Skip to main content

Posts

अपराधीलाई संरक्षण दिनेमाथि कडा नीति लिन्छौं -गृहराज्यमन्त्री अन्सारी

काठमाडौं, ४ साउन। गृहराज्यमन्त्री रिजवान अन्सारीले अपराधिक गतिविधिमा सक्रियलाई संरक्षण गर्नेहरुमाथि कडा नीति अबलम्बन गर्ने बताएका छन्। आज मधेश तर्राई फोरमले रिपोर्र्टर्स क्लब नेपालमा आयोजना गरेको अर्न्तक्रियामा बोल्दै शान्तिसुरक्षाको कर्डाईका लागि पालना गर्न गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए। अपराधीलाई खोजी खोजी कानुन बमोजिम सजाय दिनेछौं, राज्यमन्त्री अन्सारीले भने, अपराधीलाई संरक्षण दिनेहरुमाथि पनि कडा नीति अख्तियार गरिनेछ। अपराधीहरु संरक्षणकै कारण दण्डहीनता बढेको भन्दै त्यस्तो नगर्न चेतावनी दिए। र् वर्तमान सरकारले शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याएरै छाड्ने बताए। प्रदेशहरुको संरचनाको टुंगो कसैले लादेको भरमा भन्दा छलफलबाट टुंगोमा पुगिने बताए। मधेशको अधिकार स्थापित गर्न सरकार गम्भीर भएको बताए। सभासद बबन सिंहले सरकारकै कारण अपराधिक गतिविधि बढेको आरोप लगाए। सीमा क्षेत्रमा प्रहरी प्रशासनको मिलेमतोमा अपराधिक कामहरु हुनेगरेको भन्दै राज्य आफै जनतालाई त्रसित बनाउन सक्रिय भएको टिप्पणी गरे। आफूलाई राज्यले असुरक्षित बनाइरहेको उनको आरोप थियो। मधेशका गरिब जनतामाथि अन्याय भइरहेको...

५ वर्षा ७ वटा नयां विमान

काठमाडौं, ४ साउन। पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरदसिंह भण्डारीले नेपाल वायु सेवा निगमले पांच वर्षभत्र सातवटा नयाँ विमान खरिद गर्ने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै भिजिट नेपाल २०११ लाई दृष्टिगत गरी विमान खरिदको तयारी भइरहेको बताए। नेपाल वायु सेवा निगमले पांच वर्षभत्र सातवटा विमान खरिद गर्ने योजना बनाइएको छ, मन्त्री भण्डारीले भने, जहाज खरिदका लागि आवश्यक रकम जुटाउन सकिन्छ। सरकारनै ग्यारेन्टी बस्ने भएकाले रकम जुटाउन सकिने उनको भनाई थियो। दर्ुइवटा विमान खरिदका लागि टेण्डर आव्हान गरिएअनुरुप दुइवटा कम्पनि र दुइवटा एजेन्टले आवेदन दिएकोमा कम्पनिलाई प्राथमिकतामा राखिएको बताए। कम्पनिहरुले विमान जतिछिटो उपलब्ध गराउछन् उति छिटो आउने बताए। बोइङ र एयरबस दुइवटा कम्पनिको आवेदनलाई जुलाइ महिनाभित्र टुंगो लगाइने खुलासा गरे। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा विमान खरिद प्रक्रियामा कुनै कारणले पनि अवरोध खडा नहुने बताए। सरकारका राजनीति नियुक्तिहरुले पनि असर नगर्ने भन्दै विमानस्थलमा सुधार प्रक्रिया अगाडि बढाएको बताए। त्रिभुवन ...

दुर्घटनामा मृत्यु भएका परिवारद्वारा सडक अवरोध

वीरगंज, ४ साउन । सडक दुर्घटनामा परी मृत्यु भएका परिवारजनले क्षतिपूर्तिको मांग गर्दै महेन्द्र राजमार्गको सर्लाहीको सासापुरमा सडक अवरोध गरेका छन्। आज बिहानैदेखि मृतकका आफन्तजनले राजमार्गमा अवरोध सिर्जना गरी सडक अवरुद्ध पारेपछि सयौं सवारीसाधन अलपत्रमा परेका हुन्। शनिवार सर्लाहीको हरिवन-९ नजिकै ना.३ ख ६०९४ को ट्रकको ठक्करबाट सासापुर-१ बस्ने बर्ष४५ को हजारी महत्तोको उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीले ठक्कर दिने ट्रक र चालकलाइ पक्राउ गरेको छ। यसैगरी गए राति ११ः२० बजे मकवानपुरको मनहरी नजिकै बा.१ प ५५४४ नं.को मोटरसाइकल दुर्घटना हुंदा चितवन रत्ननगर-२ बस्ने बर्ष ३० को दुर्गा लामा घाइते भएका छन्। उनको चितवनमा उपचार भइरहेको छ।

