Skip to main content

Posts

पत्रकार यादवले जाटियाको घर कब्जा गरेको आरोप

वीरगंज, ५ साउन । वीरगंज- ७ निवासी विश्वनाथ जाटियाले स्थानीय एक पत्रकारले घर भाडा नदिइ आफनो घर कब्जा गर्न खोजेको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै जाटियाले न्याय दिलाइदिन संचारकर्मीसंग आग्रह गर्दै सो कुरा बताएका हुन्। वीरगंज-१४ ओम आश्रममा रहेको आफनो घरमा स्थानीय पत्रकार काशीनाथ यादवले विगत ३ वर्षेखि भाडामा लिइ बसोबास गर्दै आइरहेको भए तापनि हालसम्म भाडा नदिएको र घर खाली गर्न अटेर गरेको जाटियाले बताए। जाटियाले भद्रभलादमीहरुको सिफारिसमा पत्रकार यादवलाइ घर दिइएको बताउंदै हाल सो घर विक्री गर्नु पर्ने भएकोले पटक पटक घर खाली गर्न भन्दा अटेर गरेपछि यसबारेमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपनि न्याय पाउन नसकेको भन्दै पत्रकारको शरणमा आएको बताए। पत्रकार सम्मेलनमा जाटियाले जुनसुकै बेला घर छाडने शर्तमा मासिक १ हजारमा भाडा लगाएको, वैनापट्टाको कुनै कागज नगरेको आफूले ५ धुर जग्गा दिने बचन दिएको बताए। यता पत्रकार काशीनाथ यादवले उजुरीको प्रतिवाद गर्दै ५ वर्ष का लागि घर लिजमा लिएको, घर जग्गाको संरक्षण गर्न आफनो ६ लाख खर्च भएको र घर खरिद गर्न जाटिया...

जथाभावी ग्यांस विक्री वितरण र रिफलिङ गर्न नपाइने

वीरगंज, ५ साउन । ग्यास विक्रेता महासंघले खुल्ला सिमानाबाट आएको ठूलो सिलिण्डर र सानो सिलिण्डर रोक्का गर्ने निर्णय गरेको छ। आज सम्पन्न बैठकले पान पसल, किराना पसल वा कुनै पनि पसलमा ग्यांस विक्री वितरण तथा सानो सिलिण्डरमा अवैध रुपमा रिफिलिङ गरिएको हुंदा सो कार्य रोक्न आग्रह गरेको छ। आज जारी प्रेस विज्ञप्तिमा कानूनी रुपमा विक्री वितरण गर्ने डिलरबाट मात्र ग्राहकवर्गहरुले खरिद विक्री गर्न आग्रह गर्दै सोबाट कुनै दुर्घटना भएमा ग्यांस विक्रेता महासंघ जिम्मेवार नहुने अध्यक्ष नूर आलमले जनाएको छ ।

विशुद्ध नेपाली जडीबुटीको प्रयोग

वीरगंज, ५ साउन । हर्बो इन्टरनेशनल प्रालि नेपालका तालिम अधिकृत विष्णु ढुंगानाले हर्वो इन्टरनेशनलले विशुद्ध नेपाली जडीबुटीको प्रयोग गर्दै नेटवर्क मार्केटिङ मार्फ व्यापार विस्तार गरेको बताएका छन्। आज आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कारमा बोल्दै उनले पहिलो दशकमा हर्वोले अन्तराष्ट्रिय बजारमा ठूलो फडको मारेको दाबी गरे। उनले विदेशिएका नेपालीहरुले श्रमको साटो वस्तु बेच्नुपर्नेमा जोड दिए। रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

जनता दलको हस्ताक्षर अभियान

वीरगंज, ५ साउन । हिन्दू राष्ट्र नेपालको समर्थनमा नेपाल जनता दलले हस्ताक्षर अभियान सुरु गरेको छ। आज वीरगंजको घण्टाघरमा एक कार्यक्रमबीच गाइको हत्या तथा तस्करीमाथि प्रतिबन्ध, धर्मान्तरण नै राष्ट्रान्रण भएको कारण धर्मान्तरण गराउनेलाई कडा कारबाही लगायतको विषयमा जनसमर्थनको लागि अभियान सुरु गरिएको हो।

लिपनीमाल-लालपर्सा सडकखण्डमा कालोपत्रे

वीरगंज, ५ साउन । पर्साको लिपनीमालदेखि लालपर्सासम्मको सडकखण्डमा कालोपत्रे निर्माण कार्य सुरु भएको छ। आज सभासद पदम ज्योतिले २ सय १० मिटर सडकखण्डमा कालोपत्र कार्यको उद्घाटन गरे। करिब ९ लाख ५० हजारको लागतमा निर्माण हुने सो सडकखण्डबाट ग्रामीण भेगका बासिन्दा लाभान्वित हुनेछन्।

अनुसन्धानका कर्मचारी हेरोइन तस्कर

वीरगंज, ५ साउन । भारी परिमाणमा लागूऔषध खैरो हेरोइनसहित राष्ट्रिय अनुसन्धान कार्यालय पर्सामा एक कर्मचारीसहित दुइजना पक्राउ परेका छन्। प्राप्त जानकारी अनुसार ५ सय ५० ग्राम खैरो हेरोइनसहित कर्मचारी नवलकिशोर प्रसाद पटेल र भारत, मोतीहारीका मुसा कलिमुल्लाहलाइ प्रहरले राजधानीबाट पक्राउ गरेको हो। इन्टरपोलले पटेलमाथि लामो समयदेखि अनुसन्धान गरिरहेको क्रममा रंगेहात पक्राउ गरेको हो।

कोइरालाले सरकार ढाल्नुहुन्छ - फोरम अध्यक्ष यादव

लक्ष्मी क्षेत्री, बुटवल, साउन ५। मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले ढाल्ने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपाल लुम्बिनी शाखला आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै सरकार कोइरालाले बनाएकाले उनैले ढाल्ने ठोकुवा गरे। यो सरकार गिरिजाप्रसाद कोइरालाले बनाउनुभएको हो, यादवले अगाडि भने, कोइरालाले बनाउनुभएको सरकार कोइरालालेनै ढाल्नुहुन्छ। सरकारको नेतृत्व दर्ुइ ठाउँमा हारेको व्यक्तिले गरेको भन्दै सरकार लामो समय नटिक्ने बताए। सरकार ढलेपछि राष्ट्रिय सहमतिको नयाँ सरकार बन्ने दाबी गरे। आफूहरुले राष्ट्रिय सरकारमा जोड दिएको उल्लेख गरे। नयां संविधान निर्माण र शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउन राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताए। सम्रग मधेश र मधेशी जनताको अधिकार रक्षाका लागी आफु र अफ्नो पार्टर्ीीडक र सदन दुवैबाट सर्घष्ा गर्न तयार रहेको उनको कथन थिया े। बर्तमान सरकार प्रति निकै आक्रोशित देखिएका यादवले समयमै संविभान निर्माण हुनेमा शंका व्यक्त गरे। र्सलाहीमा प्रहरी कार्वाहीमा र्सवसाधारण मारिएको ...