Skip to main content

Posts

मधेशलाइ समान हक अधिकार नदिए हतियार उठीरहने- ठाकुर

वीरगंज, २७ असोज । तमलोपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले मधेशलाई समान हक अधिकार नदिए हतियार उठीरहने बताएका छन्। आज बाराको जीतपुर भवानीस्थित आदर्श धर्मशालामा आयोजित जागरण सभालाइ सम्बोधन गर्दै उनले सरकारले मधेशलाइ उपेक्ष्ँा गरेको आरोप लगाए। ठाकुरले भने हतियारले बिनास गर्छ, विकास गर्नुछ भने कोदालो, हसुवा, खर्ुर्पी चलाउनु पर्‍यो। कार्यक्रममा तमलोपाका महामन्त्री र्सर्वेन्द्रनाथ शुक्ला, सहमहामन्त्री एवं सभासद जीतेन्द्र सोनल, सभासद बबन सिंह लगायतको उपस्थिति थियो।

तिहार अघि जुवाडेका चहलपहल

भक्तपुर, २७ असोज। तिहार सुरु हुनै लाग्दा भक्तपुरका चोक चोक र गल्ली गल्लीमा तास खेलिरहेका मानिसहरुको जमात देख्न थालिएको छ। ब्याँसीको पर्यटक बसपार्क भित्र पनि तास खेल्नहरु तीन चार समुहमा बिभाजित भएर तास खेलिरहेको दृष्यले यहाँ पहिलो पाईला टेक्ने बिदेशी पर्यटकहरुमा नकारात्मक प्रभाब परिरहेको छ। यहाँ रहेको एउटा प्रयोग हुन नसकेको सरकारी भवन भित्र तास खेल्नेहरुको जमघट हुने गरेको भए पनि, सो भवनको नामवाला भक्तपुर नगरपालिकाले त्यहाँ बाट जुवाडे हटाउने कुनै पहल शुरु गरेको छैन। पार्क भित्र प्रबेश गर्ने दुबै गेटमा सधै जसो नै तास खेल्नेहरुको र्घर्ुइचो नै लाग्ने गर्दछ। पुरानो ब्याँसी ढोका संगै रहेको एउटा पाटी पनि तास खेल्नेहरुको भेला हुने स्थान बनेकोे छ। त्यहाँ त झन नगरपालिकाको चेक पोष्टका कर्माचारी समेतले जुवाडे खेलको दर्शक बनेर मनोरन्जन गरिरहेको हुन्छ। भार्बचोको हनुमान फल्चा, लाकोलाछे फल्चा, चासखेल फल्चा, माहेश्वरी फल्चा जस्ता बाटो मै पर्ने पाटी पौवाहरु पनि खुलेआम जुवा खेलिरहदा पनि प्रहरी प्रशाषण मुक दर्शक मात्र भएर बसेको छ। गोल्मडी दरवार क्षेत्रका पाटीहरुमा पनि तास खेल्नेहरु लहरै बसेका हुन्छन्। ता...

तिहारमा प्रजापतिहरुलाइ भ्यानभ्याइ, कमाइ भने कम

भक्तपुर, २७ असोज। भक्तपुरका प्रजापितहरु यतिखेर तिहारको लागि दियोको रुपमा प्रयोग गरिने माटोका पाला बनाउनमा ब्यस्त छन्। भक्तपुर र्सर्ुजमारीका आशाराम प्रजापति भने आफ्नो ब्यस्तता प्रति खुसी देखिदैनन्। माटोको पालको न्युन मुल्यको कारण उनी लगायत माटोको कालकृति बनाउनेहरु निरास भएका हुन। एउटा पालाको मुल्य एक मोहर भन्दा बढी पाउन सकिदैन उनले भने। बजारमा अहिले देखिएका बिद्युतिय उज्यालोका सामानहरुको कारण माटाको पालमा दियो जलाउनेहरु परम्परा घटिरहेको छ। आशारामका सन्तानहरुले त माटोको काम छोडिसकेका छन्। भभिष्यमा माटोको पाला लोप हुने भयले उनलाई सताएको छ। पर्यटकहरुमा माझ माटोको भाडा खरिद गर्ने उत्सुकता रहे पनि सरकारी क्षेत्रको बेवास्ताले औपाचारिक रुपमा यस पेशाको संरक्षण र प्रचार नगरिदा कुमाले पेशा संकट परेको भक्तपुरका माटोको काम निरन्तर गरिरहेका प्रजापतिहरुले बताए।- रविन राचलिका हरीत समूह भक्तपुर

