Skip to main content

Posts

प्ररायु संघ क्षेत्रीय अध्यक्षहरुमा साह र चौधरी

-सुभाषप्रसाद साह- कलैया ६ भदौ । नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल बारा क्षेत्र नम्बर - ४ को क्षेत्रीय भेला आज परसौनी स्थित बेगा साह माबिमा सम्पन्न भएको छ। सम्पन्न सो भेलाले प्ररायु संघ बारा जिल्ला समितिका सदस्य सुभाषप्रसाद साहको अध्यक्षतामा १५ सदसिय क्षेत्रीय कमिटि गठन गरेको छ। कमिटिको उपाध्यक्षमा जवाहिर कुर्मी सचिवमा होमनाथ पंडित सहसचिवमा धिरकुमार शुक्ला र कोषाध्यक्षमा प्रदिपकुमार गुप्ता रहेका छन् । यसैगरी सदस्यहरुमा बिरेन्द्र कुशवाहा राजेश यादव बिजय यादव हरिकाचन चौधरी दिपेन्द्रकुमार क्षेत्री कृष्ण कुशवाहा रिजवान अलि लगाएतका रहेका छन्। सो भेला पश्चात संघका क्षेत्रीय अध्यक्ष सुभाषप्रसाद साहको अध्यक्षतामा बसेको बैठकले संघको आउँदो २९ र ३० गते हुने जिल्ला अधिबेशनको लागि ४ नम्बर क्षेत्रबाट जवाहिर कुर्मी होमनाथ पंडित धिरजकुमार शुक्ला बिरेन्द्र कुशवाहा र बिजय दासलाई प्रतिनिधि छनौट गर्नुका साथै ईलाका तथा गाउँ कमिटिहरु गठन पुर्न गठन गर्ने निर्णय गरेको छ। सो भेलामा संघका जिल्ला उपाध्यक्ष जफरुल हवारी कोषाध्यक्ष रमेश चौधरी जिल्ला सदस्य तारकेश्वर सराफ ध्रुव यादव लगाएतको ब...

१८ औं भोजपुरी काव्ययात्रा सम्पन्न

वीरगंज ६ भदौ । प्रगतिशील भोजपुरी साहित्य परिषदका अध्यक्ष धु्रवलाल प्रसाद सहनीले भोजपुरी भाषाको उत्थान गर्न आग्रह गरेका छन्। आज वीरगंजको घण्टाघरमा १८ औं भोजपुरी काव्ययात्रालाइ सम्बोधन गर्दै उनले भोजपुरी भाषाको उत्थानको लागि आग्रह गरेका हुन्। कार्यक्रममा कवि कवियत्रिहरुले आ-आपुनो लेख रचना कविता गीत गजल वाचन गरेका थिए । रक्तदान कार्यक्रम सम्पन्न वीरगंज ६ साउन । रक्त संचार केन्द्र पर्सामा रगतको अभाव भएपछि स्वतन्त्र मधेशी युवा फोस्रले आज वीरगंजको घण्टाघरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए।

रेडियो मकवानपुरको तिज गित प्रतियोगिता

-प्रकाश दाहाल। हेटौंडा ६ साउन। विकासका लागि सहकार्य नेपालद्वारा साचालित हेटौंडाकै पहिलो र एक मात्र सामुदायिक रेडियो रेडियो मकवानपुर १०१।३ मेगाहर्जले बृहत जनचेतनामुलक तिज गित प्रतियोगिता आयोजना गरेको छ। हेटौंडाकै अहिले सम्म ३१ टोली सहभागी रहेको प्रतियोगितामा श्रृजना समूह पिप्ले राजदेबी सांस्कृतिक समूह हटिया नारी सिप सृजना केन्द्र मकवानपुर सम्पूर्ण कला केन्द्रले क्रमश प्रथम द्वितिय तृतिय तथा सान्त्वना स्थान प्राप्त गरेका छन्। संविधानसभा र महिला सहभागिता विषयक तिज गित प्रतियोगितामा प्रथम हुनेले ११ हजार १ सय ११ द्वितिय हुनेले ८ हजार १ सय ११ तृतिय हुनेल ६ हजार १ सय ११ तथा सान्त्वना हुनेले ४ हजार १ सय ११ प्राप्त गरेका छन्। कार्यक्रममा गायकहरु सोमबहादुर घलान इश्वर खड्का सुनिता शर्मा लुईटेल निर्णायक रहेका थिए। मकवानपुर उद्योग बाणिज्य संघको पल्पसा सभागृहमा दर्शक खचाखच भरीएका थिए। बिकासका लागि सहकार्य नेपालका अध्यक्ष कृष्ण अर्यालको सभाध्यक्षता तथा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य विष्णु ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य प्रल्हाद लामीछाने नेपाल पत्रकार महासंघका के...

तीनजना मृत अवस्थामा

दोलखा ६ भदौ । साउन २३ गतेदेखि हराएका दुइ बालक मृत अवस्थामा फेला परेका छन्। आज बिहान बागखोरस्थित भिरमा मृत अवस्थामा फेला परेका खोपाचांगु-१ बस्ने छतवे थामीको १० वर्षीया छोरी कुमारी थामी र ७ वर्षीय मनी कुमार थामीको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैगरी हिजो सांझ कुवे्र भन्ने स्थानमा मानबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन्।

टेन्डरको मांग गर्दै धर्ना

कलैया ६ भदौ । बाराको कचोर्वामा रहेको झरोखर माछा पोखरीको टेन्डर खोल्नुपर्ने मांग राख्दै स्थानीयवासीले आज बिहान जिल्ला प्रशासन कार्यालय बारामा धर्ना दिएका छन्। पुरानो ठेक्का बदर गरी नयां ठेक्का खोल्नु पर्ने मांग राख्दै स्थानीयवासीले धर्ना दिएका हुन्।

ब्रान्डी पक्राउ परेको विरोधमा राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक ६ भदौ । राजस्व गस्ती र सशस्त्र प्रहरीको गस्ती टोलीले १० कार्टुन ब्रान्डी पक्राउ गरेको विरोधमा स्थानीय व्यापारीले अवरुद्ध गरेको अरनिको राजमार्ग सुचारु भएको छ। आज बिहान छलफल गर्ने शर्तमा अरनिको राजमार्गको खाडी चौरमा अवरुद्ध रहेको सडक सुचारु भएको हो। हिजो संयुक्त गस्ती टोलीले माङखा-६ बाट भन्सार छलेर ल्याएको १० कार्टुन ब्रान्डी पक्राउ गरेपछि व्यापारीहरुले सो सडकखण्ड अवरुद्ध पार्दै आएका थिए।

अज्ञात समूहद्वारा लुटपाट

चितवन ६ भदौ । अज्ञात समूहले एक सर्वसाधारणलाइ कुटपिट गरी लुटपाट गरेका छन्। गए राति १२ बजे भोजाड नजिकै सोही ठाउं निवासी गौतम पौडेललाइ अज्ञात लुटेरा समूहले कुटपिट गरी माडवारी २ तोला सिकि्र १ तोला लुटी फरार भएको प्रहरीले जनाएको छ। घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।