Skip to main content

संयुक्त राष्ट्रसङ्‍घीय विज्ञद्वारा नेपालका आदिवासी जनजातिसम्बन्धी प्रतिवेदन सार्वजनिक

साउन २६, जेनेभा/काठमाडौँ .
"व्यापक रूपमा आदिवासी जनजाति भनिने आदिवासीहरूको अधिकारलाई अघि बढाउने सरकारको व्यक्त प्रतिबद्धताबाट म विशेष प्रतिवेदक उत्साहित भएको छु, तर तिनको अधिकारलाई अघि बढाउने सरकारको सहमतिलाई यथार्थमा रूपान्तरण गर्न धेरै कुरा गर्न बाँकी छ", जेम्स अनायाले भन्नुभयो।
मानवअधिकार तथा मौलिक स्वतन्त्रताको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्‍घका विशेष प्रतिवेदक श्री अनायाले २०६५ मङ्‌सिर ९ देखि १७ गतेसम्म नेपाल भ्रमण गर्नुभएको थियो। आफ्नो प्रतिवेदनमा उहाँले चालु संविधान निर्माण प्रक्रिया तथा राजनीतिक सङ्क्रमणकाल आदिवासी जनजातिसँग सम्बन्धित भएकाले त्यसको विश्लेषण गर्दै उनीहरूको मानवअधिकारको स्थितिको समीक्षा गर्नुभएको छ। प्रतिवेदनले नेपालले अनुमोदन गरेको आईएलओको आदिवासी जनजाति महासन्धि, १९८९ (नं॰ १६९)मा प्रतिविम्बित आदिवासी जनजातिका अधिकारहरू सुरक्षित गर्न नेपालले व्यक्त गरेका पहलहरूको कार्यान्वयन तथा आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्‍घीय घोषणापत्रलाई यसले गरेको समर्थन एवं राष्ट्रिय स्तरमा गरिएका कैयौँ नीतिगत तथा कानुनी सुधारहरूको लेखाजोखा गरेको छ।

नेपाल सरकारद्वारा गरिएका विकासहरूबारे उल्लेख गर्दै श्री अनायाले आदिवासी जनजातिविरुद्धको भेदभावको इतिहाससँग सम्बन्धित चालु मानवअधिकारसम्बन्धी कैयौँ सरोकारहरूमाथि प्रकाश पार्नुभएको छ। लोकतन्त्रप्रतिको नेपालको सङ्क्रमणको अवधिमा आएका चुनौतीहरूबारे सचेत हुँदै विशेष प्रतिवेदकले सरकारका प्रतिबद्धताअनुरूप आदिवासी जनजातिको अधिकारको पहिचान तथा संरक्षण अभिवृद्धि गर्न सहयोगी हुन सक्ने कैयौँ सिफारिसहरू गर्दै यी प्रयत्‍नहरूमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सो प्रतिवेदन (ए/एचआरसी/१२/३४/अतिरिक्त ३) मानवअधिकारसम्बन्धी उच्चायुक्तको कार्यालयको वेबसाइटमा उपलब्ध छ र सेप्टेम्बरमा हुने मानवअधिकार परिषद्को १२औँ बैठकमा प्रस्तुत गरिने छ।

---------------------------------------------------------------------------------------------------------

मानवअधिकार आयोगले सन् २००१ मा विषयगत विशेष कार्यादेशवाहकको व्यवस्थाको एउटा भागका रूपमा आदिवासी जनजातिको मानवअधिकार तथा मौलिक स्वतन्त्रताको स्थितिसम्बन्धी विशेष प्रतिवेदकको नियुक्ति गर्ने निर्णय गर्‍यो। विशेष प्रतिवेदकको कार्यादेश मानवअधिकार आयोगद्वारा सन् २००४ मा र आयोगलाई प्रतिस्थापन गरेको मानवअधिकार समितिद्वारा सन् २००७ मा नवीकरण गरियो।

वि॰सं॰ २०६५ चैत १३ गते मानवअधिकार परिषद्ले प्राध्यापक एस॰ जेम्स अनाया (संयुक्त राज्य अमेरिका)लाई प्रारम्भमा तीन वर्षका लागि नियुक्त गर्‍यो। प्राध्यापक अनाया एरिजोना विश्वविद्यालय (संयुक्त राज्य अमेरिका)का मानवअधिकार कानुन र नीति विषयका जेम्स जे॰ लेन्वार प्राध्यापक हुनुहुन्छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।