Skip to main content

Posts

औद्योगिक सम्पत्ति विषयक अन्तरकि्रया सम्पन्न

वीरगंज, १७ भदौ । वीरगंज उद्योग वाणिज्य संघ र उद्योग विभागको संयुक्त आयोजनामा ूऔद्योगिक सम्पत्तिू विषयक अन्तरकि्रया कार्यक्रम संघका कार्यवाहक अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा तथा उद्योग विभागका महानिर्देशक विनोद के।सी।sाे प्रमुख आतिथ्यमा एक समारोहका बीच संघको कार्यकक्षमा सम्पन्न भयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका कार्यवाहक अध्यक्ष टेमानीले औद्योगिक सम्पत्ति तथा बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारलाई संरक्षण गर्नेतर्फ स्वदेशी उद्यमीहरु पनि कि्रयाशील हुनुपर्ने धारणा राख्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि उद्योग विभागका महानिर्देशक विनोद के।सी।ले नयाँ औद्योगिक नीति मस्यौदा तयार भइसकेको र संसद्मा पठाइ सकेको बताउनुभयो । वहाँले औद्योगिक सम्पत्ति भनेको ट्रेडमार्क डिजाइन र पैटेन्ट राइटसँग सम्बन्धित विविध पक्षहरुका बारे जानकारी गराउनुभएको थियो । हाल ट्रेडमार्क दर्ता गर्न बढी समय लाग्ने र झन्झटिलो भएको हुनाले आगामी दिनमा वेभसाइटको माध्यमबाट ट्रेडमार्क दर्ता गर्ने प्रविधि ल्याउनेतर्फ विभाग सकि्रय रहेको बताउनुभयो । कार्यक्रममा स्रोत व्यक्ति विसु कुमार केसी उद्योग व...

किशोरीको हत्या

धनुषा १७ भदौ । १२ वर्षीय एक किशोरी शंकास्पद तरिकाले मृत अवस्थामा फेला परेको प्रहरीले आज जनाएको छ। नक्टाझिझ-१ बस्ने प्रेमलाल महराको छोरी रुन्ची महराको घांटीमा बेलटले बेरेको र कटुबाट रगत बगेको अवस्थामा घरदेखि २५ मीटर टाढा बगैचा भित्रको बांस झ्याङमा फेला परेको प्रहरीले जनाएको छ। उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

आगलागीमा दुइ घर स्वाहा

वीरगंज १७ भदौ । पर्साको विषमपुर-६ मा दुइ घरमा आगलागी हुंदा लाखौंको धनमाल क्षति भएको छ। आज बिहान बद्री अन्सारीको घरबाट सल्केको आगो सलेर अन्सारीको घरमा पनि आगलागी हुंदा दुइ घर १ वटा गोरु गरी करिब २ लाख ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

सुनचांदी पसलमा लाखौंको चोरी

वीरगंज १७ भदौ । वीरगंजको घण्टाघरमा रहेको न्यू कैलाश ज्वेलस्रमा लाखौंको चोरी भएको छ। गए राति अज्ञात चोरहरुले सो पसलको ताला फोडेर सुन २ तोला चांदी १ के।जी इन्भटर र ब्याट्री चोरेर लगेको प्रहरीले जनाएको छ।

विद्यालयमा सकेट बम राख्ने एक पक्राउ

धनुषा १७ भदौ । विद्यालयमा दुइवटा सकेट बम राखेको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ। गए राति सवा दश बजे यज्ञभूमि-६ मा रहेको भानु मा।वि।sिसानपुरको प्रांगणमा दुइवटा सकेट बम राखेको आरोपमा प्रहरीले सोही ठाउं वडा नं। ५ मा बस्ने १८ वर्षीय रामचन्द्र दासलाई पक्राउ गरेको हो। दासले बयानको क्रममा आफूले नै २ वटा सकेट बम राखेको प्रहरीले जनाएको छ। हाल उनलाइ हिरासतमा लिएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

विद्यालयमा सकेट बम राख्ने एक पक्राउ

धनुषा १७ भदौ । विद्यालयमा दुइवटा सकेट बम राखेको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ। गए राति सवा दश बजे यज्ञभूमि-६ मा रहेको भानु मा।वि।sिसानपुरको प्रांगणमा दुइवटा सकेट बम राखेको आरोपमा प्रहरीले सोही ठाउं वडा नं। ५ मा बस्ने १८ वर्षीय रामचन्द्र दासलाई पक्राउ गरेको हो। दासले बयानको क्रममा आफूले नै २ वटा सकेट बम राखेको प्रहरीले जनाएको छ। हाल उनलाइ हिरासतमा लिएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

पारस शाह नक्कली नोटमा संलग्न रहेको समाचार खण्डन नगरे ७५ जिल्लामा प्रदर्शन

वीरगंज १७ भदौ । भारतीय पत्रिका टाइम्स अफ इण्डियाले पहिलो र ११ औं पृष्ठमा छापिएको समाचार नेपालको पूर्व युवराज पारस शाह नक्कली नोटको कारोबारमा संलग्न रहेको समाचारप्रति नेपाल राष्ट्रवाद संघ पर्साले आपत्ति प्रकट गरेको छ। आज संघका अध्यक्ष जनकलाल साहले एक प्रेस विज्ञप्ति जारी गरी पारस शाहमाथि घृणित अप्रमाणित प्रकारको लााछना भारतीय संचारमाध्यमले लगाएपछि भारतले निम्न श्रेणीको निचता प्रदर्शन गरेको ठहर गर्दै समाचारको खण्डन नगरे ७५ जिल्लामा विरोध प्रदर्शनको साथै भारतीय दूतावासहरुमा धर्ना दिने चेतावनी पनि दिइएको छ।