Skip to main content

उपराष्ट्रपतिले सात दिनभित्र नेपालीमा सपथ ग्रहण गर्ने

काठमाडौं भाद्र ८। कानून तथा न्यायमन्त्री प्रेम बहादुर िसंहले उपराष्ट्रपति परमानन्द झाले सात दिनभित्र नेपालीमा नै सपथ खाने बताउनुभएको छ। रिपोर्टस्र क्लव नेपालद्धारा राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री िसंहले भन्नुभयो-उपराष्ट्रपतिझाले नेपालीमा सपथ खानुको विकल्प छैन उहांजस्तो सम्मनीत व्यक्तिले सर्वाेच्च अदालतको निर्णयलाई सहर्ष स्विकार गरी कानून र विधिको सम्मान गरेर देखाउनुहुन्छ। मन्त्री िसंहले भन्नुभयो-उहांजस्तो सम्मानीत व्यक्तिले सपथ नखाने विषय म कल्पना समेत गर्न सक्दिन। उपराष्ट्रपतिले सात दिनभित्रमा नै सपथग्रहण गर्ने सूचना सरकारलाई दिइसक्नुभएको समेत मन्त्री िसंहले बताउनुभयो।

सरकारले सम्मानीत सर्वोच्च अदालतको फैसलालाई अक्षरशः कार्यन्वयन गर्छ त्यसमा शंका छैन भन्दै मन्त्री िसंहले नागरीक सर्वाेच्चता भनेको संविधान र विधिकॊ सर्वोच्चता भएकोले यसलाई विवादमा नल्याउन आग्रह गर्नुभयो। अदालतको निर्णय सबैले मान्नुपर्छ संविधानभन्दा माथि कोहि हुंदैनन भन्दै मन्त्री िसंहले भन्नुभयो-उपराष्ट्रपतिले नेपाली भाषामा नै सपथ खानुपर्छ। सरकारी कामकाजको भाषामा सपथ ग्रहण गर्दा उपराष्ट्रपतिको मान मर्दन समेत बढ्ने भएको बताउंदै मन्त्री िसंहले संविधानका केहि शब्दहरु दाहोरो अर्थ दिने खालका भएकोले त्यसमा संशोधान प्रश्ताव दर्ता भईसकेको समेत बताउनुभयो।

रिपोर्टस्र क्लव नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेपाल बार एशहोसियनबका अध्यक्ष विश्वकान्त मैनालीले उपर्ाष्ट्रपति झालाई सात दिनभित्र नेपालीमा सपथ लिनको लागि मौका दिएकाले त्यसभित्रमा पुन सपथ लिन सुझाव दिनुभयो। झाले अदालतको फैसलालाई नमाने उपराष्ट्रपतिको रुपमा पाउनुभएको सम्पूर्ण सेवा सुविधा राज्यले खोस्नुपर्छ भन्दै मैनालीले भन्नुभयो-सुविधा संविधान अनुरुपको लिने अनि सपथ संविधान अनुरुप गर्नुपर्दैन संविधानले तोकेको भाषमा सपथ नलिएको अवस्थामा झालाई बहालवाला भन्नु अदालतको उहांप्रतिको सदासयता भएको मैनालीको भनाई थियो। सपथ र भाषा आन्दोलन विल्कुल फरक विषय भएको बताउ्रंदै अध्यक्ष मैनालीले परमानन्द झालाई भाषा आन्दोलनको नेतृत्व गरी अमर शहिद बन्ने सपना नदेख्न आग्रह गर्नुभयो।

