Skip to main content

Posts

पत्रकार ऋषि धमला लगात मुद्धा फिर्ता

काठमाण्डौं, ४ असोज। सरकारले पत्रकार एवं रिपोर्र्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला र अन्य दर्ुइ पत्रकार विरुद्ध दायर गरेको हातहतियार तथा खरखजना सहित तीन मुद्धा आज फिर्ता लिएको छ। मन्त्रिपषिद्को आज बसेको बैठकले भुमिगत शसस्त्र समुह रण्ँविर सेनासंग संलग्नता रहेको आरोपमा मुद्धा खेपिरहेका धमला सहित तीन पत्रकार विरुद्धको मुद्धा फिर्ता लिएको हो। मन्त्रीपरिषद्को सिहदरबारमा आज बसेको बैठकले पत्रकार धमला सहित अन्य पत्रकार द्धय बिरेन्दकुमार महतो र रामसुभक महतोको मुद्धा फिर्ता लिने निर्याण् गरेको हो। बैठक पछि सञ्चारकर्मीसग कुरा गर्दै सरकारका प्रबक्ता एवं सुचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले तिन जना पत्रकारहरु विरुद्धको मुद्धालाई कानुनी प्रक्रिया पुराएर फिर्ता लिने निर्याण् गरेको बताउनु भयो। गएको माघ २१ गते पत्रकार धमलालाई प्रहरीले काठमाण्डौको पुतली सडक स्थित रिपोर्ट क्लव नेपालबाट पक्राउ गरेर रण्ँविर सेना संग आबद्ध रहेको आरोप लगाएर तत्कालीन सरकारले मुद्धा दायर गरेको थियो। धमला लाई झण्डै दर्ुइ महिना सम्म हिरासतमा राखेर पुनरावेदन अदालत पाटनले साधारण तारेखमा रिहाई गरेको थियो। भने अन्य दर्ुइ पत्रका...

प्रजातान्त्रिक राष्ट्रिय युवा संघ जिम्मेवारी बाडफाड

सुभाषप्रसाद साह कलैया, ४ असोज। नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल बारा जिल्ला कमिटिको आज सदरमुकाम कलैया स्थित पार्टर्ीीार्यालयमा सम्पन्न बैठकले जिम्मेवारी बाडफाड गरेको छ। बैठकले संगठन बिभाग प्रमुखमा ध्रुव यादव, प्रचार प्रसार प्रमुखमा सुभाषप्रसाद साह, रचनात्मक बिभागमा जफरुल हवारी, आर्थिक बिभाग प्रमुखमा राजकुमार अर्याल, युवा शक्ति परिचालन बिभागमा तारकेश्वर साह, प्रशिक्षण बिभाग प्रमुुखमा रामदिनेश यादव र महिला बिभागमा कल्याणी बिमलीलाई र्सबसहमतिले जिम्मेवारी दिईएको प्ररायु संघ बाराका सदस्य एवं प्रचार प्रसार बिभाग प्रमुख सुभाषप्रसाद साहद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ। यसैगरी क्षेत्र नम्बर १ कोर् इन्चार्जमा रामदिनेश यादव, संयोजकमा मुक्ति यादव, क्षेत्र नम्बर २ कोर् इन्चार्जमा राजेश साह, संयोजकमा महानन्द यादव, क्षेत्र नम्बर ३ कोर् इन्चार्जमा बच्च गीरि, संयोजकमा एमामुल अंसारी, क्षेत्र नम्बर ४ कोर् इन्चार्जमा ध्रुवप्रसाद यादव, संयोजकमा सुभाषप्रसाद साह, क्षेत्र नम्बर ५ कोर् इन्चार्जमा गोपाल चौधरी, संयोजकमा दिलिप चौधरी र क्षेत्र नम्बर ६ को संयोजकमा राजकुमार अर्याल,...

कादम्बरीको दशैं स्पेशल सम्पन्न

वीरगंज, ४ असोज । कादम्बरी एकेडेमीले दशैं स्पेशल कार्यक्रम सम्पन्न गरेको छ। आज वीरगंज नगर सभागृहमा सम्पन्न वाषिर्कोत्सवमा दशैं स्पेशल कार्यक्रम आयोजना गरेपछि खुवै रमाइलो भएको थियो। एकेडेमीमा अध्ययनरत साना बालबालिकाहरुले नृत्य, गीत प्रस्तुत गरेपछि अभिभावकहरु मन्त्रमुग्ध भएका थिए।

महंगीविरुद्ध जनवादीको अभियान

वीरगंज, ४ असोज । महंगी विरुद्ध अखिल नेपाल जनवादी युवा संघले अभियान जारी गरेको छ। आज बिहान वीरगंजको घण्टाघरमा राष्ट्रिय जनमोर्चा पर्साका सचिव प्रभुप्रसाद यादवको नेतृत्वमा महंगीविरुद्ध अभियान जारी गरिएको हो। दशैं, तिहार तथा छठको मौका छोपेर काला बजारी तथा व्यापारीहरुले खाद्यान्न लगायत सबैथोकमा चर्को मूल्य कायम गरेपछि उनीहरुविरुद्ध अभियान छेडेको यादवले बताए।

उच्चायुक्तको कार्यालयद्वारा महाराजगन्जमा भएका उल्लङ्‍घन सम्बन्धमा कारबाही गर्न आग्रह गर्दै प्रधानमन्त्रीलाई पठाइएको पत्र सार्वजनिक

