Skip to main content

उपराष्ट्रपतिको बारेमा निर्णय गर्ने अधिकार सर्बोच्चसंग छैन- फोरम अध्यक्ष यादव

-सुभाषप्रसाद साह-

बारा १२ भदौ। मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले
उपराष्ट्रपति प्रमानन्द झालाई सर्बोच्च अदालतले नेपालि भाषामा पुन सपथ
लिन गरेको निर्णय सर्बोच्च अदालतको क्षेत्र अधिकार भित्र नरहेको बताउँदै
यो राजनीतिक मुदा भएकोले यसलाई राजनीतिक सहमतिमै टुगों लगाउनुपर्नेमा जोड
दिएका छन्।

मधेसी जनअधिकार फोरम नेपाल बाराद्वारा शुक्रबार देखी कलैयामा शुरु भएको
तीन दिने सिम्रौनगढ क्षेत्रीय प्रशिक्षण कार्यक्रममा भाग लिन आएका
अध्यक्ष यादवले बाराली साचारकर्मीहरुसंग कुरा गर्दै बर्तमान संबिधानमा
भाषा धर्म लगाएतको आधारमा भेदभाव नगर्ने भएपनि सर्बोच्चले भाषाको आधारमा
मधेसी बिरुद्ध पुर्वाग्राही निर्णय गर्नुका साथै असंबैधानिक रहेकॊ आरोप
लगाए। सर्बोच्च अदालतको यस्तो निर्णयको कारण नेपाली भाषामा प्रकाशित हुने
राष्ट्रिय पत्रिका राजधानी दैनिक कान्तिपुर नागरिक दैनिक लगाएतका
पत्रिकाहरु जलाईएको उनले बताए।

देश अहिले संघिय लोकतान्त्रिक राज्य प्रणलिमा गईरहेको अवस्था रहेको
बेलामा मधेसीहरुले आफ्नो मौलिक अधिकार प्राप्तिको लागि काठमाडौंमा
आन्दोलन गर्ने फोरम कार्यकर्ताहरुलाई पक्रेर याताना दिने यो सरकार
लोकतान्त्रि सरकार नभई स्वच्छाचारी अलोकतान्त्रिक तथा घोर मधेसी बिरोधी
सरकार भएको संज्ञा दिदै अध्यक्ष यादवले भने- ुलोकतन्त्रलाई मजबुत
बनाउँनुको साटो बर्तमान सरकार लोकतन्त्रलाई कमजोर बनाउदै िहंसा बढाउन
लागि परेको छ। ु

संबिधान सभाबाट निर्वाचित राष्ट्रपति तथा उपराष्ट्रपतिको पद खारेज गर्ने
अधिकार सर्बोच्चसंग नरहेको यादवले जिकिर गरे। यस्तो अवस्थामा
उपराष्ट्रपति प्रमानन्द झाले आफ्नो पदबाट राजिनामा दिनुनै फोरमको धारण
रहेको बताए।

बिशेष शान्ति सुरक्षाको नाममा सरकारले ल्याएको बिशेष शुरक्षा योजना मधेसी
बिरोधी रहेको बताउँदै अध्यक्ष यादवले भने -ु सरकारले मधेसमा आन्दोलनरत
सशस्त्र समुह तथा सर्बसधारण मधेसीहरुलाई मुटभेडको बहाना बनाउँदै पक्रेरर
ज्यानै मार्ने काम गरेको बताए। ु

बिगतको सरकारले नियुक्त गरेको राजदुतहरुलाई बर्तमान सरकारले
स्वच्छाचारीको आधारमा रोका गरी अहिले सम्म नपाठाएको गुनासो गर्दै
समाबेशीको कुरा उठाए पनि सशस्त्र प्रहरी सेवा लगाएतका क्षेत्रमा भएको
भर्नामा मधेसीको एक प्रतिशत पनि संख्या नरहेकोले बर्तमान सरकारको कडा
आलोचना गरेका छन।

बारा पसा्र रौतहट मकवानपुर र चितवनका फोरम नेता एवं कार्यकर्ताहरुलाई
प्रशिक्षण दिन अध्यक्ष यादवसंगै फोरम महासचिव रामसहायप्रसाद यादव सभासद
आत्माराम साह लगाएतका एक दर्जन भन्दा बढी नेता तथा सभासदहरु कलैया
आनुभएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...