Skip to main content

५ वर्षा ७ वटा नयां विमान

काठमाडौं, ४ साउन। पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरदसिंह भण्डारीले नेपाल वायु सेवा निगमले पांच वर्षभत्र सातवटा नयाँ विमान खरिद गर्ने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै भिजिट नेपाल २०११ लाई दृष्टिगत गरी विमान खरिदको तयारी भइरहेको बताए।
नेपाल वायु सेवा निगमले पांच वर्षभत्र सातवटा विमान खरिद गर्ने योजना बनाइएको छ, मन्त्री भण्डारीले भने, जहाज खरिदका लागि आवश्यक रकम जुटाउन सकिन्छ। सरकारनै ग्यारेन्टी बस्ने भएकाले रकम जुटाउन सकिने उनको भनाई थियो। दर्ुइवटा विमान खरिदका लागि टेण्डर आव्हान गरिएअनुरुप दुइवटा कम्पनि र दुइवटा एजेन्टले आवेदन दिएकोमा कम्पनिलाई प्राथमिकतामा राखिएको बताए। कम्पनिहरुले विमान जतिछिटो उपलब्ध गराउछन् उति छिटो आउने बताए। बोइङ र एयरबस दुइवटा कम्पनिको आवेदनलाई जुलाइ महिनाभित्र टुंगो लगाइने खुलासा गरे।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा विमान खरिद प्रक्रियामा कुनै कारणले पनि अवरोध खडा नहुने बताए। सरकारका राजनीति नियुक्तिहरुले पनि असर नगर्ने भन्दै विमानस्थलमा सुधार प्रक्रिया अगाडि बढाएको बताए। त्रिभुवन विमानस्थलमा राडर प्रणालीमा थप सुधारका अलावा बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई गति दिने बताए।
चितवनमा रहेका होटल तथा रिसोर्टहरु खुला गर्न सरकारले प्रक्रिया अगाडि बढाइसकेको बताए। चितवको निकुञ्ज क्षेत्रमा पर्यटन व्यवसाय सुचारु गर्न सम्झौताको म्याद थप्नेबारे मन्त्रिपरिषदले टुंगो लगाउने बताए। उनले भने, होटल संचालनको म्याद थप गर्न मन्त्रिपरिषदमा छलफलका लागि प्रस्ताव जादैछ।
र् पर्यटन क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताए। सन् २०११ मा १० लाखभन्दा बढी पर्यटक भित्राउने गरी कार्यक्रम अगाडि सारेको बताए। तर्राईका छवटा स्थानमा पर्यटन विकास प्याकेज ल्याइएको र पोखरालाई पोखरा उपत्यका पर्यटन प्राधिकरण बनाउन लागिएको खुलासा गरे। पर्यटन उद्योगको विकासमा सरकारले प्राथमिकता दिएको उल्लेख गरे। सरकारले पर्यटन व्यवसाय गर्ने नभई संरक्षकको भूमिका निभाउने भन्दै निजी क्षेत्रलाई उत्साही बनाउने कार्यक्रम ल्याउने बताए।
शान्तिसुरक्षालाई गम्भीरताका साथ लिएर सरकारले काम थाल्ने बताए। आर्थिक सम्भावनाहरु नभएकै कारण अपराध बढेको भन्दै पर्यटनको विकास गर्न सके रोजगारीका सम्भावना बढेर अपराध घट्ने जिकिर गरे।
होटल एशोशिएसन अफ नेपाल -हान)का अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले चितवन राष्ट्रिय निकुञ्जमा रहेका होटलहरु बन्द गरे मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताए। सरकारले सम्झौताको म्याद नथपे विश्वप्रसिद्ध जँगल सफारी सदाका लागि बन्द हुने बताउँदै भने, तत्काल सम्झौताको म्याद नथपे पर्यटन क्षेत्रनै धराशायी हुन्छ। प्रधानमन्त्री माधवकुमार नेपाललाई आजै भेटी निकुञ्जमा पर्यटन व्यवसायीसँगको सम्झौता थप गर्न सकारात्मक जवाफ आएको बताए। राज्यलेनै पर्यटन क्षेत्रको संरक्षण गर्नुपर्ने बताए।
पाण्डेले सन् २०११ मा हुनलागेको नेपाल भ्रमण वर्षा १० लाख भन्दा बढी पर्यटक भित्राएर छाड्ने दाबी गरे। पर्यटन वर्षमनाउने तयारी भइरहेको भन्दै सबैको सहयोगको आव्हान गरे।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...