Skip to main content

बजेट पारित नहुदै सरकार ढल्छ-माओवादी सचिव गजुरेल

काठमाडौं, साउन १९ । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले बजेट पारित नहुदै सरकार ढल्ने ठोकुवा गरेको छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै बजेट पारित नहुने भएकाले सरकार ढल्ने निश्चित भएको दाबी गरे ।
'बजेट कुनै हालतमा पारित हुदैन,' गजुरेलले भने,'बजेट पारित नभएपछि सरकार निश्चित रुपमा ढल्छ ।' नेकपा एमालेका सभासदहरुलेनै बजेटको विपक्षमा मतदान गर्ने दाबी गरे । पछिल्लो समयमा बजेटप्रति एमाले सभासदको असन्तुष्टिले पनि बजेट पारित नहुने संकेत मिलिसकेको बताए । नेपाली कांग्रेसलगायत अन्य दलका सभासदहरु पनि विपक्षमा मतदानका लागि तयार भइसकेको बताए । सरकारलाई बजेट पारित गरेर देखाउन चुनौती दिदै कुनैपनि कोणबाट सरकार टिक्ने अवस्था नरहेको बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा गजुरेलले नागरिक सर्वोच्चताका लागि सडक र सदनबाट संर्घष्ा गर्न लागेको बताए । सरकार ढाल्न आन्दोलन गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भने,'सरकार आफै ढल्छ ।' तत्काल जनगणतन्त्रका लागि आन्दोलन लक्षित नभएपनि संविधानसभाले जनगणतन्त्रसहितको संविधान बनाउने दाबी गरे । सरकार ढलेपछि बन्ने नयां सरकारले वर्तमान सरकारका निर्ण्र्ाारु रद्द गर्ने बताए । प्रधानमन्त्री माधवकुमार नेपालको विपक्षमा स्वयं एमालेका नेताहरु रहेको बताए । सरकारलाई बारम्बार कठपुतली भनेका गजुरेलले आफूहरुको नेतृत्वमा नयां सरकार बन्न विदेशी सहयोग आवश्यक नपर्ने बताए । मुलुक भित्रकै दलहरुको सहयोगबाट सरकार गठन गर्न सक्ने बताए ।
नयां सरकारको नेतृत्व माओवादीले गर्ने तर अध्यक्ष प्रचण्ड सरकार बाहिर बन्ने बताए । प्रचण्ड पार्टर्ीीे महाधिवेशनमा लाग्नुपर्ने भएकाले उहाँबाहेकलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिने बताए । उनले भने,'प्रचण्डबाहेकका माओवादी नेता प्रधानमन्त्री बन्नुहुन्छ ।'
सदनमा संकल्प प्रस्ताव बारे छलफल गर्नुपर्ने जोड दिदादिदै पनि बेवास्ता भएको बताए । देशमा सैनिक सर्वोच्चता बलियो बनाउन जर्नेल दरबन्दी बढाइएको भन्दै त्यस्तो कदम मान्य नहुने बताए ।
ऊर्जामन्त्री डा.प्रकाशशरण महतले सरकार कुनै हालतमा नढल्ने दाबी गरे । सरकार ढाल्ने माओवादी चाहनामा मात्र सिमित हुने बताउदै भने,'सरकार ढाल्ने सपना नदेखे हुन्छ ।' वर्तमान सरकार २२ दलको र्समर्थनबाट बढेको भन्दै शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउने बताए । बजेट पारित हुने र कार्यान्वयन पनि हुने दाबी गरे । सरकारमा सहभागी भएर या रचनात्मक भूमिका निभाएर माओवादीले संविधान निर्माण र शान्ति प्रक्रियामा सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।
माओवादीले आन्दोलन गर्नुको कुनै अर्थ नरहेको बताए । आन्दोलनभन्दा शान्ति स्थापनामा लाग्नमा उनको जोड थियो । राष्ट्रपति डा.रामवरण यादवको कदम उचित भन्दै त्यसबारेको बहस पुरानो भइसकेको बताए । सदन अवरुद्ध गर्नुलाई लोकतान्त्रिक काम भन्न नसकिने बताए । उनले भने,'माओवादी जर्बजस्ती व्यवहार देखाउदैछ ।'
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमति, सहकार्य र एकताको विकल्प नभएको बताए । दलहरु सहमतिबाट शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउन लाग्नुपर्ने बताए ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।