Skip to main content

कोइरालको नेतृत्वमा एक हप्ताभित्र संयन्त्र बन्छ-कांग्रेस

शान्ति प्रक्रियामा नयां सहभागिता अनिवार्य-राप्रपा अध्यक्ष राणा
काठमाडौं, साउन १८। नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले एक हप्ताभित्र उच्चस्तरीय राजनीतिक संयन्त्र बन्ने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपमला बोल्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बन्ने संयन्त्रमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललगायत सबै दलका शिर्षनेताहरु सहभागी हुने बताए।
'एक हप्ताभित्र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संयन्त्र बन्छ,' श्रेष्ठले भने,'शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन संयन्त्र सफल हुनेछ।' संयन्त्र विशुद्ध रुपमा संविधान निर्माण र शान्ति प्रक्रियामा केन्द्रित हुने स्पष्ट पारे। लडाकु व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई थियो। समयमै शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउन सहमति बनाउन संयन्त्र निर्माण गर्न लागिएको बताए। संयन्त्रकै नेतृत्वमा देशले राजनीतिक निकास पाउने बताए। माओवादी समितिमा आउंछ भन्ने प्रश्नमा उनले भने,'संयन्त्रमा माओवादी आउँछ।'
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी अध्यक्ष पशुपति शमशेर राणाले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणले शान्ति प्रक्रियाका नयां सहभागिताको शुरुवात गर्ने भएकाले आशा गर्ने ठाउँ रहेको बताए। विगतमा भन्दा भिन्न ढंगले सहमतिको नयां शिरा प्रारम्भ हुने बताए। 'शान्ति प्रक्रियामा नयां सहभागिता खोजिएको छ,' राणाले भने,'विगतमा जस्तो सात दल र माओवादी मात्र भनेर जाने अवस्था छैन।' शक्तिहरु बदललिएकाले शान्ति प्रक्रियामा नयां भूमिका र सहभागिता अनिवार्य भएको बताए। कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले संयन्त्रको नेतृत्व गर्ने भएबाट आशा गर्ने ठाउँहरु रहेको बताए। कोइरालाको नेतृत्वमा बन्ने संयन्त्रले शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउनसक्नेमा विश्वास रहेको बताए। यद्यपि संयन्त्र निर्माणका लागि आफूहरुसंग छलफल नभएको भन्दै आपत्ती जनाए। पुराना सहमतिहरु कार्यान्वयन नभएको बरु उल्टै सहमति उल्लंघन भइरहेको भन्दै गम्भीर हुनुपर्ने बताए। शान्तिसुरक्षा सुदृढ गर्न सरकारले ल्याएको सुरक्षा कार्यनीतिबाट आशा पलाएको बताए। यद्यपि कार्यान्वयन मुख्य भएकाले हर्ेन बाँकी रहेको बताए। अपराधिलाई राजनीतिक संरक्षण दिने परम्परा तत्काल अन्त गर्नुपर्ने बताए।
नेकपा मालेका महासचिव सीपी मैनालीले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणमा आफूहरुलाई बेवास्ता गरेको भन्दै आपत्ती जनाए। ठूला दलको नाममा तीन दलले अन्य दललाई वाइपास गरेको टिप्पणी गर्दै भने,'सानो ठूलो भनेर बेवास्ता गर्ने कामले कसैको हित गर्दैन।' संयन्त्र निर्माण प्रक्रिया बढाउनु अघि र्सवदलीय बैठक डाक्नुपर्नेमा नडाकिएकोमा असन्तुष्टि पोखे। यद्यपि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले संयन्त्रको नेतृत्व गरेमा आफूहरुका लागि स्वागतयोग्य हुने बताए। एक अर्को प्रसंगमा उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सपथ लिएकोमा सर्वोच्चले गरेको फैसला अनुरुप प्रक्रिया अगाडि बढ्नुपर्ने बताए। कानुनका पालक र संरक्षकलेनै उल्लंघन गरेर पालना नगरेबाट गलत सन्देश जाने बताए।
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका महासचिव जीतेन्द्र देवले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणमा आफूहरुको भूमिकाको बेवास्ता भएको भन्दै असन्तुष्टि पोखे। ठूला दलले आफै निर्ण्र्ाागरेर आफूहरुलाई साक्षीका रुपमा हस्ताक्षर गराउन खोजेको बताए। उनले भने,'ठूला दलले एकलौटी निर्ण्र्ाागरेर हामीलाई साक्षी बनाउन खोजेका छन्।' संयन्त्र निर्माण स्वागतयोग्य भएको बताउदै शान्ति प्रक्रियामा रहेका चुनौती र भविष्यका जटिलतालाई ख्याल गरेर निर्ण्र्ााा पुग्नुपर्ने बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक संयन्त्र निर्माणमा शर्त राख्न नपाइने बताए। माओवादीले शर्त राखेर आफ्नो कुरा लाद्न खोजेको आरोप लगाउदै भने,'पहिलै शर्त राख्नेभए राजनीतिक संयन्त्रको कुनै अर्थ रहदैन।' देशमा उत्पन्न राजनीतिक मतभेद अन्त गरी शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउन संयन्त्रको कार्यनीति बन्नुपर्ने जोड दिए। संविधान बन्न नदिने खेल भइरहेको भन्दै सचेत हुन आग्रह गरे।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमति, सहकार्य र एकताबाटै शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुग्ने बताए। दलहरुलाई आ आफ्नो स्वार्थ त्यागेर अघि बढ्न आग्रह गरे।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...