Skip to main content

Posts

भोलिदेखि वीरगंज भन्सार र सुख्खा बन्दरगाहबाट व्यवसायिक कारोबार अनिश्चितकालको लागि ठप्प

वीरगंज ८ भदौ । रोडा उद्योग मजदूर संघले मंगलवारदेखि वीरगंज भन्सार र सुख्खा बन्दरगाहबाट सम्पूर्ण व्यवसायिक कारोबार अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी दिएको छ। आज संघले जारी गरेको प्रेस विज्ञप्तिमा ६ बुंदे मांग पूरा गराउन सशक्त दबाब स्वरुप भोलिदेखि अनिश्चितकालको लागि भन्सार र बन्दरगाहबाट कारोबार ठप्प पार्ने चेतावनी दिएको उल्लेख छ। यसैगरी मकवानपुर निजगढ र बाराको अमलेखगंजमा क्रसरमा काम गर्ने मजदूरहरुले बन्द क्रसर उद्योगहरु खुलाउनु पर्ने मांग गर्दै अवरुद्ध गरेको सो सडकखण्ड दिउंसो १ बजेदेखि सुचारु भएको छ।

भारतीय रेल्वे नेपाली आयातकर्तालाई हेप्यो

वीरगंज ८ भदौ । भारतको डिआरएम समस्तीपुरले नेपाल आउने सामानहरुमा ६ गुणा विलम्ब शुल्क लगाएकोबाट नेपाल आउने सामानहरुको लागत मूल्य बढ्न जाने कुरा स्थानीय उद्यमी व्यापारीहरुले बताउने गरेका छन्। रक्सौल डिभिजनमा पर्ने सबै मालमा उक्त शुल्क वृद्धि गरिएको हो। यस सम्बन्धमा वीरगंज उद्योग वाणिज्य संघले समस्याको समाधानका लागि महावाणिज्य दुतावासलाई पहलका लागि आग्रह गरेको थियो। संघको आग्रह प्रति भारतीय महावाणिज्य दूतावासले कुनै चासो नलिएको र प्रभावकारी भूमिका समेत निर्वहन गरेन। सोही क्रममा मोतीहारीका एक व्यवसायीले डिआरएम समस्तीपुरले वृद्धि गरेको ६ गुणा शुल्कको विरुद्ध मुद्दा दायर गरेपछि आगामी १९ तारेखदेखि सो शुल्क फिर्ता लिने जनाएको छ। यसैगरी प्रधानमन्त्री माधव कुमार नेपालको भारत भ्रमणमा नेपाली पक्षको तयारी अपुरो रहेको कारण उद्योग व्यवसायसँग सम्बन्धित धेरैजसो मुद्दा र आर्थिक विकासका सम्भावनाहरुलाई प्रधानमन्त्रीको भ्रमण टोलीले उठाउन सकेन। फलस्वरुप आम नागरिकको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने धान गहुँ लगायतका खाद्यान्नहरु नेपालमा खुला हुन सकेन र यो विषय अहिले अन्यौलमै रहेको छ। भारतीय रेल र पोर्ट ट्...

