Skip to main content

Posts

युनिटी प्रगति समूह बहराइनको प्रशिक्षण कार्यक्रम

-नारायण थापा- बहराइन, १२ साउन । नेपाली क्लब बहराइनको सभाहलमा दाजुभाइ इन्स्योरेन्स युनिटी लाइफ इन्टरनेशनल लिमिटेडले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युनिटी प्रगति समूह बहराइका अध्यक्ष प्रकाश दर्नालको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रम प्रमुख अतिथि छबीलाल बिक हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन हरि कार्कीले गर्नुभएको थियो । प्रशिक्षण दिने क्रममा इन्स्योरेन्स युनिटी लाइफ इन्टरनेशनल लिमिटेडमा प्रेसीडेन्ट पोष्टमा पुग्नु भएका प्रकाश दर्नालले संस्थाको जानकारी दिदै २०६२ सालमा स्थापना भएको दाजुभाइ इन्स्योरेन्टले २०६४ सालमा नेपाल सरकारबाट मान्यता प्राप्त गरेको थियो । यसको प्रधान कार्यालय काठमाण्डौमा रहेको छ भने नेपाल बाहिर १५ वटा देशमा शाखा कार्यालय र नेपाल भित्र २२ जिल्लामा शाखा कार्यालय रहेको बताउनुभयो । देश निर्माणमा हामी पनि सहभागी छौं भन्ने मुल नारा लिएको सो संस्थाले मुख्यतय देश निर्माणका लागि ५ वटा "ज" को अवधारणा लिएको छ, जसमा १. जंगल २. जल ३. जमीन ४. जल विद्युत र ५. जडिबुटी यिनै कुराहरुको आधारमा रही काम गर्ने उद्देश्यले यो संस्थाको स्थापना भएको कुरा बताउनु भ...

कानमा कुन्डल, दारी पाल्ने प्रहरीहरु सावधान

वीरगंज, १२ साउन । वरिष्ठ प्रहरी उपरीक्षक टोपेन्द्रध्वज हमालले कानमा कुण्डल लगाउने, लामो कपाल वा दारी पाल्ने प्रहरीलाइ कारबाही गर्ने भएका छन्। प्रहरी सेवामा कार्यरत केही प्रहरीले कानमा कुन्डल, दारी पाल्ने, पोशाक राम्ररी नलगाउने, अन्य पोशाक लगाउने, विभिन्न डिजाइनको कपाल पाल्नेमाथि कारबाही गर्न हमालले जिल्ला प्रहरी कार्यालय पर्सालाई कारबाही गर्न निर्देशन दिएका दिएका छन्। वडा प्रहरी कार्यालय विर्ता र अस्थायी प्रहरी पोष्ट रानीघाटमा कार्यरत दुइ जवानले दारी पालेको र कानमा कुन्डल लगाएको देखेपछि हमालले कारबाही गर्ने चेतावनी समेत दिएको समाचार स्रोतले जनाएको छ।

प्रेस स्वतन्त्रताको गम्भीर उपहास

वीरगंज, १२ साउन । समाचार संकलनका लागि वीरगंजको इनर्वामा पुगेका नेपाल पत्रकार महासंघ पर्साका सदस्य एवं नेपाल टेलीभिजनका बीरगंज सम्बाददाता भूषण यादवमाथि स्थानियबासीद्धारा गरिएको आक्रमणप्रति रिपोर्टस क्लब नेपाल पर्साको गम्भीर ध्यानाकर्षण भएको जनाउदै घटनाको घोर भर्त्सना गरेको छ। आज क्लबका अध्यक्ष कन्हैया गुप्ताले एक प्रेस विज्ञप्ति जारी गरी समाचारको लागि खिचिएको दृष्य मेटाउन धम्की दिएर पत्रकार यादवमाथि हातपात गरिएको घटनाले फेरि पनि प्रेस स्वतन्त्रताको गम्भीर उपहास भएको छ । घटनामा संलग्न दोषीहरुलाई कारवाही गर्न माग गरेको छ।

