Skip to main content

Posts

भुटानी शरणार्थी समस्याबारे गृहमन्त्रीलाइ ज्ञापन

वीरगंज, १९ साउन । नेशनल फरन्ट फोर डेमोक्रेसीले गृहमन्त्रीलाइ एक ज्ञापनपत्र बुझाउंदै भूटानी शरणार्थी समस्या समाधानको आग्रह गरेका छन्। डेमोक्रेसी भूटानका सभापति बलराम पौडेलले नेपालका गृहमन्त्री भीम रावललाई उहांकै कार्यकक्षमा एक ज्ञापनपत्र चढाउनु भएको थियो। गृहमन्त्रीसंगको भेटमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य मोदनाथ प्रश्रति र नागरिक मञ्च नेपालका अध्यक्ष गोपाल प्रसाद ढुंगेललगायतको उपस्थिति थियो । प्रश्रतिले नेपालको तर्फाट शरणार्थी समस्या समाधानमा गम्भीर भएर लाग्नु पर्ने भनी केही दिन अघिनै प्रधानमन्त्रीसमक्ष लिखित प्रस्ताव पेश गरेको बताउनु भयो । गृहमन्त्रीद्वारा शिविरभित्र हालैमा उत्पन्न गम्भीर परिस्थित्रि्रति ध्यानाकर्षा भएको हुंदा सुरक्षा निकायसंग छलफल गर्ने, साथै शरणार्थी समस्या समाधानमा नेपाल सरकारका तर्फाट उचित कदम चालिने बनाउनु भयो।

बजेट पारित नहुदै सरकार ढल्छ-माओवादी सचिव गजुरेल

काठमाडौं, साउन १९ । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले बजेट पारित नहुदै सरकार ढल्ने ठोकुवा गरेको छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै बजेट पारित नहुने भएकाले सरकार ढल्ने निश्चित भएको दाबी गरे । 'बजेट कुनै हालतमा पारित हुदैन,' गजुरेलले भने,'बजेट पारित नभएपछि सरकार निश्चित रुपमा ढल्छ ।' नेकपा एमालेका सभासदहरुलेनै बजेटको विपक्षमा मतदान गर्ने दाबी गरे । पछिल्लो समयमा बजेटप्रति एमाले सभासदको असन्तुष्टिले पनि बजेट पारित नहुने संकेत मिलिसकेको बताए । नेपाली कांग्रेसलगायत अन्य दलका सभासदहरु पनि विपक्षमा मतदानका लागि तयार भइसकेको बताए । सरकारलाई बजेट पारित गरेर देखाउन चुनौती दिदै कुनैपनि कोणबाट सरकार टिक्ने अवस्था नरहेको बताए । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा गजुरेलले नागरिक सर्वोच्चताका लागि सडक र सदनबाट संर्घष्ा गर्न लागेको बताए । सरकार ढाल्न आन्दोलन गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भने,'सरकार आफै ढल्छ ।' तत्काल जनगणतन्त्रका लागि आन्दोलन लक्षित नभएपनि संविधानसभाले जनगणतन्त्रसहितको संविधान बनाउने...

थरुहट र तामाङसालिङद्वारा देश ठप्प पार्ने चेतावनी

काठमाडौं, १९ साउन । थरुहट स्वायत्त राज्य परिषद र तामाङसालिङ स्वायत्त राज्य परिषदले देश ठप्प पार्नेगरी आन्दोलन चर्काउने चेतावनी दिएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गरी थरुहट र तामाङसालिङले २५ साउनबाट आन्दोलन चर्काउने जनाएको हो । थरुहट स्वायत्त राज्य परिषदका अध्यक्ष लक्ष्मण थारुले शान्तिपर्ूण्ा आन्दोलनमाथि दमन भएको भन्दै सशक्त आन्दोलनको चेतावनी दिए । उनले भने,'वार्ताबाट अधिकार प्राप्तिको माध्यम अपनाउदा पनि सरकारले बल प्रयोगको नीति बनाएबाट हामी आन्दोलनमा जान वाध्य भएका हौं ।' पछिल्लो समयमा विभिन्न संचार माध्यममा आफूहरुलाई गृहमन्त्रालयले गलत तरिकाले व्याख्या गरी सूचीकृत गरेको भन्दै आपत्ती जनाए । सरकारले शान्तिसुरक्षाका नाममा संघवादी दल, नेता कार्यकर्ताको हत्या गर्ने, जथाभावी थुन्ने गरेको भन्दै आपत्ती जनाए । तामाङसालिङ स्वायत्त राज्य परिषदका उपाध्यक्ष सिङमान तामाङले आफ्ना कार्यकर्तामाथि जथाभावी धरपकड भइरहेको भन्दै विरोध जनाए । साउन २२ गतेभित्र सम्पर्ूण्ा कार्यकर्ता रिहा नगरे तामसालिङ क्षेत्र ठप्प पार्ने चेतावनी दिए ।

