Skip to main content

Posts

टेम्पो चालकद्वारा सडक अवरुद्ध

वीरगंज, १८ साउन । निर्दोष टेम्पो चालकलाई प्रहरीले पक्राउ गरेको भन्दै टेम्पो चालकहरु विरोधमा उत्रिएका छन्। गए राति ८।४५ भक्तपुर गोलागांठी बस्ने इन्दू शाक्य चढेको ना १ ह ४०७ नम्बरको टेम्पो चालक अनवर मियां र उनका साथीले वीरगंजको गहवा नजिकै लुटपाट गरेको वडा प्रहरी कार्यालय बिर्तामा उजुरी परेको छ। उजुरीमा शाक्यको गलामा लगाएको सिक्री एवं नगद गरी करिब ४३ हजार बराबरको धनमाल लुटिएको उल्लेख छ। दुइजना प्रहरीले आज बिहान मोटरसाइकलमा गइ अनवर मियांलाई उनको निवास लक्ष्मणवाबाट पक्राउ गरेपछि निर्दोषलाई पक्राउ गरेको विरोधमा टेम्पो चालकले बिर्ता प्रहरी चौकी नजिकै टेम्पो सडकमा तर्ेसाएर सडक अवरुद्ध गरेका छन्।

हतियारधारी समूहको गोलीबाट दुइजना घाइते

मकवानपुर, १८ साउन । अज्ञात लुटेरा समूहको गोली प्रहारबाट दुइजना र्सवसाधारण घाइते भएका छन् । आज बिहान हेटौंडा-१ भैरव डांडा नजिकै लुटपाट गर्न आएको हतियारधारी समूहले शंकर सिलवाल र राजु पुडासैनीलाई गोली प्रहार गरेका हुन्। दुवैको अवस्था गम्भीर छ भने घाइतेहरुको थप उपचारको लागि भरतपुर अस्पताल पठाइएको प्राप्त जानकारीमा उल्लेख छ । यसैगरी आफनै छोरीको हत्या गरेको अभियोगमा बारा, निजगढ ६ निवासी महेशकुमार भण्डारीलाइ पूर्पक्षका लागि जेल चलान गर्न बारा जिल्ला अदालतका न्यायाधीश पवनकुमार शर्माको इजलासले आदेश दिएको छ। गत असार १९ गते सात वर्षीया छोरी पूर्ण्ँिमा कुमारीलाइ पिता भण्डारीले धारिलो हतियारले घांटीमा प्रहार गरी हत्या गरेका थिए।

निकुञ्जभित्र होटल राख्न नदिन माग

काठमाडौं, साउन १८। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले निकुञ्जभित्र होटल राख्न अनुमति नदिन माग गरेका छन्। विश्व सम्पदा सूचीमा सुचीकृत उक्त क्षेत्रको संरक्षणका लागि निकुञ्जभित्र होटल राख्न दिन नहुने बताएका हुन्। समितिले मध्यवर्ती क्षेत्रमा होटल राखिए निकुञ्ज संरक्षणका साथै पर्यटन पर््रवर्द्धन हुनसक्ने बताए। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर परियारले निकुञ्ज भित्र होटल राख्न दिएर मध्यवर्ती क्षेत्रमा रोक लगाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। अपारदर्शी ढंगले होटल चलाउन अनुमति दिन लागेको भन्दै कडा कदम चाल्ने चेतावनी दिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक मेघबहादुर पाण्डेले निकुञ्ज संरक्षणमा जोड दिए। निकुञ्ज संरक्षण नभए होटल व्यवसायको औचित्य नरहने भएर संरक्षणलाई प्राथमिकतामा राखेर अनुमति दिने नदिने टुंगो लगाउनुपर्ने बताए। लोपर उपभोक्ता समिति चितवनका अध्यक्ष केदार खरेलले अनियमितता गरेर जथाभावी अनुमति दिए कडा कदमको चेतावनी दिउ। हरियाली समाज नेपाल चितवनका अध्यक्ष वासुदेव ढुंगानाले वातावरण संरक्षण विपरितका कामहर...