दुर्घटनामा दर्जनौं घाइते

वीरगंज, १२ साउन । विभिन्न स्थानमा दुर्घटना हुंदा दर्जनौ घाइते भएका छन्। आज बिहान धनुषाको ढल्केबर चोक नजिकै ना३ख २११९ नं.को बसले ना२ख ३१०८ नं.को बसलाइ ओभरटेक गर्ने क्रममा ठोक्किदा ३१०८ को चालक सामान्य र्घाईते भएका छन्। आज बिहान मकवानपुरको बसामाडी-५ नजिकै ना१ज ९९२८ नं.को बलेरो र ना१क ९३३ नं.को ट्रक एकआपसमा ठोक्किदा बारा, कलैया- बस्ने बर्ष२९ को धर्मेन्द्र प्रसाद जैसवाल घाइते भएका छन्, उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। गए राति १२ बजे महोत्तरीकोे बांकेपुलमा ना३ख ४४७९ नं.को ट्रकलाई ना३ख२२२९ नं.को ट्रकले पछाडीबाट ठक्कर दिंदा ट्रक चालक सिराहा धनगढी बस्ने अमित कुमार मगर घाइते भएका छन्। उनको हरिवनमा उपचार भइरहेको छ। यसैवीच नेपालको नयां संविधानमा खेलाडीको पनि प्रतिनिधी हुनुपर्ने र बजेट छुट्याउनु पर्ने लगायतको मांग राखी आज बिहान धनुषा, महेन्द्रनगर-१ स्थित जनकपुर-ढल्केबर सडकखण्डमा राष्ट्रिय खेलकूद संरक्षण सम्बर्द्धन समितिले आधा घण्टा चक्काजाम गरेका थिए।

प्रहरी र स्व. यादवका परिवारबीच सहमति

रौतहट, १२ साउन । गत साउन १० गते अज्ञात समूहको गोली लागी मृत्यु भएका वाइसिएलका केन्द्रीय सदस्य लक्ष्मण राय यादवको परिवार र स्थानीय प्रशासनबीच चार बुंदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको छ। आइतवार सांझ प्रशासन र पीडित पक्षबीच भएको वैठकमा हत्याको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, मृतकलाइ शहीद घोषणा गरी उचित क्षतिपूर्ति दिलाउन सरकारलाई सिफारिस गर्ने, घटनाको दोषी पत्ता लगाई कानून बमोजिम कारवाही गर्ने, यस अघिका घटनाहरुका मृतक राम प्रवेश साह, कृष्ण मोहन जैसवालको सम्बन्धमा छानविन हुनु पर्ने र मांगहरु १५ दिन भित्र कार्यान्वयन गर्ने सहमति भएको थियो। सहमतिपछि पीडित पक्षले रायको शव राखि अवरुद्ध गरेको राजमार्ग सुचारु भएको छ।

करेन्ट लागेर तीनजनाको मृत्यु

वीरगंज, १२ साउन । चितवन र सर्लाहीमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ। हिजो सांझ चितवनको कोरक-९ नजिकै रहेको विद्युत ट्रान्समिटरमा र्सट भएपछि करेन्ट लागेर ९ जना घाइते भएका छन्। घाइतेमध्ये कैलाश प्रजा र रामबहादुर प्रजाको उपचारको क्रममा चितवन अस्पतालमा मृत्यु भएको छ भने अन्य ३ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। यसैगरी सर्लाही, मलंगवा-९ बस्ने प्रमोद नुनियाको पत्नी कन्चन नुनियाको पनि करेन्ट लागेर मृत्यु भएको छ। विजुलीको पोलको तार चुडिन गई करेन्ट लागेपछि उनको मृत्यु भएपछि पीडित पक्षले जिल्ला विकास समिति चोकमा बाटो अवरोध गरेका थिए।

तीनजनाको लाश फेला

वीरगंज, १२ साउन । धनुषाको कमला नदीको बांधमा दुइ पुरुष र एक युवतीको शव फेला परेको छ। आज बिहान लबटोली-५ नजिकै रहेको कमला नदीको बांधमा महोत्तरी माइस्थान-३ बस्ने चन्द्र साहको १४ वर्षीया छोरी बबिताकुमारी साहको लाश फेला परेको छ भने पुलभन्दा ४०० मिटर उत्तर छेउमा २ जना पुरुषको लाश फेला परेको प्रहरीले जनाएको छ।