Skip to main content

Posts

पटेलमाथि षडयन्त्र भयो- माओवादी

वीरगंज १२ भदौ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी पर्साले आज एक पत्रकार सम्मेलन गरी घोडदौड पिपरा बस्ने वाइसिएल इन्चार्ज शम्भु पटेल भन्ने हरि पटेल निर्दोष रहेको जनाएको छ।
पर्साका सहसेक्रेटरी क। विवेक बलराम साह रोहित लगायत पार्टीका नेताले घोडदौड पिपरा बस्ने वीरेन्द्र साह तुरहाकी १५ वर्षकी छोरी अनिता कुमारीलाई प्रलोभनमा पारेर प्रयोजित किसिमले राजनीतिकर्मीहरुको षडयन्त्रमा हरिलाई फसाउने षडयन्त्र प्रशासनले गरेको बताए।
बलराम साहले झूटो मुद्दा फिर्ता नलिए संघर्ष गर्ने चेतावनी दिए। प्रेस विज्ञप्तिका साथ अनिता र उनको हजुरबुवा पिताले सरपंच र ग्राम कचहरिमा दिएको बयानको प्रतिलिपी समेत संलग्न रहेको छ । क। हरि विरुद्ध अनिताले अपहरण र जिउ मास्ने बेच्ने अभियोग गरेको उजुरी दिएकी छन्। हाल क। हरिलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पसा्रको हिरासतमा राखिएको र उहांसंग कसैलाई पनि भेट्न दिइएको छैन।

पक्राउ परेकाहरुको रिहाइकोमांग गर्दै चक्काजाम

काठमाडौं १२ भदौ । सर्वोच्च अदालतमा धर्ना दिने विद्याथीलाई प्रहरीले पक्राउ गरेपछि उनीहरुको रिहाइको मांग गर्दै तराइ मधेश विद्यार्थी प्रुन्टले एक घण्टा चक्काजाम गरेका छन्। आज वीरगंजको घण्टाघरमा प्रुन्टका केन्द्रीय सदस्य संदीप चौरसियाको नेतृत्वमा धर्ना दिइएको थियो। उनीहरुले पक्राउ परेका सवैको रिहाइको मांग गर्दै दबाबस्वरुप चक्काजाम गरेका हुन्।

द्वन्द्व पीडित पत्रकार परिवार समाज गठन

काठमाडौं, १२ भदौ . द्वन्द्वका क्रममा राज्य र अन्यबाट हत्या, बेपत्ता र घाइते बनाइएका पत्रकारका आफन्तहरु संगठित भएका छन् । शुक्रवार सम्पन्न भेलाले दुर्गा पहारीको संयोजकत्वमा केन्द्रीय तदर्थ समिति गठन गरेको छ । क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेश्वर दाहाल नेपाल पत्रकार महासंघका उपाध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा भएको सो भेलाले द्वन्द्वका क्रममा राज्य तथा अन्य पक्षबाट पीडित पत्रकारहरुको विषयलाई लिएर सरकारलाई दवाव दिने निर्णय गरेको छ । शुक्रवार अपरान्ह तदर्थ समितिले सूचना तथा साचार मन्त्रीलाई भेटेर ४ बुँदे मागपत्र पेश गर्दै माग पुरा नभए कडा संघर्षमा उत्रने चेतावनी पनि दिएको छ । ुपटक-पटक व्यक्तिगत तथा सामुहिक रुपमा विभिन्न सरकारी निकाय एवं संस्थामा ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म कुनै सुनुवाई भएनु पत्रमा भनिएको छ । संयोजक पहारीको नेतृत्वमा गएको टोलीले मन्त्रीसमक्ष द्वन्द्वका बेला पत्रकारको हत्या गर्ने पक्षमाथि सख्त कारवाही हत्या गरिएका पत्रकारहरुको उचित सम्मान घाइते पत्रकारलाई उचित क्षतिपूर्ति एवं राहत दिलाउन माग गरेको छ । अन्य मागहरुमा पत्रकारहरुको हत्या बेपत्ता गर्ने कार्यमा स...

उच्चायुक्तको कार्यालयद्वारा शान्ति प्रक्रियाअन्तर्गत मानवअधिकारसम्बन्धी विस्तृत जाँच (vetting) गर्न आह्वान

काठमाडौँ, भदौ १२ . संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तका नेपालस्थित प्रतिनिधि रिचर्ड बेनेटले बिहीबार कार्यवाहक प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई उहाँकै कार्यालयमा भेट गर्नुभयो। उच्चायुक्तको कार्यालय÷नेपालका प्रमुख बेनेटले महारथी गुरुङलाई उहाँको नियुक्तिका लागि बधाई दिनुका साथै नेपाली सेनाले संयुक्त राष्ट्रसङ्‍घको शान्तिस्थापना मिसनहरूमा गरेको महत्त्वपूर्ण योगदानबारे उल्लेख गर्नुभयो। भेटका अवसरमा उच्चायुक्तको कार्यालयका प्रमुखले द्वन्द्वका क्रममा नेपाली सेनाबाट भएका मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनका गम्भीर उल्लङ्‍घनका लागि जवाफदेही बनाउने सन्दर्भमा भएको प्रगतिको अभावप्रति उच्चायुक्तको कार्यालयको चिन्ता दोहर्‍याउनुभयो। महारथी तथा उच्चायुक्तको कार्यालयका प्रमुखले सन् २००३ र सन् २००४ मा सेनाको महाराजगन्ज ब्यारेकमा घटेका स्वेच्छाचारी थुना, यातना तथा बेपत्ता पार्ने कार्यसम्बन्धी घटनाहरूको उपयुक्त ढङ्गबाट अनुसन्धान गर्नमा भएको सरकारको विफलताबारे उच्चायुक्तको कार्यालयले हालै प्रधानमन्त्रीलाई लेखेको पत्रमा उठाइएका चिन्ताहरूबारे छलफल गर्नुभयो। उच्चायुक्तको कार्यालयका प्रमु...