काठमाडौं, ४ असोज । उच्चायुक्तको कार्यालय÷नेपालले द्वन्द्वसँग सम्बन्धित गम्भीर मानवअधिकार उल्लङ्‍घनमा कारबाही गर्न आह्वान गर्दै प्रधानमन्त्री माधवकुमार नेपाललाई लेखिएको पत्र आज सार्वजनिक गर्‍यो। उच्चायुक्तको कार्यालय÷नेपालका प्रमुख रिचर्ड बनेटले नेपाली सेनाको महाराजगन्त्र ब्यारेकमा सन् २००३ र २००४ मा भएको स्वेच्छाचारी थुना, यातना तथा बेपत्ता पार्ने कार्यका पीडक एवं सन् २००१ देखि २००३ को बीचमा बर्दिया जिल्लामा भएका उल्लङ्‍घनका पीडकविरुद्ध कारबाही गर्न आग्रह गर्दै साउन ११ गते प्रधानमन्त्रीलाई एक पत्र पठाउनुभएको थियो। उच्चायुक्तको कार्यालयद्वारा दुईवटा सार्वजनिक प्रतिवेदन१मा अभिलेखन गरिएका मानवअधिकारका यी उल्लङ्‍घनमाथि उपयुक्त अनुसन्धान गर्न कुनै कारबाही गरिएको छैन। सो पत्रले महाराजगन्जमा ती यातना तथा बेपत्ता पार्ने कार्य कहिल्यै नभएको भन्ने नेपाली सेनाको दाबीलाई खण्डन गर्दै द्वन्द्वसँग सम्बन्धित बेपत्ता पार्ने कार्यका लागि जवाफदेहीता खोज्ने आफ्ना प्रतिज्ञाहरू पूरा गर्न सरकारसँग आग्रह गरेको छ। सो पत्रमा उच्चायुक्तको कार्यालयका प्रमुखले महाराजगन्जमा ती उल्लङ्‍घन भएको समयमा चेन अफ कमान्डभि...

शक्ति पीठहरुमा पुजा गर्दा फोहर नहोऊन

काठमाडौं, ४ असोज। सनिवार घटस्थापना शुरु भएपछि देशभरका शक्ति पीठ र मन्दिरहरुमा दर्शनार्थीहरुको ओइरो लाग्ोको छ। तर भक्तजनहरुको अब्यबस्थित पुजाआजाले मन्दिर परिसरमा दर्ुगन्ध फैलिनुका साथै फोहर देखिने गरिएको छ। जथाभाबी अक्षता, दक्षिणा र नैबैद्य फ्याँकेर पुजा गर्नाले यस्तो स्थिति उत्पन्न भएको हो। दर्शनार्थीहरुले आफुले चढाएका चीजबीज धार्मिक र सामाजिक कार्यको लागि प्रयोग हुन दिन सामाग्रीहरु मिसाएर चढाउनु हुदैन। खाद्य, अखाद्य, रंग अबिर, धुपबती, दक्षिणा आदि बस्तु छुट्टयाएर पुजा थाली पुजारीलाइ दिनु भक्तजनहरुको दायित्व हो। मन्दिरमा यी बस्तुहरु संकलन गर्न बेग्लाबेग्लै भाँडोको ब्यबस्था गरी मन्दिर परिसर फोहर हुन नदिनु मन्दिर ब्यबस्थापन समितीको कर्तब्य हो। खाद्य बस्तुहरुमा चामल, अक्षता, र फलफुल तथा नरिवल एवं मिर्ठाई छुट्टयाएर राखेमा पुजारी र दर्शनार्थीहरुको लागि प्रसादको रुपमा प्रयोग गर्न सकिन्छ। त्यसै गरी आँप, स्याउ, नरिवल, सुन्तला, अंगुर जस्ता फलफुल छुट्टै संकलन गरी भक्तजनहरुलाइ प्रसादको रुपमा बाँडिनु पर्दछ। मिठाइका परिकारहरु जेरी, पैडा, लड्डु बर्फी आदि पनि छुट्टाएर प्रसादका रुपमा दर्शनार्थीहरुल...

दसैंमा गाउने गीत

काठमाडौं, ४ असोज। दसैं धेरै नेपालीको लागि दशा भएको छ। यही पर्बसंग मेल खोने गीतहरु पनि बनेका छन्। दसै आयो खाउला पिउला कहाँबाट ल्याउला चोरी ल्याउला बोलको बालगीत बाहेक धेरै गीतहरु बजारमा आइसकेका छन्। योगेश्वर अमात्यले गाएको दसैं नै हो कि यो मेरा दशा फर्कि आएको बोलको गीत दसंै ताका रेडियो टिभीहरु बज्ने गरेको छ। राजु लामा गीत पनि रक्सी खाएर कुलतमा फस्न सक्ने युवाहरुले गाउनु पर्ने गीत हो। लामाले आफ्नो गीतमा भनेका छन् "नतानु त तानु लाग्ने, तानेपछि मात्ने के गरुँ रक्सीको जातै यस्तै हो"। रक्सीको जात नै मानिसलाई मात्न दिने हो। दसैलाई पिउनेहरुले आफ्नो पर्ब मानेको फाइदा उठाउदै नेपालमा मदिराजन्य लागुऔषधको बर्षोनि प्रयोगकर्ता बढिरहेका छन्। मदिरा ब्यापार फस्टाएको कुराले यसको पुष्टि हुन्छ। पिएर मानिस निकै सस्तो हुने गरेका छन्। होहल्ला गरेर समाजमा अशान्ति मच्चाउछन्। - रविन राचलिका हरीत समूह भक्तपुर