Skip to main content

एनआरएनए बहराइनको दोस्रो साधारण सभा सम्पन्न, र्सवसम्मतले नयाँ समिटी गठन

सन्तोष दाहाल, बहराइन, २१ भदौ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय
परिषद बहराइनको दोस्रो साभारण सभा मिति ०४ सप्टेम्बर २००९ का दिन
बहराइनको सीत्रा स्थित मःम सेन्टरको हलमा सम्पन्न भएको छ । उक्त सभाका
सभापति वर्तमान कार्य समितिका कार्य वहाक अध्यक्ष श्री श्याम तामाङ्गले
गर्नु भएको थियो । प्रमुख अतिथीहरुमा क्रमश गैर आवासीय नेपाली संघ मध्य
पूर्व क्षेत्रीय संघका उप-संयोजक श्री चोला पाठक र गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद साउदी अरबका सल्लाहकार श्री राजु सैयद
हुनुहुन्थ्यो । र अथितीहरुमा बहराइन स्थित बिभिन्न नेपाली संघका अध्यक्ष
तथा प्रतिनीधीहरु हुनुहुन्थ्यो । त्यस्तै गरेर उक्त सभाका पर्यवेक्षक
क्रमश सन्तोष दाहाल र निलेश मान सिंह प्रधान हुनुहुन्थ्यो । टंक बस्नेतले
सञ्चालन गर्नु भएको उक्त सभामा स्वागत मन्तव्य संघका उपाध्यक्ष श्री
छबीलाल बिकले गर्नु भएको थियो । त्यसतै गरेर गैर आवासीय नेपाली संघ
अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. उपेन्द्र महत्तो कार्य
ब्यस्तताका कारण यस सभामा उपस्थित हुन नसक्नु भएकोले उहाँले पठाउनु भएको
शुभ कामना सन्देश कार्यक्रमका सञ्चालक टंक बस्नेतले पढेर सुनाउनु भएको
थियो । कार्यक्रमलाई अघाडीबडाउने क्रममा उक्त संघका महासचिव श्री टंक
बस्नेतले वाषिर्क प्रतिवेदन प्रस्तुत गर्नु भयो । वाषिर्क पतिवेदन
प्रस्तुत गर्ने क्रममा कुवेतमा काम गर्दै आएकी नेपाली महिला डोल्मा
सेर्पालाई ज्यानमारा मुद्धामा फर्साईएको ठहर गर्दै कुवेत सरकारले तोकेको
फासीको सजायलाई मध्ये नजर गर्दै आइसीसीले गरेको डोल्मा बचाउ अभियान
अनुरुप आर्थिक सहयोगको लागि नेरु २,०५,७०८/- आर्थिक सहयोग गरेको, बहराइन
स्थित नेपाली संघ संस्थाका पदाधिकारी एवं बहराइन स्थित नेपाली बुद्धीजिवी
वर्गहरुको उपस्थितिमा "हाम्रो नेपालको आगामी संम्बीधान कस्तो हुनु पर्दछ
?" बिषयक एक बिचार गोष्ठी आयोजन गरेको र उक्त गोष्ठी बाट आएका सुझावहरु
नेपालमा गठीन संम्बीधान सुझाव संकलन समितिमा पठाएको, कोशीबाडी पिडीतलाई
सहयोग स्वरुप नेरु. ८१,७००/- पठाएको साथै अन्य धेरै प्रकारका सहयोग
गरीएको कुरा बताउनु भयो । भने आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघ
कोषाध्यक्ष भेष बहादुर सेनले हाल सम्म कोषमा जम्मा ७०९.२००/- बहराइन
डीनार लगभग नेरु.१,४५,०००/- रहेको कुरा बताउनु भयो । मन्तव्यको क्रममा
बहराइन स्थित बिभिन्न नेपाली संघका प्रतिनीधिहरुले एनआरएनए सम्बन्धी फरक
फरक धारणा राख्नु भएको थियो । सभाका प्रमुख अतिथी चोला पाठकले एनआरएन
संघको परिचय दिनु भयो भने एनआरएनएले उठाउदै गरेको दोहोरो नागरीकताको
बारेमा जानकारी दिनु भयो । कार्यक्रम सञ्चालकले २४ अगस्ट २००९ मा बसेको
नयाँ तथा पुराना परीषद सदस्यहरुको भेलाले र्सवसम्मतले पारीत गरेको
एनआरएनए-एनसीसी बहराइनको नयाँ कार्य समितिको बारेमा जानकारी दिनु भयो ।