उपराष्ट्रपतिको बारेमा निर्णय गर्ने अधिकार सर्बोच्चसंग छैन- फोरम अध्यक्ष यादव

-सुभाषप्रसाद साह-
बारा १२ भदौ। मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति प्रमानन्द झालाई सर्बोच्च अदालतले नेपालि भाषामा पुन सपथ लिन गरेको निर्णय सर्बोच्च अदालतको क्षेत्र अधिकार भित्र नरहेको बताउँदै यो राजनीतिक मुदा भएकोले यसलाई राजनीतिक सहमतिमै टुगों लगाउनुपर्नेमा जोड दिएका छन्।
मधेसी जनअधिकार फोरम नेपाल बाराद्वारा शुक्रबार देखी कलैयामा शुरु भएको तीन दिने सिम्रौनगढ क्षेत्रीय प्रशिक्षण कार्यक्रममा भाग लिन आएका अध्यक्ष यादवले बाराली साचारकर्मीहरुसंग कुरा गर्दै बर्तमान संबिधानमा भाषा धर्म लगाएतको आधारमा भेदभाव नगर्ने भएपनि सर्बोच्चले भाषाको आधारमा मधेसी बिरुद्ध पुर्वाग्राही निर्णय गर्नुका साथै असंबैधानिक रहेकॊ आरोप लगाए। सर्बोच्च अदालतको यस्तो निर्णयको कारण नेपाली भाषामा प्रकाशित हुने राष्ट्रिय पत्रिका राजधानी दैनिक कान्तिपुर नागरिक दैनिक लगाएतका पत्रिकाहरु जलाईएको उनले बताए।
देश अहिले संघिय लोकतान्त्रिक राज्य प्रणलिमा गईरहेको अवस्था रहेको बेलामा मधेसीहरुले आफ्नो मौलिक अधिकार प्राप्तिको लागि काठमाडौंमा आन्दोलन गर्ने फोरम कार्यकर्ताह...

पक्राउ परेका कार्यकर्ताको रिहाइ गर

वीरगंज १२ भदौ । सर्वोच्च अदालतद्वारा उपराष्ट्रपतिको शपथ प्रकरणमा गरिएको विवादस्पद निर्णयको विरुद्धमा सर्वोच्च अदालत अगाडी धर्ना दिने सदभावना कार्यकर्तामाथि प्रहरीले निर्ममतापूर्वक लाठी प्रहार गरेको घटनाप्रति सदभावनाका सह महासचिव मनिषकुमार सुमनले आज एक प्रेस विज्ञप्ति जारी गरी निन्दा गरेको छ। विज्ञप्तिमा सद्भावना पार्टीका भातृ संगठन विद्यार्थी मंचका महासचिव-रामेश्वर यादव केन्द्रीय सदस्य तथा पशुपति क्याम्पसक इकाई अध्यक्ष-बच्चा साह विजय साह सरोज यादव मंचका उपत्यका सचिव श्यामबाबु साह त्रिचन्द्र कलेजका सचिव मुकेश यादव पशुपति क्याम्पसका सचिव रंजित कुमार यादव पाटन संयुक्त क्याम्पसको शेष मुस्तफा कृष्ण महतो लगायत विभिन्न विद्यार्थी तथा अन्य मधेशवादी विद्यार्थी संगठनका छात्र साथीहरुलाई गिरफतार गरिएको घटनाप्रति भत्सना गर्दै गिरफतार सम्पूर्ण आन्दोलनकारीलाई अबिलम्ब रिहा गर्न सरकारसंग जोडदार मांग गरेको छ। साथै अविलम्व संविधान संसोधन गरी देशका सवै भाषाभाषीहरुको भाषिक अधिकार स्थापित हुन सक्ने वातावरण बनाउन सम्वन्धित सवै संग सद्भावना पार्टी विशेष आग्रह गर्दछ उल्लेख छ।

डुबेर तीनजनाको मृत्यु

वीरगंज १२ भदौ । खोलाले बगाएर विभिन्न स्थानमा तीनजना मृत्यु भएको छ। बिहीवार सांझ मकवानपुरको कसेडी खोलामा डुबेर वसामाडी-९ बस्ने हिरा माया थोकरको मृत्यु भएको छ भने योग माया लामा भिम माया मोक्तान मनमाया मोक्तान घाईते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। सर्लाहीको सवाह खोलामा डुबेर भारत सितामढी इनर्वा बस्ने ७ वर्षीया भिमा कुमारीको डुबेर मृत्यु भएको छ। सिन्धुलीको कपिलाकोट-८ बस्ने धनमान माझीको मरुवाको दहमा डुबेर मृत्यु भएको छ।