Skip to main content

युनिटी प्रगति समूह बहराइनको प्रशिक्षण कार्यक्रम

-नारायण थापा-
बहराइन, १२ साउन । नेपाली क्लब बहराइनको सभाहलमा दाजुभाइ इन्स्योरेन्स युनिटी लाइफ इन्टरनेशनल लिमिटेडले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
युनिटी प्रगति समूह बहराइका अध्यक्ष प्रकाश दर्नालको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रम प्रमुख अतिथि छबीलाल बिक हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन हरि कार्कीले गर्नुभएको थियो । प्रशिक्षण दिने क्रममा इन्स्योरेन्स युनिटी लाइफ इन्टरनेशनल लिमिटेडमा प्रेसीडेन्ट पोष्टमा पुग्नु भएका प्रकाश दर्नालले संस्थाको जानकारी दिदै २०६२ सालमा स्थापना भएको दाजुभाइ इन्स्योरेन्टले २०६४ सालमा नेपाल सरकारबाट मान्यता प्राप्त गरेको थियो । यसको प्रधान कार्यालय काठमाण्डौमा रहेको छ भने नेपाल बाहिर १५ वटा देशमा शाखा कार्यालय र नेपाल भित्र २२ जिल्लामा शाखा कार्यालय रहेको बताउनुभयो ।
देश निर्माणमा हामी पनि सहभागी छौं भन्ने मुल नारा लिएको सो संस्थाले मुख्यतय देश निर्माणका लागि ५ वटा "ज" को अवधारणा लिएको छ, जसमा १. जंगल २. जल ३. जमीन ४. जल विद्युत र ५. जडिबुटी यिनै कुराहरुको आधारमा रही काम गर्ने उद्देश्यले यो संस्थाको स्थापना भएको कुरा बताउनु भयो । सो संस्थाले नेपालमा १५ हजार नेपालीहरुलाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको र अरु रोजगारी दिने क्रम दिनहुं बढीरहेको कुरा बताउनु भयो । संस्थाले मुख्यतया ३ वटा प्रत्यक्ष रुपमा सेवा र सुविधाहरु दिने कुराको उल्लेख गर्नु भयो । जस्तै १. स्वास्थ्य योजना २. बैकिङ तथा राहत योजना र ३. देश फिर्ती योजना ।
स्वास्थ्य योजनाको बारे हरि सुबेदीले भन्नुभयो- यो सेवा लिने कुनै पनि व्यक्तिको उमेर हद नचाहिने, यो सेवा लिनका लागि एक पटकमा रु. १३,६५०/- तिर्नु पर्ने छ र यो रकम फिर्ता हंुदैन र ब्याज पनि नपाइने तर नियमित स्वास्थ्य जांच, बहिरङ सेवा, एक्सरे सुविधा, इ.सी.जी., भिडीयो एक्सरे, रगत, दिसा, पिसाब आदि परिक्षण, शैय्या सेवा, नारी तथा प्रजनन् स्वास्थ्य सेवा, नाक, कान, घांटी, दन्त चिकित्सा आदी धेरै सुविधाहरु पाउन सकिने कुरा बताउनु भयो । उहांले खाना र औषधिको खर्च विरामीले नै ब्यहोर्नुपर्ने साथै यो सेवा लिने व्यक्तिको परिवारले समेत २५ प्रतिशत छुट सुविधा पाउने कुराको जानकारी दिनु भयो ।
त्यस्तै बुद्धीराज र्राईले बैकिङ तथा राहत सेवाको बारेमा जानकारी दिदै भन्नु भयो- यो सेवा लिनका लागि कुनै पनि व्यक्ति २ वर्षदेखि ५२.६ वर्षभित्रको हुनु पर्ने, यो सेवा लिनका लागि एक पटकमा रु. १५,०००/- जम्मा गर्नु पर्ने र रु. २०००/- भ्याट तथा दर्ुघटना बिमाको रकम छुट्टयाएर रु. १३,०००/- जम्मा हुने र यो खाता खोल्ने व्यक्ति र उसको परिवारलाई उपचारमा २० प्रतिशत छुट हुने, ५ वर्षो करार तोडी अगावै आफनो रकम लिन चाहेमा ३५ प्रतिशत रकम कट्टा हुने, ५ वर्षअवधि पूरा भएपछि व्याज मात्र झिक्न वा सावा व्याज दुबै झिक्न पाउने कुराको साथै अन्य धेरै फाइदा मुलक सेवाहरुको बारेमा जानकारी दिनु भयो । स्वदेश फिर्ती योजनाको बारेमा जानकारी दिदै दिपक राइले भन्नु भयो - १८ वर्षभन्दा माथि उमेरका जो कोहीले यो सेवा लिन सक्नेछन्। बिदेशबाट नेपाल जांदा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट सुन्धारामा रहेको होटल तेजमहलमा १ रात बास दर्ुइ छाक नेपाली खाना र बिहानको चिया, खाजा सुविधा जति पटक बिदेशबाट नेपाल फिर्ती हुन्छ, जीवनभरी यो सुविधा पाइने, आफु त्रिभुवन विमानस्थल आउनु भन्दा २४ पहिले नै कम्पनीलाई जानकारी गराउनु पर्ने कुराको जानकारी दिनु भयो । त्यस्तै सो संस्थाका प्रेसिडेन्ट प्रकाश दर्नालले ब्यापार व्यवस्थापनको बारेमा जानकारी दिदै भन्नुभयो- यो संस्थामा सदस्यता लिएर सबैले छोटो समयमा पनि असीमित आय आर्जन गर्न सक्ने कुरा बताउनु भयो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी छवीलाल बिक भन्नु भयो- संस्थाले देश निर्माणमा आफनो तर्फाट बिभिन्न क्षेत्रमा टेवा पुर्‍याइरहेको सो संस्थाको सदस्याता लिई देश निर्माण गर्न र असीमित आय आर्जन गर्न सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई आग्रह गर्नु भयो ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...