Skip to main content

Posts

रेडक्रसद्वारा विभिन्न कार्यक्रम

वीरगंज १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ४७ औं दिवसको अवसरमा आज वीरगंजमा विभिन्न कार्यक्रम गरी मनाएको छ। आज बिहान घण्टाघरबाट नेरेसो पर्साले निकालेको र् याली नगर परिक्रमापश्चात पुनः घण्टाघरमा पुगी सभामा परिणत भएको थियो। यसैगरी नेरेसो धोरे उपशाखाले सरसफाई र् याली नेपाल राष्ट्रिय प्राथमिक विद्यालय धोरेबाट निकालेको थियो। वीरगंज छपकैया-३ स्थित पंडित रामधेनी तिवारी निम्न माविमा प्रकोपमा जुनियरको भूमिका विषयक निबन्ध प्रतियोगितामा १४ वटा विद्यालयका २४ जना छात्रछात्रा सहभागीता थियो। यसैगरी नेरेसो पर्साले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो। २० वटा विद्यालयबाट सहभागी ४० जना छात्रछात्राहरुले नेपाल रेडक्रस समाजसेवाको बारेमा आ-आफ्नो तर्क राखेका थिए । प्रतियोगितामा त्रिजुद्ध माविका सन्तोषी यादव प्रथम गौतम माविका प्रेरथा अधिकारी द्वितीय गौतम माविका हेमन्त तामाङ तृतीय ज्ञान ज्योति माविका मोनिका खडका सान्त्वना सेन्ट जोन माविका चांदनी अग्रवाल सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

निजामती कर्मचारी युनियनको स्थापना दिवस

वीरगंज १९ भदौ । नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आज जिल्ला विकास समिति पर्सामा सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा २०६५-६६ मा स्वेच्छिक अवकाश प्राप्त भएका करिब ५० जना कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सभासद अजय द्विवेदीले दोसल्ला ओढाइ प्रमाण पत्र दिइ सम्मान गरेका थिए। सो कार्यक्रम निजामति कर्मचारी संघका जिल्ला अध्यक्ष सचितानन्द िसंहको अध्यक्षतामा सम्पन्न भएको थियो।

बम राखेको झूटो हल्ला

वीरगंज १९ भदौ । अखिल तराइ मुक्ति मोर्चा गोइत समूहले वीरगंज चिनी कारखाना अगाडि रहेको प्लाष्टिक कारखानामा बम राखेको झूटो हल्ला फैलाएपछि एक छिन सो क्षँेत्र तनावग्रस्त भएको थियो। बम राखेको जानकारी पाएपछि प्रहरी टोलीले सो कारखानामा बम खोजतलास गरे पनि बम फेला नपरेको प्रहरीले जनाएको छ।

ट्राफिक व्यवस्था सुदृढ गर्ने सम्बन्धमा छलफल

वीरगंज १९ भदौ । वीरगंज उद्योग वाणिज्य संघ वाणिज्य समितिका संयोजक तथा उपाध्यक्ष अशोक कुमार टेमानीको अध्यक्षतामा आज ट्राफिक इन्सपेक्टर एकनारायण कोइरालासंग एक समारोहका बीच संघकै कार्यकक्षमा सम्पन्न भयो। वीरगंजको ट्राफिक व्यवस्थालाई व्यवस्थित बनाउने उद्देश्यले वाणिज्य समितिले छलफल कार्यक्रमको आयोजना गरेको हो। उक्त अवसरमा समितिका संयोजक अशोक टेमानीले यता केही दिनदेखि वीरगंज भन्सारमा भइरहेको बढ्दो ट्राफिक जामका कारण वीरगंज-रक्सौल आवत जावत गर्ने सर्वसाधारणले अत्यन्तै कठिनाई भोग्नु परिरहेको तर्फ ट्राफिक इन्सपेक्टरको ध्यानाकर्षण गराएका थिए। ट्राफिक नियमको उल्लंघन गर्नेहरुलाई नियम पालना गराउन ट्राफिक प्रहरी प्रभावकारी रुपमा प्रस्तुत हुनुपर्ने धारणा संयोजक टेमानीले राखेका थिए। आ-आफनो दायित्व र कर्तव्यबाट पन्छिने कार्य सबैतिरबाट भइरहेकोले एक-अर्कामाथि दोषारोपण गर्नुभन्दा पनि आफनो जिम्मेवारी के हो सो अनुरुप कार्य सम्पादन गर्ने परिपाटी बसाल्न सबैको साझा भूमिका रहेको विचार सहभागी वक्ताहरुले व्यक्त गरेका थिए। उक्त अवसरमा ट्राफिक इन्सपेक्टर एकनारायण कोइारालाले वीरगंज भन्सारमा भइरहेको बढ्दो...

