Skip to main content

Posts

तीज महोत्सव वीरगंजमा प्रथम बर्षा पौडेल

- उत्तम खड्गी- वीरगंज ७ भदौ । महिलाहरुको महान चाड तीज पर्व नृत्य प्रतियोगितामा प्रथम स्थान वर्षा पौडेलले हासिल गरेकी छन्। आज अलखियामठ मा आयोजित तीज महोत्सव नृत्य प्रतियोगितामा प्रथम वर्षा पौडेल दोश्रो गुडडी जोशी तेश्रो लक्ष्मी खरेल र सान्त्वना निसा खतिवडा स्थान हात पार्न सफल भएका हुन्। प्रथम द्वितीय तृतीय र सान्त्वना हुनेलाई क्रमशः १००१ ७०१ ५०१ ३०१ नगद पुरस्कार आयोजक समितिले प्रदान गरेको थियो। अलखियामठ मन्दिर संचालक समितिले आयोजना गरेको तीज नृत्य प्रतियोगिताको अध्यक्षता संयोजक विनु श्रेष्ठले गरेकी थिइन्।

प्ररायु संघ पत्रहटीको भेला सम्पन्न

-सुभाषप्रसाद साह - बारा ७ भदौ । बाराको पत्रहटीमा आईतबार भएको युवाहरुको एक भेलाले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको गाउँ कमिटि गठन भएको छ । सीताराम सहनीको अध्यक्षता गठन भएको १५ सदसिय सो कमिटिको उपाध्यक्षमा साजय कुशवाहा सचिवमा ज्ञानेन्द्र यादव सहसचिवमा अजुन राम र कोषाध्यक्षमा बृजकिशोर यादव रहेका छन्। प्ररायु संघ बारा जिल्ला समितिका सदस्य महानन्द यादवको अध्यक्षतामा सम्पन्न सो भेलामा संघका जिल्ला सचिव ध्रुव यादव बैजनाथ मण्डल प्रभु मण्डल रामदेव यादव प्रयाग यादव नन्दकिशोर यादव लगाएतको बिशेष सहभागिता रहेको थियो।

सशस्त्रको घेराबीचबाटै साईकल चोरी

-सुभाषप्रसाद साह- बारा ७ भदौ । जिल्ला बिकास समिति बारालाई चारै तिरबाट सशस्त्र प्रहरीले घेरा हालि बसेको भए पनि आइतबार दिउँसै सो कार्यालय भित्रको प्राङ्गनमा रहेका एक सर्बसधारणको साईकल चोरी भएको छ। बाराको प्रस्टोका-४ निवासी रामरतन सहनीले आफ्नो साईकलमा ताला मारेर काम बिशेषले कार्यालय भित्र प्रबेश गरी बाहिर निकल्दा साईकल चोरी भएको थाहा पाएको बताए।

पेशेबर काठ तस्कर पक्राउ

-सुभाषप्रसाद साह- बारा ७ भदौ । बारा स्थित राष्ट्रिय जङ्गलबाट काठ चोरी गरी भारततर्फ लगिदै गरेका एक पेशेबर काठ तस्करलाई जिल्ला बन कार्यालय बाराको बन गस्ती टोलिले पक्राउ गरेको छ। पक्राउँ पर्नेमा बघवन-४ निवासी कासि साह रहेको जिल्ला बन कार्यालय बाराले जनाएको छ । साईकलमा सालको एक थान गोलिया सहित बाराको बरियापुर- सेमरातेगछियाबाट साहलाई पक्राउँ गरिएको हो।

