Skip to main content

Posts

संयुक्त राष्ट्रसङ्‍घीय विज्ञद्वारा नेपालका आदिवासी जनजातिसम्बन्धी प्रतिवेदन सार्वजनिक

साउन २६, जेनेभा/काठमाडौँ . "व्यापक रूपमा आदिवासी जनजाति भनिने आदिवासीहरूको अधिकारलाई अघि बढाउने सरकारको व्यक्त प्रतिबद्धताबाट म विशेष प्रतिवेदक उत्साहित भएको छु, तर तिनको अधिकारलाई अघि बढाउने सरकारको सहमतिलाई यथार्थमा रूपान्तरण गर्न धेरै कुरा गर्न बाँकी छ", जेम्स अनायाले भन्नुभयो। मानवअधिकार तथा मौलिक स्वतन्त्रताको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्‍घका विशेष प्रतिवेदक श्री अनायाले २०६५ मङ्‌सिर ९ देखि १७ गतेसम्म नेपाल भ्रमण गर्नुभएको थियो। आफ्नो प्रतिवेदनमा उहाँले चालु संविधान निर्माण प्रक्रिया तथा राजनीतिक सङ्क्रमणकाल आदिवासी जनजातिसँग सम्बन्धित भएकाले त्यसको विश्लेषण गर्दै उनीहरूको मानवअधिकारको स्थितिको समीक्षा गर्नुभएको छ। प्रतिवेदनले नेपालले अनुमोदन गरेको आईएलओको आदिवासी जनजाति महासन्धि, १९८९ (नं॰ १६९)मा प्रतिविम्बित आदिवासी जनजातिका अधिकारहरू सुरक्षित गर्न नेपालले व्यक्त गरेका पहलहरूको कार्यान्वयन तथा आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्‍घीय घोषणापत्रलाई यसले गरेको समर्थन एवं राष्ट्रिय स्तरमा गरिएका कैयौँ नीतिगत तथा कानुनी सुधारहरूको लेखाजोखा गरेको छ। नेपाल ...

विश्व स्तनपान दिवसको अवसरमा विभिन्न कार्यक्रम

वीरगंज, २६ साउन । विश्व स्तनपान दिवसको अवसरमा आज वीरगंजमा पनि विभिन्न जनचेतनामूलक रयाली प्रदर्शन गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा तथा विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा घण्टाघरबाट निस्किएको रयालीले बच्चाको लागि आमाको दूध पौष्टिक आहार लगायतको नारा लगाउंदै नाउक्ष्ँे अस्पतालमा सभामा परिण्त भएको थियो । कार्यक्रममा नर्सिङ क्याम्पस, वीरगंज हिमाल इन्स्िच्युट र डिभाइन इन्स्िच्युटका करिब एक सय महिलाहरुको सहभागिता रहेको थियो।

एक मधेश एक प्रदेशबाट मुलुक विखण्डन

वीरगंज, २६ साउन । नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले एक मधेश एक प्रदेश सम्भव नहुने बताएका छन्। आज शहीद स्मृति प्रतिष्ठान, फ्रेडरिक इवर्ट स्टीफटुङको सहयोगमा प्रजातान्त्रिक समाजवाद नेपाल सर्न्दर्भ कार्यक्रमको उदघाटन गर्दै उनले एक मधेश एक प्रदेशबाट देश विखण्डनमा जाने खतरातर्फ औल्याए। महामन्त्री निधिले माओवादीले आन्दोलन फिर्ता लिइ संविधान निर्माणमा सहयोग गर्न आग्रह गरेका छन्।

पर्सा, बारा र मकवानपुरमा दुर्घटना

वीरगंज, २६ साउन । विभिन्न स्थानमा दुर्घटना हुंदा केही व्यक्ति घाइते भएका छन्। गए राति साढे आठ बजे बारा, छाता पिपरा ४ नजिकै ना.११ प.३०२१ नं.को मोटरसाइकलले ट्याक्टरलाइ ठक्कर दिंदा र्सर्ूय नेपाल प्रा.लि.मा कार्यरत कर्मचारी कन्हैयालाल प्रसाद वछाड घाइते भएका छन्। उनको ना.उ.क्षे.अस्पताल बीरगंजमा उपचार भइरहेको छ। पर्साको गढुवा -७ नजिकै ना.५प १७४१ नं.को मोटरसाइकको ठक्करबाट सोही ठाउं बस्ने अरविन्द पटेलको छोरा अमित पटेल घाइते भएका छन्। उनको ना.उ.क्षे.अस्पताल वीरगंजमा उपचार भइरहेको छ । गए राति साढे आठ बजे मकवानपुरको स्कूलरोडमा बा.२४.प.२४३० नं.को मोटरसाइकलको ठक्करबाट बसन्त राइको छोरा बर्ष४ को बिवेक राइ गम्भीर घाइते भएका छन्। उनको हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने चालकलाई प्रहरीले पक्राउ गरेको छ।

चटयाङ लागेर एकजनाको मृत्यु

सिन्धुपाल्चोक, २६ साउन । चटयाङ लागेर एकजनाको मृत्यु हुनुको साथै दुइजना घाइते भएका छन्। गए राति चटयाङ लागेर अनरपुर-८ बस्ने प्रेम कुमार श्रेष्ठको मृत्यु हुनुको साथै सन्जु शाक्य र राजन शाक्य घाइते भएका छन्। दुवैको खाडीचौर अस्पतालमा उपचार भइरहेको छ।

करेन्ट लागेर मजदूरको मृत्यु

वीरगंज, २६ साउन । नुहाएर कपडा सुकाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। हिजो सांझ स्याङजा निबुवाखर्क बस्ने ३५ वर्षका कमल थापालाइ करेन्ट लागेपछि उपचारको लागि लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो। थापा बाराको रामपुर टोकनी मा रहेको डावर नेपालमा कार्यरत थिए।

घर भत्किदा चारजनाको मृत्यु

दोलखा, २६ साउन । अबिरल वर्षाको कारण घर भत्किदा चारजनाको पुरिएर मृत्यु भएको छ। गए राति ११ बजे स्यामा-१ लप्सा बस्ने निम तेन्जिङ शेर्पाको घर भत्किदा उनको पत्नी, बुहारी, नाती लगायत चारजनाको मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ। यसैगरी सर्लाहीको घुकौली-८ बस्ने ७२ वर्षीय वृद्ध प्रेम रिमाल गणेश मन्दिरमा पूजा गर्न जाने क्रममा बागमती सिंचाईको नहरमा डुवेर मृत्यु भएको छ।