गलत समाचारले कतारका तस्करहरुमा खुशीयाली

-रमण रेग्मी कतार १९ भदौ । जनताका जनजीविकाका सवालमा पूर्णत असफल भइसकेको तर विभिन्न लाभका पद तथा शक्ति केन्द्रहरुमा मोटो रकम कमिसन खादै आसेपासेहरु भर्ती गर्नमा कुख्याती कमाएको जम्बो मन्त्री मण्डलको निर्णय र संचार मिडियाहरुको तालमेल नमिल्नाले खाडी मुलुक कतारमा केही समयको लागि अचम्मका घटनाक्रमको विकास भएको थियो। गत बुधबार भएको मन्त्री परिषदको निर्णयको हवाला दिदै कतारका लागि मधुबरण पौडेललाई राजदूतमा सिफारिस गरिएको खबर प्रकाशित भएपछि मानवतस्करीका लागि मुख्य बाधक बनेका तथा नेपालीहरुलाई विदेश ल्याएर अलपत्र पार्ने व्यक्तिहरुलाई हदै सम्मको कार्वाही गरि दलाल तथा मानवतस्करहरुलाई डिपोर्टेसन सम्म गरिरहेका वर्तमान राजदुत डा। सूर्यनाथ मिश्र अब फिर्ता हुने भयो भन्ने खुसियालीमा मानवतस्करहरुले सानदार पार्टीको आयोजना गर्न खोजेको विश्वस्त सुत्रबाट थाहा भएको हो। केही समय पहिला राजदूतावासले आयोजना गरेको कार्यक्रममा उपस्थिती भएर दलाल र मानवतस्करहरुलाई सक्दो कारवाही गर्नुपर्छ भनेर भाषण गर्ने व्यक्तिहरु नै उक्त खुसियाली पार्टीको तयारीमा लागेको भेद खुलेको छ । केही मिडियाहरुमा आएको उक्त समाचार भ्रमपूर्ण नै भएपन...

भारतीय पत्रिका टाइम्स अफ इन्डिया जलाइयो

वीरगंज, १९ भदौ । भारतीय पत्रिका टाइम्स अफ इन्डियाले नेपालका पूर्व युवराज पारस शाह जाली नोटमा संलग्न रहेको समाचार प्रकाशित गरेपछि आज बिहान नेपाल राष्ट्रवाद संघ पर्साले वीरगंजको घण्टाघरमा भारतीय पत्रिका द टाइम्स अफ इण्डिया जलाएको छ। नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्षँ जनकलाल शाहको नेतृत्वमा आज बिहान द टाइम्स अफ इन्डिया पत्रिका जलाइएको हो। भदौ १६ गते सो पत्रिकाले पृष्ठ नं। १ र ११ मा नेपालको राज परिवार र राजसंस्थाप्रति पूर्वाग्रही राखेर पूर्व युवराज पारस वीर विक्रम शाहको तथा राजपरिवारको चरित्र हत्या गर्ने प्रयास गरेको राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल शाहले बताए। निराधार र कपोलकल्पित अप्रमाणित आरोप पूर्व युवराजविरुद्ध लगाएको भन्दै टाइम्स अफ इन्डिया पत्रिकाले समाचारको खण्डन गरी सार्वजनिक रुपमा क्षँमा याचना नगरेसम्म राष्ट्रवाद संघ पर्साले यसरी नै भारतीय पत्रिकाहरुलाई दहन गर्ने भएको संघका अध्यक्ष शाहले चेतावनी दिएका छन्।

औद्योगिक सम्पत्ति विषयक अन्तरकि्रया सम्पन्न

वीरगंज, १७ भदौ । वीरगंज उद्योग वाणिज्य संघ र उद्योग विभागको संयुक्त आयोजनामा ूऔद्योगिक सम्पत्तिू विषयक अन्तरकि्रया कार्यक्रम संघका कार्यवाहक अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा तथा उद्योग विभागका महानिर्देशक विनोद के।सी।sाे प्रमुख आतिथ्यमा एक समारोहका बीच संघको कार्यकक्षमा सम्पन्न भयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका कार्यवाहक अध्यक्ष टेमानीले औद्योगिक सम्पत्ति तथा बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारलाई संरक्षण गर्नेतर्फ स्वदेशी उद्यमीहरु पनि कि्रयाशील हुनुपर्ने धारणा राख्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि उद्योग विभागका महानिर्देशक विनोद के।सी।ले नयाँ औद्योगिक नीति मस्यौदा तयार भइसकेको र संसद्मा पठाइ सकेको बताउनुभयो । वहाँले औद्योगिक सम्पत्ति भनेको ट्रेडमार्क डिजाइन र पैटेन्ट राइटसँग सम्बन्धित विविध पक्षहरुका बारे जानकारी गराउनुभएको थियो । हाल ट्रेडमार्क दर्ता गर्न बढी समय लाग्ने र झन्झटिलो भएको हुनाले आगामी दिनमा वेभसाइटको माध्यमबाट ट्रेडमार्क दर्ता गर्ने प्रविधि ल्याउनेतर्फ विभाग सकि्रय रहेको बताउनुभयो । कार्यक्रममा स्रोत व्यक्ति विसु कुमार केसी उद्योग व...