वीरगंजमा अपराधीहरुको चलखेल शुरु

वीरगंज ८ भदौ। भारतीय अपराधीको आवरणमा स्थानीय अपराधीहरु सकि्रय हुन थालेको एक उच्च स्रोतले बताएको छ। स्थानीय अपराधी र प्रहरीको मिलोमतोमा यस किसिमको सकि्रयता बढेको दावी स्रोतले गरेको छ। विशेष गरेर निकट भविष्यमै स्थानीय प्रहरीहरु सरुवा हुने क्रममा रहेकाले पनि प्रहरीद्वारा जाँदा जाँदै आर्थिक लाभ हासिल गर्न अपराधीहरुसँग गहिरो साँठ गाँठ गरिएको कुरा प्राप्त समाचारमा उल्लेख गरिएको छ। नाम नबताउने शर्तमा एक पीडित व्यक्तिले प्रहरीलाई दिएको भूमिगतको फोन नम्बर प्रहरी वृतबाटै अपराधीलाई जानकारी गराइएको आरोप उहाँको छ। सुरक्षा जस्तो अत्यन्तै सम्वेदनशील विषय प्रति शान्ति सुरक्षा कायम गर्ने अभिभारा बोकेका प्रहरी संयन्त्रबाटै अपराधीलाई सूचना लिक गर्नाले सुरक्षा कसले दिने भन्ने प्रश्न अहिले स्थानीय स्तरमा चासोको विषय बन्न पुगेको छ। अपराधीको सम्पर्क र पहुँच वर्तमान प्रहरी संयन्त्रमा प्रबल रुपमा हावी रहेकोले वीरगंज लगायत वरपर क्षेत्रमा जुनसुकै बेला पनि घटना घट्न सक्ने सम्भावना पनि यतिखेर बढेर गएको छ। यद्यपी हाल पर्साका प्रहरी उपरीक्षक सुबोध घिमिरे अपराध अनुसन्धानमा विशेष दखल राख्नु हुने व्यक्तित्वको रुपमा...

बागमतीको लागि १४ अर्ब बजेट

भक्तपुर ८ भदौ । नेपाल सरकारले बागमती कार्ययोजना साचालनक गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको साउन २७ गते बसेको बैठकले उपत्यकाक नदी प्रणाली बिकासको आधारभुत दस्ताबेजको रुपमा सो बाग्मती कार्ययोजना स्वीकृत गरिएको बागमती सभ्यता बिकास समितीका अध्यक्ष महेश बहादुर बस्नेतले सामेबार आयोजित जलपान कार्यक्रमको औपचारिका कार्यक्रममा पत्रकारहरुलाई बताएका हुन । बस्नेत माधब नेपाल नामको मानिस नेपालको प्रधानमन्त्री भए पछि समितिमा अध्यक्ष भएर आएका हुन । यो नै उनको समितको अध्यक्षको हैसियतमा पत्रकारहरुसंगको पहिलो भेट हो । सरकारले २०७१ सालसम्मको सो कार्ययोजनको लागि छुट्टाएको १४ अर्ब १७ करोड दिने भएको कुरा जानकारी गराएउन जलपान आयोजना गरिएको थियो । ललितपुरको होटेल हिमालयमा आयोजित कार्यक्रममा बाताबरण पत्रकारहरुको उपस्थिति थियो । अब्दुल मियाँ पिताम्वर सिग्देल नागरीक दैनिककाा श्याम भट्ट आदि पत्रकारहरु जलपानमा सामेल भए । समितीले यस बर्ष मीनभवनमा र शंखमुल क्षेत्रमा भौतिक पुर्वाधार निमार्ण गर्न बोलपत्र आह्वान गर्ने जानकारी गराएको छ । बागमतीको सहायका नदीहरु मध्ये मनोहरा नख्खु र हनुमान्तेलाई ढल रहित नदी बनाउने कार...

