Skip to main content

ट्राफिक व्यवस्था सुदृढ गर्ने सम्बन्धमा छलफल

वीरगंज १९ भदौ । वीरगंज उद्योग वाणिज्य संघ वाणिज्य समितिका संयोजक तथा उपाध्यक्ष अशोक कुमार टेमानीको अध्यक्षतामा आज ट्राफिक इन्सपेक्टर एकनारायण कोइरालासंग एक समारोहका बीच संघकै कार्यकक्षमा सम्पन्न भयो।

वीरगंजको ट्राफिक व्यवस्थालाई व्यवस्थित बनाउने उद्देश्यले वाणिज्य समितिले छलफल कार्यक्रमको आयोजना गरेको हो।

उक्त अवसरमा समितिका संयोजक अशोक टेमानीले यता केही दिनदेखि वीरगंज भन्सारमा भइरहेको बढ्दो ट्राफिक जामका कारण वीरगंज-रक्सौल आवत जावत गर्ने सर्वसाधारणले अत्यन्तै कठिनाई भोग्नु परिरहेको तर्फ ट्राफिक इन्सपेक्टरको ध्यानाकर्षण गराएका थिए। ट्राफिक नियमको उल्लंघन गर्नेहरुलाई नियम पालना गराउन ट्राफिक प्रहरी प्रभावकारी रुपमा प्रस्तुत हुनुपर्ने धारणा संयोजक टेमानीले राखेका थिए। आ-आफनो दायित्व र कर्तव्यबाट पन्छिने कार्य सबैतिरबाट भइरहेकोले एक-अर्कामाथि दोषारोपण गर्नुभन्दा पनि आफनो जिम्मेवारी के हो सो अनुरुप कार्य सम्पादन गर्ने परिपाटी बसाल्न सबैको साझा भूमिका रहेको विचार सहभागी वक्ताहरुले व्यक्त गरेका थिए।

उक्त अवसरमा ट्राफिक इन्सपेक्टर एकनारायण कोइारालाले वीरगंज भन्सारमा भइरहेको बढ्दो जामलाई व्यवस्थित तुल्याउन आपुू सकि्रयतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले नगरभित्रको ट्राफिक व्यवस्थापन पार्किङको व्यवस्थालाई समेत व्यवस्थित गर्न वीउमनपा लगायत सरोकारवाला निकायहरुसँग सहकार्य भइरहेको र विगतको तुलनामा ट्राफिक नियम उल्लंघनकर्ताको संख्यामा कमी आउनुको पछाडि ट्राफिक प्रहरीको प्रभावकारिताबाटै सम्भव भएको दावी समेत गरेका थिए।

छलफल कार्यक्रममा संघका महासचिव गोपाल केडिया कोषाध्यक्ष प्रदीप केडिया सचिव दीपक टिबडेवाल सह-सचिव तारा प्रसाद गुप्ता व्यवसायी मनोज शर्मा पवन सिस्का लगायतको उपस्थिति रहेको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...