Skip to main content

Posts

यूवा दवाव अभियानद्धारा नेपाली काँग्रेसलाई ज्ञापनपत्र

काठमाडौं २ भदौ । संविधान निर्माणका लागि राष्ट्रव्यापी यूवा दवाव अभियानले समयमै संविधान निर्माणका लागि दवाव दिन आज मंगलवार सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । धर्ना पछि नेपाली काँग्रेस पार्टीलाई अभियानले ज्ञापनपत्र समेत वुझाएको छ। वृहत राजनीतिक सहमति कायम गर्दै समयमै संविधान वनाउन आग्रह गर्दै वुझाईएको ज्ञापनपत्र पार्टीका सहमहामन्त्री एवं प्रवक्ता अर्जुन नरिसंह केसीले वुझनुभएको थियो।
अभियानले वुझाएको ज्ञापनपत्र वुझदै नेपाली काँग्रेसका नेता केसीले आफ्नो दल समयमै संविधान वनाउन प्रतिवद्ध भएको वताउनुभयो। वाह्र वँुदे समझदारीदेखि पटक पटक गरिएका सहमति कार्यान्वयन नगर्नेहरुका कारण संविधान समयमै नलेखिने खतरा वढेको नेता केसीले वताउनुभयो। समयमै संविधान नलेखिनेतिर संकेत गर्दै उहाँले संविधान सभाको कार्यतालिका छैटौपटक शंशोधन हुन लागेको वताउनुभयो। संविधानमा जनगणतन्त्र लेखिनै पर्ने माग देखि जातीय कुरालाई वढाएर केहि दल संविधान लेख्ने कुरामा भाँजो हाल्ने काममा लागेको केसीले आरोप समेत लगाउनुभयो।
दवाव अभियानका तर्फवाट वुझाइएको ज्ञापनपत्र केन्द्रिय समितिको वैठ...

राष्ट्रियताविरुद्ध सबैभन्दा खतरा भारतीय विस्तारवाद

वीरगंज २ भदौ । अखिल नेपाल टे्रड युनियन महासंघको आयोजनामा नयां संविधान निर्माणका सन्दर्भमा राष्ट्रियता र संघीयताका प्रश्नहरु विषयक अन्तरकि्रया कार्यक्रम आज वीरगंजमा सम्पन्न भयो। युनियन महासंघका केन्द्रीय अध्यक्ष कमरेड मित्रलाल शर्माले अवधारणा पत्र प्रस्तुत गर्दै राष्ट्रियता विरुद्धको खतरा अत्यन्त गम्भीर अवस्थामा पुगेको बताए। उनले अमेरिकी साम्राज्यवादले विश्वव्यापी रुपमा नै आपुनो प्रभुत्व कायम गर्न खोजिएको बताउंदै राष्ट्रियताका विरुद्ध सबैभन्दा बढी खतरा भारतीय विस्तारवादबाट नै भएको बताए।

कर्णाली स्वायत्त प्रदेशको माग

काठमाडौं २ भदौ । कर्णाली क्षेत्रका विभिन्न व्यक्तिहरुले कर्णालीको मुद्धालाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रने बताएका छन्। राजधानीमा आज कर्णाली जनाधिकार माचले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन्। सरकार कर्णालीको मुद्दामा गम्भीर नबने आन्दोलानमा उत्रने चेतावनी समेत दिएका छन्। उहांहरुले सरकारले कर्णालीलाई वेवास्ता गरेकाले कर्णाली विकास निर्माण शिक्षा स्वास्थ्य साचार लगायका विषयमा पछि परेको कुरो समेत प्रष्टपारे । उनीहरुले कर्णाली स्वयक्त प्रदेश हुनुपर्ने र विकास निर्माणमा कर्णालीलाई विशेष महत्व दिनुपर्ने लगायतका विषय माग गरेका छन्।