पहिरोले राजमार्ग अवरुद्ध

वीरगंज, ४ साउन । अविरल वर्षाको कारण सिन्धुपाल्चोक र रसुवामा पहिरो जांदा अरनिको र पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको थियो। आज बिहान अवरुद्ध रहेको अरनिको राजमार्गको सिन्धुपाल्चोकको सांगा चौक-७ चेहेरे भैसे मध्यान्ह १ः२५ बजेदेखि सुचारु भएको छ। भने रसुवाको राम्चे-९ मा पहिरो जांदा पासाङ ल्हामु राजमार्गको धुन्चे- काठमाण्डौ चल्ने बाटो अवरोध भएको प्राप्त जानकारीमा उल्लेख छ।

हतियारसहित एकजना पक्राउ

धनुषा, ४ साउन । हतियारसहित एकजनालाइ प्रहरीले पक्राउ गरेको छ। आज बिहान जनकपुर -७ नजिकै गस्ती गरिरहेको प्रहरी टोलीले जनकपुर-१६ बस्ने मुकेश झालाइ कटुवा पेस्तोल १ थान, सोको गोली १ राउण्डसहित पक्राउ गरेको हो। झालाइ आवश्यक अनुसन्धानको लागि हिरासतमा राखिएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

डांका र प्रहरीबीच भिडन्त, दुइ र्सवासधारण घाइते

वीरगंज, ४ साउन । बारामा डांका र प्रहरीबीच भिडन्त हुंदा दुइ र्सवसाधारण बम लागेर घाइते भएका छन्। आज बिहान १ः४० बजे सिमरा-५ बजनीमा डांकाहरुले लुटपाट गर्ने क्रममा तत्कालै प्रहरी टोली पुगेपछि दुवै पक्ष्ँबीच दोहोरो गोली हानाहान भएको थियो। प्रहरीले ५ राउण्ड गोली प्रहार गरेपछि डांकाहरुले आलु बम प्रहार गर्दा स्थानीइ वृद्ध ७० वर्षीय कृष्ण रिमाल र उनको ३ वर्षीया नातिनी सुदिक्षा सामान्य घाइते भएका छन्। दुवैको सिमरा अस्पतालमा उपचार भइरहेको छ। डांकाहरुले केही लुटपाट गर्न नसकेपछि फरार भएका छन्। उनीहरुको व्यापक खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

मलंगवा भंसार कार्यालयले लक्ष्यभन्दा निकै बढी राजस्व संकलन गर्‍यो

वीरगंज, ४ साउन । र्सलाही जिल्लास्थित मलगंवा भन्सार कार्यालयले आर्थिक वर्ष०६५/६६ मा लक्ष्यभन्दा निकै गुणा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष०६५/६६ मा मलंगवा भंसार कार्यालयले राजस्व संकलन लक्ष्य भन्सार तर्फ १ करोड ५० लाख ४० हजार र मूल्य अभिवृद्धि कर्रतर्फ ४८ लाख ५ हजार निर्धारण गरेको थियो । आव ०६५/६६ मा मलगंवा भन्सार कार्यालयले भन्सार तर्फ७ करोड ४५ लाख ५३ हजार २५८ रूपियां र मूल्य अभिवृद्धि कर्रतर्फ ८३ लाख ३७ हजार २५३ असूली गरेको निमित्त भन्सार प्रमुख बमबहादुर खवासले जानकारी गराउनुभएको छ । मलंगवा भन्सार कार्यालयले आब ०६५/६६ लक्ष्यभन्दा सात करोड ४८ लाख ५३ हजार दुइ सय अन्ठाउन्न रूपिया बढी राजस्व संकलन गरेको छ । तस्करहरूले समानान्तर भन्सार संचालन गरी भारतीय वस्तुहरू आयात गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र जनपथ प्रहरीले तस्करी धन्दालाई निरूत्साहित पारेको कारण अप्रत्याशित रूपमा लक्ष्यभन्दा निकै बढी राजस्व संकलन भएको र आगामी वर्षतस्करी नियन्त्रणमा स्थानीय प्रहरी, प्रशासनले तत्परता देखाएमा १५ करोड भन्दा बढी राजस्व संकलनको संभावना रहेको भन्सार कर्मचारी श्रोतले बताएको छ । भन्स...