काठमाडौँ, भदौ १०। उच्चायुक्तको कार्यालय…नेपालले आज "आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रायः सोधिने प्रश्नहरू" नामक नेपाली पुस्तिका सार्वजनिक गर्यो। उच्चायुक्तको कार्यालय…नेपालले आफ्ना कामका सन्दर्भमा सामना गर्नुपरेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रकृति र उपभोगबारेका केही साझा प्रश्नहरूको उत्तर दिन उच्चायुक्तको कार्यालयले यो पुस्तिका तयार पारेको हो। यस पुस्तिकाले विशेषगरी पर्याप्त जीवनस्तरसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिन्छ। गहिरोसँग जरा हालेर बसेको भेदभाव, सीमान्तीकरण, बहिष्करण तथा लोकतत्रीकरणको अभाव द्वन्द्वका मूल कारणहरूमध्ये हुन् भन्ने कुरा व्यापक रूपमा स्वीकारिएको छ। नेपालमा शान्ति प्रक्रिया सफल हुनका लागि खाना, स्वास्थ्य, शिक्षा र आवासजस्ता मानिसहरूका आधारभूत आवश्यकता र अर्को अर्थमा भन्नुपर्दा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरू प्राप्त हुनु आवश्यक छ। यसै वर्षको अन्त्यतिर उच्चायुक्तको कार्यालय नेपालले मानवअधिकारबारे जनचेतना जगाउने केही सामग्रीहरू तयार पार्दैछ। दुई महिनाअघि सार्वजनिक एउटा सामग्री जाहेरी दर्खास्तसम्बन्धी चित्र पाठ थियो, जसले...