Skip to main content

Posts

एनआरएनए बहराइनको दोस्रो साधारण सभा सम्पन्न, र्सवसम्मतले नयाँ समिटी गठन

सन्तोष दाहाल, बहराइन, २१ भदौ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहराइनको दोस्रो साभारण सभा मिति ०४ सप्टेम्बर २००९ का दिन बहराइनको सीत्रा स्थित मःम सेन्टरको हलमा सम्पन्न भएको छ । उक्त सभाका सभापति वर्तमान कार्य समितिका कार्य वहाक अध्यक्ष श्री श्याम तामाङ्गले गर्नु भएको थियो । प्रमुख अतिथीहरुमा क्रमश गैर आवासीय नेपाली संघ मध्य पूर्व क्षेत्रीय संघका उप-संयोजक श्री चोला पाठक र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका सल्लाहकार श्री राजु सैयद हुनुहुन्थ्यो । र अथितीहरुमा बहराइन स्थित बिभिन्न नेपाली संघका अध्यक्ष तथा प्रतिनीधीहरु हुनुहुन्थ्यो । त्यस्तै गरेर उक्त सभाका पर्यवेक्षक क्रमश सन्तोष दाहाल र निलेश मान सिंह प्रधान हुनुहुन्थ्यो । टंक बस्नेतले सञ्चालन गर्नु भएको उक्त सभामा स्वागत मन्तव्य संघका उपाध्यक्ष श्री छबीलाल बिकले गर्नु भएको थियो । त्यसतै गरेर गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. उपेन्द्र महत्तो कार्य ब्यस्तताका कारण यस सभामा उपस्थित हुन नसक्नु भएकोले उहाँले पठाउनु भएको शुभ कामना सन्देश कार्यक्रमका सञ्चालक टंक बस्नेतले पढेर सुन...

पर्सा प्रहरी र नारायणी एफएमका रिपोर्टरले ठग्यो

वीरगंज २१ भदौ । चार वर्ष अघि आफनो छोरालाइ बम्बइमा काम लगाइदिन्छु भनेर बेपत्ता गर्ने तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा दर्ता नगरेको पर्सा भवराटार निवासी साविर देवानले आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षुत्कारमा बोल्दै देवानले भने वीरगंजको नारायणी एफएममा कार्यरत रिपोर्टर तथा आफनै भतिजा अलि असगर देवानले आफूसंग नगद असूलेर मुद्दा दर्ता गराइदिने आश्वासन दिए पनि हालसम्म भागी हिडेको छ। पर्सा भवराटार निवासी जैनुद्दिन अन्सारी सौकत अलि अन्सारी र हिम्मत अलि अन्सारीले साविर देवानको २७ वर्षीय बरकत देवानलाई काम लगाइदिने आश्वासन िदंदै बम्बइ लगेर बेपत्ता बनाएपछि तीनजनाविरुद्ध किटानी जाहेरी दर्ता गराउन पर्साका डिएसपी मसाउद अलि खांले मुद्दा दर्ता नगरेको पीडित साविरको भनाइ छ। नारायणी एफएममा कार्यरत पत्रकार तथा आफनै भजिता अलि असगर देवानले सात हजार नगद र २५ सय रुपैयाको अन्य सामान लिएर मुद्दा दर्ता गराइदिने आश्वासन दिए पनि हालसम्म भागी हिडेको बताए।

मधेशी नेताहरुलाइ लाज छैन

वीरगंज २१ भदौ । उपराष्ट्रपति परमानन्द झाले नेपालीमा सपथ ग्रहण नलिने निर्णय लिएपछि समाजवादी पार्टी पसा्रले निर्णयको स्वागत गर्दै समर्थन गरेको छ। आज समाजवादी पर्साका अध्यक्ष हरेराम पंडितले जारी गरेको विज्ञप्तिमा मधेशी पार्टीहरुले आफूलाई मधेश र मधेशीहरुको एकांकीरुपमा मसिहा ठान्ने सरकारमा रहेको मधेशीहरुमा अलिकति पनि लाज र नैतिकता छ भने सरकारबाट हटेर मधेशी जनताहरुको सामुन्ने आउन चेतावनी िदंदै सम्पूर्ण भाषाभाषीहरुको मान सम्मानको निम्ति संविधान संशोधन गराएर सो समस्याको समाधान गर्न अनुरोध गरेको उल्लेख छ।