कोइरालको नेतृत्वमा एक हप्ताभित्र संयन्त्र बन्छ-कांग्रेस

शान्ति प्रक्रियामा नयां सहभागिता अनिवार्य-राप्रपा अध्यक्ष राणा काठमाडौं, साउन १८। नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले एक हप्ताभित्र उच्चस्तरीय राजनीतिक संयन्त्र बन्ने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपमला बोल्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बन्ने संयन्त्रमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललगायत सबै दलका शिर्षनेताहरु सहभागी हुने बताए। 'एक हप्ताभित्र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संयन्त्र बन्छ,' श्रेष्ठले भने,'शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन संयन्त्र सफल हुनेछ।' संयन्त्र विशुद्ध रुपमा संविधान निर्माण र शान्ति प्रक्रियामा केन्द्रित हुने स्पष्ट पारे। लडाकु व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई थियो। समयमै शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउन सहमति बनाउन संयन्त्र निर्माण गर्न लागिएको बताए। संयन्त्रकै नेतृत्वमा देशले राजनीतिक निकास पाउने बताए। माओवादी समितिमा आउंछ भन्ने प्रश्नमा उनले भने,'संयन्त्रमा माओवादी आउँछ।' रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापत...

ऋषि धमला सम्मानित

काठमाडौं, साउन १८। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला सम्मानित भएका छन्। उनलाई इन्डो नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रमा सम्मान गरिएको हो। नेपाल र भारतबीच सांस्कृतिक आदानप्रदानमा संचारक्षेत्रबाट महत्वपर्ूण्ा भूमिका निभाएकोमा कार्यक्रम आयोजकका तर्फाट धमला सम्मानित भएका थिए। साथै धमलाले प्रोफेसर माधव ढकाल, अबर्दिन इन्टरनेशनल कलेजका प्रिन्सिपल नरेन्द्रप्रसाद मानन्धर, पाठशाला नेपालका प्रबन्ध निर्देशक टंक आचार्य, काठमाडौं होटल म्यानेजमेन्टका प्रमुख नविनकुमार जोशी, ब्लू बर्ड कलेजका प्रिन्सिपल दिपक खनाल सोलिड नेपाल कलेजका कार्यकारी निर्देशक डा.खेम कार्की, ग्यानकुञ्ज कलेजका कार्यक्रम निर्देशक शत्रुघन गुप्ता र सैपाल एकेडेमीका प्रबन्ध निर्देशक लोकराज गिरीलाई सम्मान गरेका थिए।

साझा रोडम्यापको आवश्यकता- खनाल

हेटौंडा, १८ साउन । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नयां सहमति आवश्यकता रहेको बताएका छन्। आज नेकपा एमाले नारायण्ँि अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण्ँको लागि हेटौडा आइपुगेका अध्यक्ष खनालले पत्रकार सम्मेलनमा बोल्दै शान्ति प्रक्रियालाई पूर्ण्ँता दिन आग्रह गरे। उनले संविधान निर्माण्ँ राज्यको पुनसंरचना, आर्थिक रूपान्तरण्ँ लगायत सरकारको पांच कामको जिम्मेवारी भएको बताए। नयां संविधान निर्माण्ँ पछि सबै समस्या समाधान हुने धारण्ँा व्यक्त खनालले १० महिनाभित्र संविधान निर्माण गर्न साझा रोडम्याप तयार गर्नुपर्नेमा जोड दिए।

नेशनल मेडिकल कलेजमा ओपीडी सेवा बन्द

वीरगंज, १८ साउन । नेशनल मेडिकल कलेज तथा शिक्ष्ँण संस्थामा आबद्ध अखिल नेपाल स्वास्थ्यकर्मी श्रमिक संघले विभिन्न सूत्रीय मांग हालसम्म व्यवस्थापन पक्ष्ँले पूरा नगरेको विरोधमा अस्पतालको ओपीडी सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन्। अस्पताल व्यवस्थापन पक्ष्ँले दुइ श्रमिकलाइ निष्काशन गर्नुको साथै आफूहरुको मांग पूरा नगरेको विरोधमा आजदेखि संजय यादवको नेतृत्वमा आन्दोलनमा उत्रिएको बताइएको छ।