Skip to main content

उच्चायुक्तको कार्यालयद्वारा महाराजगन्जमा भएका उल्लङ्‍घन सम्बन्धमा कारबाही गर्न आग्रह गर्दै प्रधानमन्त्रीलाई पठाइएको पत्र सार्वजनिक

काठमाडौं, ४ असोज । उच्चायुक्तको कार्यालय÷नेपालले द्वन्द्वसँग सम्बन्धित गम्भीर मानवअधिकार उल्लङ्‍घनमा कारबाही गर्न आह्वान गर्दै प्रधानमन्त्री माधवकुमार नेपाललाई लेखिएको पत्र आज सार्वजनिक गर्‍यो। उच्चायुक्तको कार्यालय÷नेपालका प्रमुख रिचर्ड बनेटले नेपाली सेनाको महाराजगन्त्र ब्यारेकमा सन् २००३ र २००४ मा भएको स्वेच्छाचारी थुना, यातना तथा बेपत्ता पार्ने कार्यका पीडक एवं सन् २००१ देखि २००३ को बीचमा बर्दिया जिल्लामा भएका उल्लङ्‍घनका पीडकविरुद्ध कारबाही गर्न आग्रह गर्दै साउन ११ गते प्रधानमन्त्रीलाई एक पत्र पठाउनुभएको थियो। उच्चायुक्तको कार्यालयद्वारा दुईवटा सार्वजनिक प्रतिवेदन१मा अभिलेखन गरिएका मानवअधिकारका यी उल्लङ्‍घनमाथि उपयुक्त अनुसन्धान गर्न कुनै कारबाही गरिएको छैन। सो पत्रले महाराजगन्जमा ती यातना तथा बेपत्ता पार्ने कार्य कहिल्यै नभएको भन्ने नेपाली सेनाको दाबीलाई खण्डन गर्दै द्वन्द्वसँग सम्बन्धित बेपत्ता पार्ने कार्यका लागि जवाफदेहीता खोज्ने आफ्ना प्रतिज्ञाहरू पूरा गर्न सरकारसँग आग्रह गरेको छ।


सो पत्रमा उच्चायुक्तको कार्यालयका प्रमुखले महाराजगन्जमा ती उल्लङ्‍घन भएको समयमा चेन अफ कमान्डभित्र रहेका सेनाका वरिष्ठ अधिकारीहरूको सेवाअवधि बढाउन वा बढुवा गर्न हालै गरिएको सिफारिसप्रति विशेष चिन्ता व्यक्त गर्नुभएको छ। सो पत्रले प्रत्यक्ष वा अप्रत्यक्ष जिम्मेवारको विश्वसनीय आरोप लागेका नेपाली सेनाका कुनै पनि अधिकारीहरूलाई तिनको संलग्नतासम्बन्धी स्वतन्त्र र निष्पक्ष अनुसन्धान नहुन्जेल निलम्बन गर्ने उच्चायुक्तको कार्यालयको सिफारिसलाई दोहोर्‍याएको छ। सो पत्र पठाएयता सरकारले दसौँ वाहिनीका पूर्व कमान्डर तथा महाराजगन्त्र एकाइको प्रत्यक्ष चेन अफ कमान्डमा रहेका उपरथी तोरणजङ्गबहादुर सिंहको बढुवा सरकारी कार्यदलको समीक्षा नगरेसम्मका लागि रोक्का गरेको छ। उच्चायुक्तको कार्यालयले सो कार्यदललाई सहयोगको प्रस्ताव गरेको छ र यो मानवअधिकार उल्लङ्‍घनका लागि जवाफदेहीताको समर्थनमा बलियोसँग अडिग रहने आशा गरेको छ।


"मानवअधिकार उल्लङ्‍घनमा संलग्न भएको विश्वसनीय आरोप लागेकाहरूविरुद्ध संयुक्त राष्ट्रसङ्‍घको सेवामा बढुवा वा मनोनयनमार्फत् पुरस्कार दिनु र महाराजगन्जनमा यातना र बेपत्ता पार्ने कार्य भएको थियो भन्ने कुरा अस्वीकार गर्नुले दण्डहीनता अन्त्य गर्ने सरकारको कुनै पनि साँचो प्रयासलाई अवमूल्यन गर्नेछ," रिचर्ड बेनेटले भन्नुभयो। "यी आरोपहरूलाई गम्भीरताका साथ लिनुपर्छ र पूर्ण रूपमा अनुसन्धान गरिनुपर्छ।"

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।