कर्मचारीहरुको हक अधिकार सुनिश्चित गर्न भेला

वीरगंज २१ भदौ । कर्मचारीहरुको हक अधिकार सुनिश्चित गर्न नेपाल वित्तीय संस्था कर्मचारी संघको क्षेत्रीय दुइ दिने भेला सुरु भएको छ। आज बिहान कलवार कल्याण सेवा समितिमा सुरु भएको सो भेलाको उद्घाटन कांग्रेस पर्साका सभापति सभासद अजय द्विवेदीले गरेका थिए। कार्यक्रममा वक्ताहरुले संविधानमा कर्मचारीहरुको हक अधिकारको बारेमा उल्लेख हुनुपर्ने दाबी गरेका थिए। राष्ट्रिय समितिका महासचिव लक्ष्मण अधिकारीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य गौरीशंकर दिवेदीले गरेका थिए।

फोहर नगरी वीरगंजको वडा नं। ९ मा फोहर फाल्न निषेध

वीरगंज २१ भदौ । आर्थिक नगरी वीरगंज फोहर नगरीमा परिणत भइरहेको बेलामा वीरगंज वडा नं। ९ रामटोलमा भने फोहर फाल्न निषेधित गरिएको छ। आजदेखि सरसफाइ अभियान लागू भएपछि सो टोलमा फोहर फाल्नेलाई दण्ड सजांय स्वरुप रु १० देखि १०० सम्म जरिवानाको साथै सामाजिक बहिष्कार गरिने भएको छ। लुमन्ति सुन्दर स्वास्थ्य तथा सरसफाइ समिति र सुनौलो सम्झना युवा क्लबले टोलमा सो नियम लागू गर्नुको साथै ४१ घरधुरीलाई डष्टबीन वितरण गरेको थियो। वीरगंजको वडा नं। १४ १८ १९ बाइपास लगायतको सडक राति पर्ने वित्तिकै खुल्ला शौचालयमा परिणत हुने भएको छ।

संघीयता समावेशीकरण सम्बन्धी तीन दिने बहस कार्यक्रम

बारा २० भदौ . नयाँ संबिधान निर्माणः लोकतन्त्र संघियता र समाबेशिकरण सम्बन्धी तीन दिने बहस कार्यक्रम आज बाराको सदरमुकाम कलैयामा सम्पन्न भएको छ। गैर सरकारी संस्था महासंघ बाराको आयोजना भएको सो तालिमा बारा जिल्लाका बिभिन्न गाविसका ३० जना सहभागि रहेका युवायुवतीहरुलाई गोबिन्द पौडेल बिश्वनाथ चौधरी दुर्गा कोईराला उतिमलाल चौरसिया सीता चौधरीले प्रशिक्षण दिएका थिए। तालिममा सहभागिहरुको सहयोगमा बारा जिल्लाको ६ वटै निर्वाचन क्षेत्रहरुमा बाराका सभासदहरुलाई सहभागि गराएर नयाँ बन्न लागेको संबिधानको बारेमा बहस कार्यक्रम पन गर्ने कार्यक्रम तयार भएको तालिमका प्रशिक्षक गोबिन्द पौडेलले बताए।

प्रधानाध्यापकद्वारा चार लाख रुपैया लिएर फरार

बारा २० भदौ . बाराको पिप्राबिर्ता-३ स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालयका प्रधानाध्यापक जगन्नाथप्रसाद साह र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनेजर भन्ने मनोजप्रसाद महतो नुनियाले बिद्यालयको चार लाख रुपैया लिएर फरार रहेका छन्। प्रधानाध्यापक साह र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोले गत ८ भदौमा बिद्यालयको खातामा रहेको रकमबाट लाख रुपैया झिकि फरार भएपछि निजलाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला शिक्षा कार्यालय बारामा निबेदन समेत परेको छ। निज प्रधानाध्याप साह र समितिका अध्यक्ष महतो निकटका मनराज ठाकुर गाउँलेलाई एक हजार दुई हजार तथा पाँच सय रुपैया दिएर झुटो ब्यान दिन लगाईरहेको आरोप समेत सोहि बिद्यालयका शिक्षक प्रेमलाल सहनी समितिका शिक्षक सदस्य सुदामा तिवारीले लगाएका छन्।