साथै सोही दिन बाट सञ्चालनमा ल्याईएको एनआरएनए-एनसीसी बहराइन राहतकोषको
स्थापना गरेको र सो राहतकोषको अध्यक्ष श्री काजी थापा रहनु भएको कुरा
जानकारी दिनु भयो । र कोषका अध्यक्ष श्री काजी थापाले यो कोषको बारेमा
जानकारी दिनु भयो आजै देखी आथिक संकलन गरेको कुरा जानकारी दीदै इच्छुक
व्यक्तिले कोषलाई आर्थिक सहयोग गरीदीनहुन अनुरोध गर्नु भएको थियो र
आर्थिक सहयोग दिनेहरुमा क्रमश (१) श्याम तामाङ्ग US $ ५००/- (२) चोला
प्रसाद पाठक US $ ५००/- (३) राजु सैयद US $ ५००/- (४) पुरण पाल र्राई US
$ ३००/- (५) दुर्गा गिरी US $ २००/- (६) डम्बर प्रसाद फुयाल US $ १००/-
(७) तिर्थ बहादुर चन्द US $ ५०/- (८) काजी थापा मगर US $ ५०/- (९) सन्तोष
दाहाल US $ ५०/- (१०) चन्द्रकुमार क्षेत्री US $ ५०/- (११) छवीलाल बिक US
$ ५०/- (१२) भेषबहादुर सेन US $ ५०/- (१३) पुरुशोत्तम चौलागाई US $ ५०/-
(१४) श्याम र्राई US $ ५०/- (१५) मोतीबहादुर मगर US $ २५/- (१६) कृष्ण
कुमारी बीष्ट US $ ५०/- (१७) भीमबहादुर बागदास US $ ५०/- (१८) रबीन
भट्टर्राई US $ ५०/- (१९) लालबहादुर कट्वाल US $ ५०/- (२०) प्रताप
गुरुङ्ग US $ ५०/- (२१) दीपेन्द्र अधिकारी US $ ५०/- (२२) मणीराम पुरी US
$ ५०/- (२३) चन्द्रमणी सुबेदी US $ ५०/- (२४) गोरख रामजाली मगर US $ ५०/-
हुनुहुन्छ । भने जम्मा US $ २,९७५/- भएको छ । गैर आवासीय नेपाली संघ
मध्यप पूर्व क्षेत्रीय संघका उप-संयोजक तथा यस सभाका प्रमुख अतिथी श्री
चोला प्रसाद पाठकले नयाँ गठीत कार्य समितीका सबै सदस्यलाई सपथ खुवाउनु
भएको थियो । र सभालाई सम्मापन गर्दै यस सभाका सभापति श्री श्याम
तामाङ्गले यस संघको बारेका जानकारी दिनु भयो भने यस संस्थाले २ वर्षा
गरेको कार्यहरुको बारेमा चर्चा गर्नु भयो । यस सभाका वक्ताहरुले सोध्नु
भएको प्रश्नको जवाफ पनि दिनु भयो । र अन्यमा यस संघको भावीकार्य योजनाको
बारेमा जानकारी दिनु भयो ।
यस गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहराइनको र्सवसम्मतले
पारीत नयाँ कार्य समितिमा निम्न व्यक्तिहरु हुनुहुन्छ ।
अध्यक्ष : श्री श्याम तामाङ्ग, उपाध्यक्ष : श्री छबीलाल बिक, उपाध्यक्ष :
श्री दुर्गा गिरी, महासचिव : श्री सन्तोष दाहाल, सचिव : श्री चन्द्रमणी
सुबेदी, कोषाध्यक्ष : श्री भेषबहादुर सेन, सह-कोषाध्यक्ष : श्री
पुरुशोत्तम चौलागाई । सदस्यहरु : श्री काजी थापा मगर, श्री चन्द्रकुमार
क्षेत्री, श्री विष्णुबहादुर रोका मगर, श्री डक्बरकुमार फुयाल, श्री रबीन
भट्टर्राई, श्री तीर्थबहादुर चन्द, श्री प्रताप गुरुङ्ग, श्री भरतबहादुर
दन्त, श्री दीपेन्द्र अधिकारी, श्रीमती सरीता चेम्जुङ्ग, महिला प्रतिनिधि
श्रीमती कृष्णकुमारी बीष्ट, युथ प्रतिनिधि श्री लालबहादुर कट्वाल,
अन्तराष्ट्रिय समन्वय परिषद सदस्य श्री नीलेशमान सिंह प्रधान ।
सल्लाहकारहरु :- प्रमुख सल्लाहकार : श्री पुरण पाल र्राई, सल्लाहकार :
श्री गोरख रामजाली मगर, सल्लाहकार : श्री श्याम र्राई, सल्लाहकार : श्री
मोतीबहादुर मगर, सल्लाहकार : श्री उत्तम महत हुनुहुन्छ ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।