Skip to main content

Posts

मूल्यसूची नराख्ने पसलेको लाइसेन्स जफत गर्ने

वीरगंज, २२ साउन । भूमिसुधार तथा व्यवस्था मन्त्री डम्बर श्रेष्ठले मूल्यसूची नराख्ने पसलको लाइसेन्स जफत गर्ने चेतावनी दिएका छन्। आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा नेकपा माले पर्सा र बाराले आयोजना गरेको सम्मान कार्यक्रमको उदघाटन गर्दै उनले मूल्यसूची नराख्ने पसलमा छापामारी गर्ने चेतावनी दिए। उनले सुरक्षा रणनीति पारित भइसकेको भन्दै माओवादीको कमजोरीका कारण सरकार छाडेको बताए। कार्यक्रममा विभिन्न संघसंस्थालाइ पंखा वितरण गरिएको थियो।

यमन ड्रग्स हाउसद्वारा डेट एक्स्पायर औषधि बिक्री

वीरगंज, २२ साउन। वीरगंज उपमहानगरपालिका वडा नं. १८ भेडियाहीस्थित नेशनल मेडिकल कलेज शिक्ष्ँण अस्पतालको हाताभित्र रहेको यमन ड्रग्स हाउसले प्रयोग मिति सकिएको -डेट एक्स्पायर) Amikatail-500 (Amikacin sulphate injection I.P.) औषधि बिक्री गरी सोही अस्पतालमा भर्ना भएका रोगी ३२ वषर्ीय शेख जाकिर हुसैनको ज्यानसंग खेलवाड गरेको बुझिन आएको छ। बारा, इनर्वासिरा प्रहरी चौकीका प्रहरी जवान शेख सहबजानको सालो रहेका शेख जाकिरलाई उक्त अस्पतालमा पेटमा घाउ भइ करिब २० दिनदेखि भर्ना गरी उपचारको लागि राखेकोमा आज अस्पतालको बेड नं. ४४२ र्सर्जिकल वार्डमा भर्ना भएका जाकिरलाई नर्सले उक्त ड्रग हाउसबाट खरिद गरी ल्याएको सो इन्जेक्सन लगाउंदा तत्काल प्रतिकूल असर भइ बेहोस भएपछि नर्सले फालेको इन्जेक्सन हर्ेदा डेट एक्स्पायर भएको थाहा पाएको रोगीका भिनाजु शेख सहबजानले बताएका छन्। बिहानको करिब ११ बजे इन्जेक्सन लगाइएको शेख जाकिरको अवस्था हाल सामान्य रहे पनि प्रयोग मिति सकिएको औषधि बिक्री गर्ने यमन ड्रग्स हाउस एवं रोगीलाई इन्जेक्सन लगाउने नर्सलाई अस्पताल प्रशासनले कारबाही गर्ने मौखिक आश्वासन दिए पनि पीडितहरू सो आश्वासनबाट विश्वस्...

जडीबुटी प्रशोधन कम्पनीमा धर्ना

वीरगंज, २२ साउन । आफूहरुको मांग सुनवाइ नभएको विरोधमा मजदूरहरुले जडीबुटी उत्पादन प्रशोधन कम्पनीमा धर्ना दिएका छन्। आज बिहानैदेखि बारा, सपही-३ मा रहेको सो कम्प्नीमा मजदूर अध्यक्ष नागेन्द्र अधिकारीको नेतृत्वमा मजदूरहरुले धर्ना दिएका हुन्। कम्पनी व्यवस्थापन पक्षले विगतको मांग पूरा गर्ने आश्वासन दिएपनि हालसम्म कार्यान्वयन नगरेको विरोधमा मजदूरले धर्ना दिएका हुन्।

