Skip to main content

Posts

संचारकर्मीका लागि तालिम, आध्यात्मिक धार्मिक शिविर

वीरगंज, १५ साउन । संचारकर्मीहरुको लागि आधारभूत प्राथमिक सम्बन्धी तीन दिने तालिम सम्पन्न भयो। आज नेपाल रेडक्रस सोसाइटी पर्साको सभाकक्षमा सम्पन्न कार्यक्रममा धर्म, वर्ण, लिंग, जातजाति, भाषा, राष्ट्रियता वा राजनैतिक आस्थाको आधारमा भेदभाव नगरी मानवीय विपत्तिलाई रोक्न वा कम गर्न प्रयास गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको हो । त्यसैगरी श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको आयोजनामा सात दिने आध्यात्मिक धार्मिक शिविर आजदेखि राणीसति अतिथि सदनमा सुरु भएको छ। कार्यक्रम वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शिकरियालगायतको उपस्थिति थियो।

चर्को मूल्यमा तरकारी किन्न उपभोक्ता बाध्य, किसानहरु मर्कामा

वीरगंज, १५ साउन । वीरगंजका तरकारी तथा फलफूल र माछामासु व्यवसायीहरूले तीन दिनदेखि आन्दोलनमा उत्रिएर तरकारी, फलफूल तथा माछामासु विक्री वितरणमा ठप्प पारेपछि उपभोक्ताहरु मर्कामा परेका छन्। आज पनि वीरगंजको मुख्य बजार सुनसान भएपछि उपभोक्ताहरुले चर्को मूल्यमा उपभोग्य बस्तु खरिद गर्न बाध्य भएका छन् भने बारा, पर्सामा उत्पादित तरकारीहरू खेतमै छिप्पीन र कुहिन थालेका छन्। पिठिया करको नाममा उपमहानगरपालिका कार्यालयले व्यवसायीहरूस"ग मनोमानी ढंगले रकम असुलेको आरोप लगाउंदै व्यवसायीहरूले मीनाबजारमा नयां शपिङ कप्लेक्स निर्माण्ँ गर्न लागिएकाले निर्माण्ँ सम्पन्न नभएसम्म बैकल्पिक बजारको व्यवस्था गरिदिन पनि माग गरेका छन्।

माओवादी लडाकुलाई सेनामा समायोजन गर्न सकिदैन

काठमाडौं, साउन १५ । नवगठित मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्नै नसकिने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै लडाकुलाई समाजका अन्य निकायमा समायोजन गर्नुपर्ने बताए । 'माओवादी लडाकुलाई नेपाली सेनामा प्रवेश गराउन हुन्न,' फोरम लोकतान्त्रिकका पदाधिाकरीसहित उपस्थित गच्छेदारले भने,'समायोजन भन्ने शब्दप्रति नै मेरो आपत्ती छ, लडाकुलाई सेनाबाहेकमा समायोजन हुनर्ुपर्छ ।' माओवादी लडाकु राजनीतिक रुपमा प्रशिक्षित भएकाले सेनामा प्रवेश दिन नमिल्ने तर्क गरे । सेना राष्ट्रिय स्वरुपको भएकाले त्यसमा खलबलिने कुनै पनि कदमप्रति आफ्नो र्समर्थन हुननसक्ने बताए । छापामारलाई समाजका अन्य निकायमा समायोजन गर्न सकेमात्र शान्ति प्रक्रियाले गति लिने बताए । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै गच्छेदारले आफ्नो दलले वृहत लोकतान्त्रिक एकताका लागि महत्वपर्ूण्ा भूमिका खेल्ने बताए । वृहत लोकतान्त्रिक एकतामा लोकतन्त्रका पक्षधर गैरवामपन्थी र वामप...

हिमाल हाइड्रोपावरका कर्मचारीद्वारा १५ दिनका लागि आन्दोलन फिर्ता

दोलखा, १५ साउन । विभिन्न १३ सूत्रीय मांग राखी आन्दोलनरत हिमाल हाइड्रोपावर, खिम्ति सर्भिसेस प्रा.लि.का कर्मचारीहरुले १५ दिनको लागि आन्दोलन फिर्ता लिएका छन्।र्सवपक्षीय बैठकमा कर्मचारीहरुको मांगबारे छलफल गर्ने सहमतिपछि आज बिहान कर्मचारीहरुले १५ दिनको लागि धर्ना कार्यक्रम फिर्ता लिएका हुन्।

युवतीद्वारा आत्महत्याको प्रयास

वीरगंज, १५ साउन । एक १८ वर्षीया युवतीले विषादी सेवन गरी आत्महत्याको प्रयास गरेकी छन्। आज बिहान पर्साको विरुवागुठी-१ बस्ने रविना गोलेेले विष सेवन गरी गम्भीर भएपछि उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

दुर्घटनामा एकजनाको मृत्यु

वीरगंज, १५ साउन । विभिन्न स्थानमा दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ। गए राति ९ बजे पृथ्वी राजमार्गको धादिङ, धार्के-८ नजिकै बा.१ख ३९७६ नं.को ट्रक सडकबाट करिब ५० मिटर तल खसेपछि मकवानपुर गोगने बस्ने सिताराम गोलेको घटनास्थलमै मृत्यु भएको छ। मकवानपुर को मनहरी-२ सुनाचुरी नजिकै ना.३ख ३४४१ नं.को ट्रकको ठक्करबाट गाइको घटनास्थलमा नै मृत्यु भएको छ भने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्राप्त जानकारीमा उल्लेख छ। गए राति हेटौडा-४ कान्ती राजपथमा रोकी राखेको ना.१ख ६४७९ नं.को ट्रकमा बा.९प ६४६७ नं.को मोटरसाइकल ठोक्किंदा मोटरसाइकलचालक मिनबहादुर थिङ गम्भीर र्घाईते भएका छन्।

फेरि विद्यार्थी अपहरित

वीरगंज, १५ साउन । करिब ६ वर्षीय एक बालक स्कूलबाट घर्रतर्फ जाने क्रममा अज्ञात समूहले उनको अपहरण गरेको छ। बुधवार वीरगंज-१३ बस्ने गोपाल साह सोनारको छोरा राहुल साह सोनार होलील्याण्ड स्कूलबाट परीक्षा दिइ र्फकने क्रममा स्कुलको गेटमा एकजना अपरिचित व्यक्तिले उनको अपहरण गरेको हो। छोराको ब्यापक खोजतलास गरे पनि फेला नपरेपछि उनका मातापिताले राति ९ः३० बजे प्रहरीलाई जानकारी गराएको थियो।