Skip to main content

माओवादी लडाकुलाई सेनामा समायोजन गर्न सकिदैन

काठमाडौं, साउन १५ । नवगठित मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्नै नसकिने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै लडाकुलाई समाजका अन्य निकायमा समायोजन गर्नुपर्ने बताए ।
'माओवादी लडाकुलाई नेपाली सेनामा प्रवेश गराउन हुन्न,' फोरम लोकतान्त्रिकका पदाधिाकरीसहित उपस्थित गच्छेदारले भने,'समायोजन भन्ने शब्दप्रति नै मेरो आपत्ती छ, लडाकुलाई सेनाबाहेकमा समायोजन हुनर्ुपर्छ ।' माओवादी लडाकु राजनीतिक रुपमा प्रशिक्षित भएकाले सेनामा प्रवेश दिन नमिल्ने तर्क गरे । सेना राष्ट्रिय स्वरुपको भएकाले त्यसमा खलबलिने कुनै पनि कदमप्रति आफ्नो र्समर्थन हुननसक्ने बताए । छापामारलाई समाजका अन्य निकायमा समायोजन गर्न सकेमात्र शान्ति प्रक्रियाले गति लिने बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै गच्छेदारले आफ्नो दलले वृहत लोकतान्त्रिक एकताका लागि महत्वपर्ूण्ा भूमिका खेल्ने बताए । वृहत लोकतान्त्रिक एकतामा लोकतन्त्रका पक्षधर गैरवामपन्थी र वामपन्थी शक्तिहरु हुने बताए । माओवादीलाई समेत वृहत लोकतान्त्रिक एकतामा आवद्ध हुने आग्रह गर्दै भने,'अहिलेको आवश्यकता भनेको वृहत लोकतान्त्रिक एकता हो, माओवादी समेत राजनीतिक मूलधारमा सहभागी हुनर्ुपर्छ ।' शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन सबैले वृहत एकताको आधार तय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।
आफ्नो दल देशकै चौंथो ठूलो दल भएको दाबी गर्दै लोकतन्त्रलाई सुदृढ गरी संविधान निर्माण समयमै पूरा गर्न भूमिका खेल्ने बताए । उनले भने,'संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र नयां संविधान लेखन पूरा गर्न प्रमुख भूमिका निभाउनेछौं ।' हाल फोरम लोकतान्त्रिकमा २९ जना सभासद र फोरम एक हुदाका १९ केन्द्रीय सदस्य रहेको दाबी गरे । पैसाको बलमा केन्द्रीय सदस्य र सभासद किनबेच गरेको उपेन्द्र यादवको आरोपबारे सोधिएको प्रश्नमा भने,'उपेन्द्रजीको आस्था डगमगाएको छ, हतास मानसिकतामा उहां जे पनि बोलिरहनुभएको छ ।' मधेशी जनताको अधिकारका लागि आन्दोलन गरेपनि अहिले आएर उपेन्द्र यादव विचलित भएको उनको आरोप थियो । मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन फोरम लोकतान्त्रिक सफल भएरै छाड्ने बताए । उपेन्द्र यादवले मधेशी जनतालाई ढाँटेको आरोप लगाउँदै समय आएपछि सबै कुरा खुलस्त हुने बताए । पार्टर्ीीत्र तानाशाह लादेपछि आफूहरुले आन्तरिक लोकतन्त्रको कुरा उठाउदै अवैधानिक ढंगले कारबाहीको कदम चालेको बताए । एक मधेश प्रदेशको पक्षमा हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने,'संयुक्त मधेशी लोकतान्त्रिक मोर्चा र नेपाल सरकारसंग भएको ८ बुंदे सहमतिअनुसार मधेश स्वायत्त प्रदेशको पक्षमा छौं ।' मधेश स्वायत्त प्रदेश बनाएरै छाड्ने दाबी गरे ।
फोरम लोकतान्त्रिकले मधेशलाई आधार बनाएर राष्ट्रिय राजनीतिमा भूमिका निभाउने बताए । मधेशीको अधिकारलाई प्राथमिकतामा राख्दै सबै जाति, समुदाय, भाषा र क्षेत्रका जनताको अधिकारका लागि आवाज उठाउने स्पष्ट पारे ।
उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ लिनुलाई गैरकानुनी ठहर गर्ने सर्वोच्च अदालतको फैसलाले मधेशी जनताको भावनााथि खेलवाड गरेको बताए । देशभित्र बोलिने कुनैपनि भाषामा सपथ लिन पाउनुपर्नेमा उनको जोड थियो । गच्छेदारले भने,'हिन्दी मात्र होइन देशभित्र बोलिने जुनसुकै भाषामा सपथ लिन पाउनर्ुपर्छ ।' सपथ विवाद राजनीतिक ढंगले या संविधान संशोधन गरी समाधान गर्न सकिने बताए ।
आफ्नो दलबाट एक हप्ताभित्र मन्त्री र राज्यमन्त्रीको नाम पठाइसक्ने बताए । नाम पठाउनेबारे केन्द्रीय समिति र संसदीय दलमा छलफल अगाडि बढाउन लागिएको उनको खुलासा थियो ।
सरकारले ल्याएको विशेष सुरक्षा कार्ययोजनाले शान्तिसुरक्षा सुदृढ गर्न अहं भूमिका खेल्ने दाबी गरे । तर्राईमा सक्रिय सशस्त्र समूहको राजनीतिक या गैरराजनीतिक पहिचानका आधारमा व्यवहार गरिने स्पष्ट पारे । उनले भने,'वार्ताबाटै समस्या समाधान गर्न सरकार तयार छ, तर राजनीतिक समूहसंग मात्र वार्ता हुनसक्छ ।' आपराधिक समूहमाथि कानुन बमोजिम कारबाही गरिने बताए ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।