यातायात व्यवसायी र मजदूरद्वारा चक्काजाम

वीरगंज, २२ साउन । यातायात व्यवसायी संघका प्रतिनिधिमाथि हातपात गरेको विरोधमा यातायात व्यवसायी र मजदूरले आज पर्सा, चितवन, मकवानपुरमा एक घण्टा चक्काजाम गरेका थिए। आज बिहान १०ः३० बजेदेखि वीरगंजको बसपार्क, घण्टाघरमा यातायात व्यवसायी मजदूरले एक घण्टा चक्काजाम गरेका हुन्। त्यसैगरी बाराको पथलैया, मकवानुपरको विभिन्न स्थान र चितवनमा यातायात व्यवसायीले चक्काजाम गरेकाथिए। गत साउन १९ गते ना.३.ख. ९८६४ नं को नारायणी यातायात व्यवसायी संघको गाडीको ठक्करबाट प्रहरी सहायक निरीक्षक लालबहादुर खड्का घाइते भएपछि उनको उपचारको क्रममा मृत्यु भएकोमा यातायात संघका प्रतिनिधिलाइ काठमाडौंमा वार्ताको क्रममा कुटपिट गरेको विरोधमा यातायात व्यवसायी, मजदूरले चक्काजाम गरेका हुन्।

विगत सरकारको त्रुटीले महामारी फैलियो- स्वास्थ्यमन्त्री चौधरी

पोखरा, साउन २२। स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले विगत सरकारको त्रुटीका कारण झाडापखाला महामारीका रुपमा फैलिएको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मध्यपश्चिममा झाडापखाला देखिएलगत्तै आवश्यक कदम नचाल्दा फैलन पाएको बताएका हुन्। 'झाडापखाला शुरु हुदा यो सरकार बनेकै थिएन,' सरकार झाडापखाला रोक्न गम्भीर नभएको प्रश्नमा भने,'रोग शुरु भएको थाहा हुँदा बेवास्ता हुँदा महामारी बन्यो।' वर्तमान सरकार रोग प्रभावित क्षेत्रमा रोग नियन्त्रणमा लिन सक्रिय रहेको बताए। मृतकका परिवार र रोग लागेकाहरुलाई उचित राहत दिन लागिएको जानकारी गराए। रोग नियन्त्रणका लागि सबै संयन्त्र प्रभावकारी रुपमा प्रयोग भइरहेको बताए।

माओवादी आन्दोलन बेमौसमको बाजा -कांग्रेस नेता पौडेल

पोखरा, साउन २२। नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एकीकृत नेकपा माओवादीले भोलिबाट गर्ने भनेको आन्दोलन बेमौसमको बाजा भएको टिप्पणी गरे। रिपोर्र्टर्स क्लब कास्की शाखाले पोखरामा गरेको साक्षात्कारमा बोल्दै सहमति खोज्नुपर्ने बेलामा आन्दोलनको कुरा गरेर लोकतन्त्रमाथि चुनौती दिन खोजेको ताए। माओवादीले लोकतान्त्रिक मूल्य मान्यतालाई त्याग्न खोजेको आरोप लगाए। माओवादी अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको सुप्रिम कमाण्डर बन्न खोजेर लोकतान्त्रिक मूल्य मान्यता त्याग्न खोजेको टिप्पणी गरेका हुन्। 'प्रचण्डजी जनसेनाको सुप्रिम कमाण्डर बन्दैहुनुहुन्छ,' कांग्रेस उपसभापति समेत रहेका पौडेलले भने,'सुप्रिम कमाण्डर बने लोकतान्त्रिक मूल्य मान्यता छाडेको ठहरिनेछ।' माओवादी गतिविधि अझै अलोकतान्त्रिक रहेको भन्दै तत्काल हिंसा छाड्न आग्रह गरे।

माओवादीले फुट्नबाट जोगिएर देखाओस्-एमाले नेता नेपाल

काठमाडौं, साउन २२। नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रदीप नेपालले एकीकृत नेकपा माओवादीलाई पार्टी फुट्नबाट जोगिएर देखाउन चुनौती दिएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै चरम आन्तरिक विवाद झेलिरहेको माओवादीले अरु दल फुट्ने विश्लेषण गरिरहेको बताए। 'एमाले र कांग्रेस फुट्छ भन्ने माओवादी विश्लेषण छ,' नेपालले भने,'अरु पार्टी फुट्छ भन्नेभन्दा माओवादीले आफैलाई फुटबाट जोगाओस्।' माओवादी आफ्नै कारणले फुट्ने उनको भनाई थियो।