उपराष्ट्रपतिले सात दिनभित्र नेपालीमा सपथ ग्रहण गर्ने

काठमाडौं भाद्र ८। कानून तथा न्यायमन्त्री प्रेम बहादुर िसंहले उपराष्ट्रपति परमानन्द झाले सात दिनभित्र नेपालीमा नै सपथ खाने बताउनुभएको छ। रिपोर्टस्र क्लव नेपालद्धारा राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री िसंहले भन्नुभयो-उपराष्ट्रपतिझाले नेपालीमा सपथ खानुको विकल्प छैन उहांजस्तो सम्मनीत व्यक्तिले सर्वाेच्च अदालतको निर्णयलाई सहर्ष स्विकार गरी कानून र विधिको सम्मान गरेर देखाउनुहुन्छ। मन्त्री िसंहले भन्नुभयो-उहांजस्तो सम्मानीत व्यक्तिले सपथ नखाने विषय म कल्पना समेत गर्न सक्दिन। उपराष्ट्रपतिले सात दिनभित्रमा नै सपथग्रहण गर्ने सूचना सरकारलाई दिइसक्नुभएको समेत मन्त्री िसंहले बताउनुभयो। सरकारले सम्मानीत सर्वोच्च अदालतको फैसलालाई अक्षरशः कार्यन्वयन गर्छ त्यसमा शंका छैन भन्दै मन्त्री िसंहले नागरीक सर्वाेच्चता भनेको संविधान र विधिकॊ सर्वोच्चता भएकोले यसलाई विवादमा नल्याउन आग्रह गर्नुभयो। अदालतको निर्णय सबैले मान्नुपर्छ संविधानभन्दा माथि कोहि हुंदैनन भन्दै मन्त्री िसंहले भन्नुभयो-उपराष्ट्रपतिले नेपाली भाषामा नै सपथ खानुपर्छ। सरकारी कामकाजको भाषामा सपथ ग्रहण गर्दा उपराष्ट्रपतिक...

यातायात व्यवसायीको छलफल

वीरगंज, ८ भदौ । तराइ यातायात व्यवसायी संघले एक दिने छलफल कार्यक्रम सम्पन्न गरेको छ। आज होटल सम्झनामा सम्पन्न छलफलमा दुर्घटनामा परेकाहरुको आफन्तजनलाई सरकारले िदंदै आएको क्षतिपुर्तिबारे वृहत छलफल भएको थियो। भोलि निजगढमा पनि यसप्रकारको छलफल गरिने बसन्त खतिवडाले बताएका छन्। कार्यक्रममा तराइ यातायात व्यवसायी संघका अध्यक्ष उदयबहादुर श्रेष्ठ नेपाल लाइफ जनरल इन्स्योरेन्सका प्रतिनिधि राघव आचार्य लगायत बारा पर्सा मकवानपुरका प्रतिनिधिहरुको उपस्थिति थियो।

सडक दुर्घटना र पहिरो

वीरगंज ८ भदौ । विभिन्न स्थानमा दुर्घटना तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको समाचार प्राप्त भएको छ। सडक दुर्घटनामा मृत्यु भएका बालकका परिवारजनले क्षतिपुर्तिको गर्दै अवरुद्ध गरेको पृथ्वी राजमार्ग सुचारु भएको छ। आज बिहान छलफल गर्ने सहमतिमा अवरुद्ध रहेको सडक मध्यान्ह १२ बजेदेखि सुचारु भएको हो। गए राति धादिङको गजुरी-२ चालिसे नजिकै ना४ख ७० नको ट्रकले कुमपुर-१ बस्ने ६ वर्षीय राजेश सुनामलाई ठक्कर दिएपछि उनको घटना स्थलमा नै मृत्यु भएको हो। आज बिहान चितवनको गोन्द्राङ नजिकै ना३ख ८०२३ नको बस र ग १ख २२७८ न को ट्रक एक आपसमा ठोक्किदा झापा चकचडी-७ बस्ने सीताराम श्रेष्ठ इलाम बस्ने श्रवण बस्नेत चितवन पिप्ले-७ बस्ने निर्मला नेपाली सुनसरी हरीपुर-५ बस्ने श्याम सुन्दर मण्डल घाइते भएका छन् । घाइते सबैको मेडिकल कलेज र सरकारी हस्पिटलमा उपचार भइरहेको छ भने बस चालक फरार रहेका छन्। अविरल बर्षाको कारण नौविसे-५ नजिकै पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ भने दोलखाको सहरे -३ नजिकै पहिरो खसेपछि अवरुद्ध रहेको पुष्पलाल राजमार्ग ११ः४० बजेदेखि सुचारु भएको मध्य क्षँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।