Skip to main content

फोहर फाल्नेलाइ दश हजार जरिवाना

भक्तपुर २ भदौ । सूर्य बिनायक बसस्टपको छैवै एक महिना अघिसम्म फोहर
थुपारिने गरिएको थियो। केही साता यता भने सो स्थान सफा थियो। यहां आएका
एक बाबाले फोहर फाल्ने ठाउं सफा गरी पिपलको बोट रोपे पछि
स्थानीयबासीहरुले फोहर फाल्न छोडेका छन्। सो क्षेत्र सफा भएको
स्थानीयबासी रमिला दुवाले जानकारी गराए।

बाबाजीले रुख रोप्न अगाडि त्यहां स्थानीय एनजीओले यहां फोहर फालेमा दश
हजार रुपियां जरिवाना गराइनेछ भन्ने ब्यहोरा भएको एउटा बोर्ड राखेका थिए।
तर एनजीओ कुरा कसैले मानेको थिएनन्। डलर पचाउन उनीहरुले बोर्ड राखेका
हुन् भनेर स्थानीयबासीहरुले भन्थे।

अब भने स्थानीयबासीहरु सजग भएका छन्। हिन्दू धर्मावलम्बीहरुले देवता
मानेका पिपलको रुखलाई हिजो आजापूजा गरिने हुंदा त्यहां कसैले पनि फोहर
फाल्न आंट गरेका छैनन्।

राजधानीका यस्ता फोहर फाल्ने गरिएको ठाउंमा यसरी नै रुख रोपदिने हो भने
सडकहरु फोहर फाल्ने स्थान बन्दैन्थ्यो। गालीको भाषामा जरिवाना गर्ने भनी
लेखिएका बोर्डहरु हटाएर पिपलका रुखहरु रोप्नु पर्दछ।- रविन राचलिका हरीत
समूह भक्तपुर

Comments