधानीमा रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहित समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएका व्यक्तित्वहरुलाई सम्मान गर्दै आन्दोलनबाट देशमा रहेको नेतृत्व संकट अन्त गर्ने बताए। प्रचण्डले देशमा र्दुघटना गराउने षड्यन्त्र भइरहेको भन्दै सचेत हुनुपर्ने बताए। उनले भने, संविधानसभालाई निरिह बनाउने षड्यन्त्र भएको छ। देशको स्वाभिमान लत्याइएको भन्दै राष्ट्रि्यतामाथि ग्रहण लागेको बताए। आन्दोलनले ग्रहण हटाएर राष्ट्रि्यतालाई बलियो बताउने बताए। परिवर्तनलाई नरुचाउनेहरुले देशलाई अप्ठ्यारोमा पुर्याएको उनको भनाई थियो। संवादको ढोका बन्द नभएको र दलहरुसंग संवाद गरेरै अहिलेको चुनौती पार लगाउने बताए। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहितलाई अभिनन्दन गरेका छन्। आज राजधानीमा राष्ट्रि्य सांस्कृतिक मञ्चद्धारा आयोजित कार्यक्रममा राष्ट्र्सेवा स्वर्ण्र्ााम्मानद्धारा सम्मान गरेको हो। धमलालालाई संचार क्षेत्रमा देखाएको क्रियाशीलता, सक्षमता एवं आफ्नो व्...

कानू समाजको प्रथम अधिवेशन

वीरगंज, २७ असार । नेपाल कानू समाजको प्रथम नगर अधिवेशन सम्पन्न भयो। आज वीरगंज उद्योग वाणिज्य संघको सम्पन्न सो अधिवेशनमा बाराका सभासद प्रमोद गुप्ताले जातिय रुपमा सशक्त हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा कानू समाजका केन्द्रीय अध्यक्ष हरिहर साह, किशोरी गुप्ता, केन्द्रीय समिति सदस्य लक्ष्मण साह कानू, राजकुमार कानू लगायतको उपस्थिति थियो।

रेडियो मकवानपुरको परीक्षण प्रसारण सुरु

-प्रकाश दाहाल- हेटौंडा, २७ असार । हेटौडामा रेडियो मकवानपुर एफएमले परीक्षण प्रसारण आरम्भ गरेको छ । बिकासका लागि सहकार्य नामक गैर सरकारी संस्थाले स्थापना गरेको सो एफएम १०१.३ मेगाहर्जमा सुन्न सकिन्छ । असार २३ गतेबाट परीक्षण प्रसारणमा रहेको यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । एफ एम हेटौंडामा रहेपनि यसको प्रसारण मकवानपुर जिल्ला, आसपासका जिल्ला तथा पश्चिम गुल्मी लमजुङ, पर्ुवमा महोत्तरी, सिन्धुली, र्सलाही लगायतका जिल्लाहरुमा यसको प्रसारण सुनेर स्रोताहरुको प्रतिक्रिया आएको रेडियो मकवानपुर प्रसारण उप समितिका सहसंयोजक रीपेश दाहालले जानकारी दिए । सामुदायिक एफएम भएकोले स्थानिय बिषयबस्तुलाई बढि प्राथामीकताका आधारमा रेडियोमा कार्यक्रम प्रसारण गरीने सहसंयोजक दाहालले बताए । बिकासका लागि सहकार्य नारा लिएको यस एफएमले समाजको नजिक रहेर सामाजिक जनचेतना जगाउने उद्देश्यले संचालनमा ल्याईएको संस्थाका अध्यक्ष कृण्ण अर्यालले जानकारी दिए । यो एफएम मकवानपुरको दोस्रो तथा हेटौंडाको पहिलो सामुदायिक एफएम हो । मकवानपुरमा सातवटा एफएम संचालनमा आएतापनि हाल यो एफएम सहित ५ वटा मात्र सञ्चालनमा रहेका छन् ।

फत्तेमान साँझ हुने

काठमाडौ, २७ असार । वरिष्ट गायक तथा संगीतकार फत्तेमान एकल साझ लिएर उपस्थित हुने भएका छन् । आगामी भदौ १३ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने फत्तेमान सांगीतिक साँझ ०६६ तथा बिबिध सांस्कृतिक कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीतहरु श्रोतामाझ प्रस्तुत गर्ने छन् । सांगीतिक साँझको आयोजक संगीत शीला प्रतिष्ठानले शनिबार रिपोर्टस् क्ल्ब नेपालमा पत्रकार सम्मेलन आयोजना गरि सो जानकरी दिएको हा सम्मेलनमा गायक फत्तेमानले आप\mना श्रोतासँग अझ सामीप्यता बढाउन सांगीतीक साँझ मार्फ झुल्कन लागेको बताए ।