Skip to main content

रेडियो मकवानपुरको तिज गित प्रतियोगिता


-प्रकाश दाहाल।
हेटौंडा ६ साउन। विकासका लागि सहकार्य नेपालद्वारा साचालित हेटौंडाकै पहिलो र एक मात्र सामुदायिक रेडियो रेडियो मकवानपुर १०१।३ मेगाहर्जले बृहत जनचेतनामुलक तिज गित प्रतियोगिता आयोजना गरेको छ।
हेटौंडाकै अहिले सम्म ३१ टोली सहभागी रहेको प्रतियोगितामा श्रृजना समूह पिप्ले राजदेबी सांस्कृतिक समूह हटिया नारी सिप सृजना केन्द्र मकवानपुर सम्पूर्ण कला केन्द्रले क्रमश प्रथम द्वितिय तृतिय तथा सान्त्वना स्थान प्राप्त गरेका छन्। संविधानसभा र महिला सहभागिता विषयक तिज गित प्रतियोगितामा प्रथम हुनेले ११ हजार १ सय ११ द्वितिय हुनेले ८ हजार १ सय ११ तृतिय हुनेल ६ हजार १ सय ११ तथा सान्त्वना हुनेले ४ हजार १ सय ११ प्राप्त गरेका छन्। कार्यक्रममा गायकहरु सोमबहादुर घलान इश्वर खड्का सुनिता शर्मा लुईटेल निर्णायक रहेका थिए। मकवानपुर उद्योग बाणिज्य संघको पल्पसा सभागृहमा दर्शक खचाखच भरीएका थिए। बिकासका लागि सहकार्य नेपालका अध्यक्ष कृष्ण अर्यालको सभाध्यक्षता तथा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य विष्णु ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य प्रल्हाद लामीछाने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रताप विष्ट जिल्ला अध्यक्ष राममणी दाहाल हेटौंडा एफएमका अध्यक्ष राजन मैनाली प्रेस चौतारीका मध्यामाचल उपाध्यक्ष देबराज रीमाल क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य सुनिल खड्का जिल्ला युथफोस्र सहसंयोजक दिपेन्द्र चन्द ठकुरी नेपाल परीवार नियोजन संघका मुरारी रैला मकवानपुर लेखा परीक्षक संघका महासचिव रमेश गिरी हेटौंडा सन्देश दैनिकका प्रबन्ध निर्देशक माधव न्यौपाने लगायतको उपस्थिति रहेका थिए। विजेताहरुलाई्र प्रमुख अतिथि विष्णु ओझा संस्थाका अध्यक्ष कृष्ण अर्याल रेडियो प्रसारण समितिका संयोजक सुशिल पोख्रेल उपसंयोजक रीपेश दाहाल गायक ईश्वर खड्का सोमबहादुर घलानले प्रमाणपत्र वितरण गरेका थिए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

शुसिल कोईराला आज रोल्पाको लिवाङ आइपुग्ने

ज्ञानेन्द्र शर्मा लिवाङ माघ २१ गते। नेपाली काग्रेसका कार्य बहाक सभापती शुसिल कोईराला आज रोल्पाको लिवाङ आइपुग्ने कार्यक्रम रहेको छ। कार्य बहाक सभापती कोईरालाले भोली नेपाली काग्रेसले रोल्पाको लिवाङमा गर्न लागेको आम सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भोली रोल्पाको लिवाङमा नपाली काग्रेसले बिशाल आम सभा गर्ने जनाएको छ। बिगतको समयमा रोल्पाका २ वटै क्षेत्रबाट आफ्नो सिट सुरक्षित गर्न सफल भएको नेपाली काग्रेसले संबिधान सभाको चुनावमा भने नराम्रो संग हार बेहोर्नु परेको थियो। नेपाली काग्रेसले रोल्पामा केही दिन यता पार्टर्ीींगठन बिस्तारलाई त्रि्रता दिएको छ भने पार्टर्ीीार्यकर्ताको लागि नबिकरण गर्ने अन्तिम समय पनि आज सम्म राखेको छ। नेपाली काग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पनि रोल्पामा आफ्नो संगठन बिस्तार गरेको छ।