Skip to main content

उच्चायुक्तको कार्यालयद्वारा भेदभाव र आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी

काठमाडौँ, भदौ १०। उच्चायुक्तको कार्यालय…नेपालले आज "आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रायः सोधिने प्रश्नहरू" नामक नेपाली पुस्तिका सार्वजनिक गर्‍यो। उच्चायुक्तको कार्यालय…नेपालले आफ्ना कामका सन्दर्भमा सामना गर्नुपरेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रकृति र उपभोगबारेका केही साझा प्रश्नहरूको उत्तर दिन उच्चायुक्तको कार्यालयले यो पुस्तिका तयार पारेको हो। यस पुस्तिकाले विशेषगरी पर्याप्त जीवनस्तरसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिन्छ।
गहिरोसँग जरा हालेर बसेको भेदभाव, सीमान्तीकरण, बहिष्करण तथा लोकतत्रीकरणको अभाव द्वन्द्वका मूल कारणहरूमध्ये हुन् भन्ने कुरा व्यापक रूपमा स्वीकारिएको छ। नेपालमा शान्ति प्रक्रिया सफल हुनका लागि खाना, स्वास्थ्य, शिक्षा र आवासजस्ता मानिसहरूका आधारभूत आवश्यकता र अर्को अर्थमा भन्नुपर्दा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरू प्राप्त हुनु आवश्यक छ।
यसै वर्षको अन्त्यतिर उच्चायुक्तको कार्यालय नेपालले मानवअधिकारबारे जनचेतना जगाउने केही सामग्रीहरू तयार पार्दैछ। दुई महिनाअघि सार्वजनिक एउटा सामग्री जाहेरी दर्खास्तसम्बन्धी चित्र पाठ थियो, जसले समानताको एउटा महत्त्वपूर्ण पक्षका रूपमा रहेको न्यायमा पहुँचसम्बन्धी कार्यविधिलाई प्रस्ट्याएको छ। यो पुस्तिका दोस्रो सामग्री हो। यी दुवै सामग्री व्यापक रूपमा पढिनेछन् भन्ने उच्चायुक्तको कार्यालयले अपेक्षा गरेको छ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्राय सोधिने प्रश्नहरूको विमोचन समारोहमा भेदभाव र यसको प्रभावलाई दर्शाउने रङ्गमञ्चीय प्रस्तुति एवं नेपाल बी ब्वाइ एन्ड बी गर्ल्स तथा यौन अल्पसङ्ख्यकहरूको प्रतिनिधित्व गर्ने कलाकारहरूद्वारा विभिन्न समुदायहरूले भोग्नुपरेको भेदभाव तथा शिक्षा, स्वास्थ्य सेवा, रोजगारी तथा अन्य कुराहरू प्राप्त गर्ने व्यक्तहरूको अधिकारमा यसले कस्तो प्रभाव पारेको छ भन्नेसम्बन्धी नृत्य प्रदर्शनी गरिएको थियो।
"आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार र भेदभावबारे सहज पहुँच पाइने जानकारी उपलब्ध गराउनाले साझेदारहरूलाई द्वन्द्वका मूल कारणलाई सम्बोधन गर्न तथा अन्ततोगत्वा दिगो शान्तिमा योगदान पुर्‍याउने आशा गरिएको छ", संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तका नेपालस्थित प्रतिनिधि रिचर्ड बेनेटले भन्नुभयो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...