फोहर फाल्नेलाइ दश हजार जरिवाना

भक्तपुर २ भदौ । सूर्य बिनायक बसस्टपको छैवै एक महिना अघिसम्म फोहर थुपारिने गरिएको थियो। केही साता यता भने सो स्थान सफा थियो। यहां आएका एक बाबाले फोहर फाल्ने ठाउं सफा गरी पिपलको बोट रोपे पछि स्थानीयबासीहरुले फोहर फाल्न छोडेका छन्। सो क्षेत्र सफा भएको स्थानीयबासी रमिला दुवाले जानकारी गराए।
बाबाजीले रुख रोप्न अगाडि त्यहां स्थानीय एनजीओले यहां फोहर फालेमा दश हजार रुपियां जरिवाना गराइनेछ भन्ने ब्यहोरा भएको एउटा बोर्ड राखेका थिए। तर एनजीओ कुरा कसैले मानेको थिएनन्। डलर पचाउन उनीहरुले बोर्ड राखेका हुन् भनेर स्थानीयबासीहरुले भन्थे।
अब भने स्थानीयबासीहरु सजग भएका छन्। हिन्दू धर्मावलम्बीहरुले देवता मानेका पिपलको रुखलाई हिजो आजापूजा गरिने हुंदा त्यहां कसैले पनि फोहर फाल्न आंट गरेका छैनन्।
राजधानीका यस्ता फोहर फाल्ने गरिएको ठाउंमा यसरी नै रुख रोपदिने हो भने सडकहरु फोहर फाल्ने स्थान बन्दैन्थ्यो। गालीको भाषामा जरिवाना गर्ने भनी लेखिएका बोर्डहरु हटाएर पिपलका रुखहरु रोप्नु पर्दछ।- रविन राचलिका हरीत समूह भक्तपुर

मुस्लिम नागरिक समाजको भेला सम्पन्न

वीरगंज २ भदौ । नेपाल मुस्लिम नागरिक समाजको दुइ दिने कार्यकर्ता भेला सम्पन्न भयो। आज वीरगंजको बहुअरीमा सम्पन्न भेलाले मुस्लिम समुदायका निम्ति मुस्लिम नागरिक समाज निरन्तर संघर्ष गर्ने मुस्लिम समुदायलाइ तेजोबध पार्ने कहि र कतैबाट भयो भने त्यसका विरुद्ध जाइलाग्ने निर्णय समेत गरेको छ। भेलामा मुस्लिम स्वायत्त राज्य परिषद मुस्लिम समुदायलाई संविधानमा पहिचानलगायतका विषयमा मुद्दा उठाइएको थियो। भेलामा केन्द्रीय सहअध्यक्ष डा। कमरुल होदाले शिक्षु क्षेत्रमा पिछडिएका मुस्लिम समुदायको लागि शैक्षिक अवसरको लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए।

संविधानमा मुस्लिम महिलाको सहभागिता

वीरगंज २ भदौ । आगामी संविधानमा मुस्लिम महिलाहरुको सहभागिता कसरी हुनुपर्ने कुरामा मुस्लिम बुद्धिजीवी नेताहरुले आआफनो मन्तव्य राखेका छन्।
आज वीरगंजको एक होटलमा सम्पन्न कार्यक्रमको आयोजक नेपाल मुस्लिम महिला कल्याण समाज र राष्ट्रिय मुश्लिम महिला नेपाल हुन्।
जिल्लास्तरीय घोषणापत्र संकलन गर्न उद्देश्यले सम्पन्न सो कार्यक्रममा विभिन्न दलका मुस्लिम नेता बुद्धजीवी लगायतले मन्तव्य राखेका थिए।

प्रचण्डले विदेशीको सामू घंडा टेके

कलैया २ भदौ । नेकपा माओवादीका अध्यक्ष मातृका यादवले एमाओवादीका अध्यक्ष प्रचण्डले भारतको सामू घुंडा टेकेको दाबी गरेका छन्। आज बाराको कलैयामा रामवृक्ष यादवको १५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यकर्ता प्रशिक्षँण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भारतसंग गुहार मागेका प्रचण्डलाइ भारतले सहयोग नगरेपछि सरकारबाट राजीनामा दएिको बताए। यादवका अनुसार नेपाल सरकारको गृहमन्त्री असक्षँम हुंदा मुलुकमा अराजकता बढेको दाबी गरे।