गल्ली गल्लीमा पर्यटक शौचालय अभाव

भक्तपुर, २७ असोज। यस बर्षो पर्यटक सिजन सुरु भैसकेको छ। भक्तपुरका गल्लीगल्लीमा बिदेसी पर्यटकरु देखिन थालेका छन्। तर उनीहरुलाई शौचको समस्या रहेको छ। शौचालय नहूदा भक्तपुरका केही गल्ली पर्यटकको खुल्ला शौचालय हुन पुगेको छ। रबिन्द्र पुरीद्धारा निर्मित नमुना घरको पछाडिको गल्लीमा पर्यटकहरुले शौचालयको रुपमा प्रयोग गर्न थाले पछि गत बर्षेखि गल्लीमा आवागमन बन्द गराइएको छ। अहिले पनि सो घरको अगाडि र छेउका गल्लीहरु भने खुल्ला शौचालयको रुपमा नै प्रयोग भैरहेका छन्। दतात्रय मन्दिरको अगाडि रहेको भीमसेन मन्दिरको भुइतला पनि खुल्ला शौचालय बनेको छ। भक्तपुर दरवार क्षेत्रको दिनेश बाबु हाडा गल्ली पनि खुल्ला शौचालयको रुपमा प्रयोग हुदै आएको छ। शौचालय नहूदा भक्तपुर दरवार क्षेत्रमा रहेको प्यालेस रेष्टुरेण्ट साँझ बन्द भए पछि स्थानीय युवाहरुले शौच गर्ने गरेका छन्। नगरपालिकाले बनाएको दरवार क्षेत्रको पर्यटक शौचालय साँझ बन्द हुन्छ। नगरपालिका र होटेलवालाहरुको मिलेमतोमा आबश्यक संख्यामा शौचालयहरु नबनाइएका हुन। पर्यटकको बढ्दो चापको कारण टुरिष्ट बसपार्कमा रहेको शौचालय प्रयोग गर्न चाहने पर्यटकहरु लामो लाइन बस्न बाध्य भएका छन्...

र्सर्ुयबिनायकमा पुस्तक मेला

भक्तपुर, २७ असोज। नेता गण भक्तपुरलाई बुद्धिजीबीको सहर बनाउने योजना बनाएका छन्। यीनै नेताका अनुयायी युवाहरुले समाजको बुद्धिजिबीकरण गर्ने हेतुले पुस्तक मेला आयोजना गर्न लागेको छ। मेला कार्तिक ५, ६ र ७ गते र्सर्ुयबिनायकमा हुन लागेको हो। - रविन राचलिका हरीत समूह भक्तपुर

२५ कार्यकर्ताहरु फोरम नेपाल परित्याग गरी मधेशी तराइ फोरममा प्रवेश

वीरगंज, २७ असोज । मधेशी जन अधिकार फोरम नेपाल पर्साका २५ जना कार्यकर्ताहरुले पार्टी परित्याग गरी मधेशी तराइ फोरममा प्रवेश गरेका छन्। आज वीरगंज आयोजित एक कार्यक्रममा रुस्तम अलि मन्सुरीको नेतृत्वमा २५ जना कार्यकर्ताहरु तराइ फोरममा प्रवेश गरेका छन्। फोरमका केन्द्रीय सदस्य मो सलबुद्दिन अन्सारीले पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई टिका लगाइ स्वागत गरेका थिए। यसैगरी राप्रपा नेपाल पर्साले शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आज वीरगंज, बिर्ता धर्मशालामा एक शुभकामना कार्यक्रम सम्पन्न गरेको थियो।

दुर्घटनामा एकजनाको मृत्यु

धनुषा, २७ असोज । सडक दुर्घटनामा एक र्सवसाधारणको मृत्यु भएपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको छ। गए राति लालगढ चोक स्थित पूर्व-पश्चिम राजमार्गमा ना.३ख २२१ नं.को ट्रकको ठक्करबाट सोही ठाउं वडा नं.-६ बस्ने ज्ञान बहादुर माझीको मृत्यु भएको हो। माझीको मृत्यु पछि स्थानीयवासीले ढुंगा मुढा गरेर राजमार्ग अवरुद्ध गरेपछि उत्पन्न विवादलाइ साम्य पार्न प्रहरीले ५ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। हाल राजमार्ग सुचारु रहेको प्रहरीले जनाएको छ। यसैगरी पुश्वलपुर-४ नजिकै ग.२ प ८९७३ नं.को मोटरसाइकलको ठक्करबाट सोही ठाउं बस्ने कुसमाया बुलन घाइते भएका छन्।