ठाराब क्याम्पसमा धर्ना जारी

वीरगंज, १९ साउन । विभिन्न बुंदे मांग राखी एकिकृत नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीले आज दोश्रो दिन पनि धर्ना जारी राखेका छन्। आज दोश्रो दिन पनि ठाकुर राम बहुमुखी क्याम्पसमा १२ घण्टे रिले अनसन जारी राख्नेहरुमा पर्सा संयोजक अमिताभबच्चन दास, मनिष दनवार, मनोज रजक लगायत बसेका छन्। उच्च माध्यमिक तहसम्म निशुल्क शिक्ष्ँाको व्यवस्था नभएसम्म त्रिभुवन विश्व विद्यालयको प्रवीणता प्रमाणपत्र तह खारेज नगर्न दबाब दिंदै साउन २५ गतेसम्म रिले अनसन जारी राख्ने आयोजकले जनाएको छ।

युवा स्वरोजगारका लागि तारे होटलमा बैठक

वीरगंज, १९ साउन । बारा, पर्सा र रौतहटका १२ हजार ५ सय युवाहरुलाइ स्वरोजगार बनाउने उद्देश्यसहित शान्तिका लागि रोजगार कार्यक्रम सुरु भएको छ। आज वीरगंजको होटल मकालुमा इन्टरनेशनल अर्गनाइजेशन र फूड एग्रीकल्चर अर्गनाइजेशनको संयुक्त आयोजनामा दुइ दिने कार्यशाला गोष्ठीमा विभिन्न सघसंस्था, पार्टी प्रतिनिधि लगायतको उपस्थिति थियो। कार्यक्रममा शान्तिका लागि रोजगार, स्थानीय आर्थिक विकासको लागि लोका विधिलगायतको विषयमा छलफल हुने आयोजकले जनाएको छ।

नेकपा संयुक्तका कार्यकर्ता भेला

वीरगंज, १९ साउन । नेपाल कम्युनिष्ट पार्टर्ीीसंयुक्त) को दुइ दिने कार्यकर्ता भेला आजदेखि वीरगंजको गहवामाइ अतिथि सदनमा सुरु भएको छ। कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष चन्द्रदेव जोशीले भेलाको उद्घाटन गर्नुहुंदै कार्यकर्तालाइ उचित निर्देशन दिएका थिए। भेलामा पर्सा, बारा, रौतहटका महिला तथा पुरूष कार्यकर्ताको उपस्थिति रहेको थियो।

तरूणको समाचारप्रति परराष्ट्रको खेद

काठमाडौं, साउन १९ । परराष्ट्रमन्त्रालयले तरूण साप्ताहिक पत्रिकामा परराष्ट्रको झण्डामुनी मान्छेको व्यापार शिर्षमा प्रकाशित समाचारप्रति खेद व्यक्त गरेको छ । आज परराष्ट्रका सहायक प्रवक्ता रूद्रकुमार नेपालद्वारा जारी विज्ञप्तिमा संस्कृति मन्त्रालय र नेपाल सांस्कृति संघको सिफारिसमा नेपालीलाई विदेश जान प्रवेशाज्ञाको व्यवस्था गरी पठाएको सम्बन्धमा परराष्ट्रमन्त्री सुजाता कोइराला र संविधानसभाका सदस्यहरूको नाम मुछिएको भन्दै खेद व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ,'परराष्ट्रमन्त्रालयले यस प्रकारको प्रवेशाज्ञा जारी गर्ने सिफारिस गरेको छैन र यस्तो सिफारिस गर्ने नीति पनि छैन ।' मन्त्रालयले असत्य समाचारप्रति खेद व्यक्त गर्दै भविष्यमा प्रकाशित नगर्न आग्रह समेत गरेको छ ।