तेस्रो लिङ्गीहरुले पनि बारामा तीज धुमधामसंग मनाए

-सुभाषप्रसाद साह- बारा ७ भदौ । विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घआयुको काम गर्दै तथा अविवाहित महिलाहरुले सुयोग्य पति पाउँने कामना गर्दै मनाईरहेका तीज आईतबार तेस्रो लिङ्गीहरुले पनि बाराको सदरमुकाम कलैयामा धुमधामका साथ मनाएका छन् । <br> अरु महिलाहरु जस्तै हामिले पनि आफ्ना पतिको दिर्घआयुको काम तथा सुयोग्य पतिको लागि तीज मनाएको आयोजक संस्था निल हिरा समाज बाराका कार्यक्रम अधिकृत पुष्पा लामाले बताईन । <br> निल हिरा समाजको आयोजनामा भएको सो तीज बिशेष कार्यक्रममा बारा पसा्र रौतहट चितवन मकवानपुर काठमाडौं लगाएत जिल्लाका सयौंको संख्यामा रहेका तेस्रो लिङ्गीहरु एकै साथ नाचगान गरेर तीज धुमधामकासंग मनाएका हुन । नाचगान गर्नु अघि उनीहरुले कलैया स्थित सिद्धेश्वर मन्दिरमा गई भगवान शिवको पुजाअर्चाना गरेका थिए । <br> उनीहरुले आयोजना गरेको नाचगान बिशेष कार्यक्रम हेर्नको लागि भिडैभिड लागेको थियो । कतिपय मान्छेहरु घरको छतबाट पनि हेरीरहेका थिए । तर केही बेर बिधुत गए पछि खल्लो महसुश गरेका थिए दर्शक तथा आयोजकहरुले । <br> अब बन्ने नयाँ संबिधानमा तेस्रो लिङ्गीहरुको अधिकार सुनिश्चित हुनुपर्...

प्रधानमन्त्रीको भारत भ्रमणमा वीउवासंघको सहभागिता

वीरगंज, ७ भदौ .प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा गत भदौ २ गतेदेखि ६ गतेसम्म भएको मित्र राष्ट्र भारतको सद्भावना भ्रमणमा सहभागी रहनु भएका वीउवासंघका उपाध्यक्ष अशोक बैध आज वीरगंज फर्कनु भएको छ । प्रधानमन्त्री नेपालको सद्भावना भ्रमणका सम्बन्धमा आज उहाँसँग भएको संक्षिप्त कुराकानीमा सम्पन्न वाणिज्य सन्धी र दुई पक्षीय आर्थिक सम्बन्ध विस्तारका दिशामा भ्रमण उपलब्धीमूलक भएको धारणा उपाध्यक्ष बैधले व्यक्त गर्नुभयो । विशेष गरेर सन् १९९६ को वाणिज्य सन्धीको मर्म र भावना अनुरुप नै यस पटक सम्पन्न भएको वाणिज्य सन्धीले नेपालको उद्योग व्यापारको प्रबद्र्धन र विकासमा ठूलो टेवा पुग्ने विश्वास निजी क्षेत्रले राखेको कुरा बैधले एक भेटमा बताउनुभयो । उहाँले वीउवासंघले पटक-पटक उठाउँदै आएको औद्योगिक मेशिनरी र उपकरण मर्मत सम्भार गर्न भारततर्फ पठाउन हालको झन्झटिलो व्यवस्थालाई सजिलो बनाउने माग यस पटकको सन्धीमा समाविष्ट गरिएको छ जुन उद्योगी व्यापारीका लागि अत्यन्तै सकारात्मक रहेको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा मित्र राष्ट्र भारतले देखाएको गहिरो चासो सद्भाव र आतिथ्यता अत्यन्तै प्रशंसनीय रहेक...

गणेशलाइ २०१ किलोको लडडु

-प्रणय कुमार- वीरगंज ७ भदौ । गणेश चतुर्थीको अवसरमा भगवान गणेशलाइ शुद्ध घियूबाट बनाइएको २ सय १ किलोको एउटै लडडुको भोग लगाइएको छ। आज जय गणेश झंकार मण्डलले आज वीरगंजको घडिअर्वा नजिक आयोजना गरेको सातौ गणेश चतुर्थी महोत्सवमा ५ दिनसम्म १५१ घण्टा अखण्ड ज्योति विभिन्न कलाकारहरुद्वारा भजन किर्तन प्रसाद वितरण हुने महोत्सवका अध्यक्ष रमेश शर्माले बताएका छन्।