ए।नेकपा माओवादीका सभासद् एवं कानूनवीद् खिमलाल देवकोटाले सर्वोच्च अदालतको फैसलाले मुलुकको सामाजिक सद्भाव विगार्ने प्रकृतीको बताउंदै उनले भने यो निर्णय दुराग्रहपूर्ण छ। उहांले मुलुकमा भषाको विषयमा विवाद चलिरहेको अवस्थामा यो मुद्धालाई प्राथमिकता दिएर अन्यौल सृजना भएको बताउनुभयो। उहांले २०४७ साल भन्दा पहिलाका मुद्धाहरुमा चासो नदेखाई यो मुद्धालाई किन प्राथमिकता दियो सभासद् देवकोटाले संविधानमा भाषामा नभई ढांचामा सपथ खाने उल्लेख भएको बताउनुभयो। न्यायीक सिद्धान्तमा घुस लिने र दिने दुवै दोषी भएझैं सपथ खाने उपराष्ट्रपतिलाई कार्वाही गरेर सपथ ख्वाउने राष्ट्रपतिलाई अदालतले किन दोषी देखेन देवकोटाको प्रश्न थियो। संविधानको संरक्षक भएको बताउंदै राष्ट्रपतिले सरकारले हटाएको सेनापतिलाई रातको १२ बजे थमौति गर्न सक्छन् भने हिन्दीमा सपथ खाने उपराष्ट्रपतिको सपथ किन रोक्न सकेनन देवकोटाले भने-यो सरकार अदालतको फैसला कार्यन्वयन गर्ने पक्षमा नभई २२ दलको सहमती खोजी अगाडि बढ्न चाहन्छ। सरकार संविधधान मान्ने पक्षमा नदेखिएको प्रधानमन्त्री नेपालको भाषाले प्रष्ट हुन्छ।

संबैधानीक कानूनका ज्ञाता डा। भिमार्जुन आचार्यले संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिले नेपाली भाषामा सपथ लिनुपर्ने स्पष्ट व्यवस्था भएकोमा उपराष्ट्रपतिले हिन्दीभाषामा सपथ लिएर सरासर संविधानको उल्लंघन गरेको आरोप लगाउनुभयो। अदालतले जे फैसला गर् यो त्यो नेपाल र नेपालीको पक्षमा छ। उहांले भन्नुभयो-अदालतले सपथ संवैधानीक भएन भनेपछि उपराष्ट्रपतिले आफ्नो पदको सपथ लिनुपर्छ। यदि उहां पदमा रहने हो भने यसको कुनै विकल्प छैन। अमेरीकाका राष्ट्रपति बाराक आबामाले दशौं लाख मानिसको अगाडि लिएको सपथमा शब्दको शिलशिला नमिल्दा पुन सपथ लिएको स्मरण गराउंदै आचार्यले भन्नुभयो-अदालतको आदेशलाई अक्षरश पालना गर्नुपर्छ। उहांले भन्नुभयो-उपराष्ट्रपति जस्तो गरीमामय पदमा रहनेले कानूनको पालना नगर्ने हो भने विधिको सर्वोच्चता कहां रहन्छ

नेपाल बारका पूर्व उपाध्यक्ष शेर बहादुर केसीले उपराष्ट्रपतिले नेपाली भाषामा पुन सपथ िलंदा उहांको कद अझ उंचा हुने बताउनुभयो। अदालतको आदेश पालना नगरी पुन सपथ नलिने हो भने उपराष्ट्रपतिको हैसीयतमा नेपाल सरकारले दिएको सम्पूर्ण सुविधाहरु स्वतः कटौती हुन्छन्। केसीका अनुसार संविधान अनुरुप सपथ नलिने व्यक्तिलाइ सेवा सुविधा र तलबभत्ता दिने र खाने दुवै भ्रष्टाचारी ठहर्छन। उहांले भन्नुभयो-परमानन्द झा हाल उपराष्ट्रपतिमा निर्वाचित भएर सपथ नलिएको अवस्थामा हुनुहुन्छ।

अधिवक्ता विष्णु भट्टराईले हिन्दी भाषीले नागरीकता पाउने चुनाव लड्न पाउने अनि चुनाव जितेर हिन्दीमा सपथ लिन किन नपाउने भनि प्रतिप्रश्न गर्नुभयो। उहांले भननुभयो-संविधानको प्रस्तावनामा भाषा सम्वन्धि केहि लेखिएको छैन। भट्टराईले एक पदमा एकपटक भन्दा बढि सपथ लिनु कानून सम्मत नहुने बताउंदै पुन सपथका लागि पुन निर्वाचन हुनुपर्ने बताउनुभयो। उहांले भन्नुभयो- सर्वोच्च अदालतसंग पुन सपथग्रहण गर भन्ने अधिकार छैन। उपराष्ट्रपतिले हिन्दीमा सपथग्रहण गर्न नहुने हो भने सपथ गराउने राष्ट्रपतिलाई किन कार्वाही नहुने।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।