Skip to main content

तिहार अघि जुवाडेका चहलपहल

भक्तपुर, २७ असोज। तिहार सुरु हुनै लाग्दा भक्तपुरका चोक चोक र गल्ली
गल्लीमा तास खेलिरहेका मानिसहरुको जमात देख्न थालिएको छ। ब्याँसीको
पर्यटक बसपार्क भित्र पनि तास खेल्नहरु तीन चार समुहमा बिभाजित भएर तास
खेलिरहेको दृष्यले यहाँ पहिलो पाईला टेक्ने बिदेशी पर्यटकहरुमा नकारात्मक
प्रभाब परिरहेको छ। यहाँ रहेको एउटा प्रयोग हुन नसकेको सरकारी भवन भित्र
तास खेल्नेहरुको जमघट हुने गरेको भए पनि, सो भवनको नामवाला भक्तपुर
नगरपालिकाले त्यहाँ बाट जुवाडे हटाउने कुनै पहल शुरु गरेको छैन। पार्क
भित्र प्रबेश गर्ने दुबै गेटमा सधै जसो नै तास खेल्नेहरुको र्घर्ुइचो नै
लाग्ने गर्दछ।
पुरानो ब्याँसी ढोका संगै रहेको एउटा पाटी पनि तास खेल्नेहरुको भेला
हुने स्थान बनेकोे छ। त्यहाँ त झन नगरपालिकाको चेक पोष्टका कर्माचारी
समेतले जुवाडे खेलको दर्शक बनेर मनोरन्जन गरिरहेको हुन्छ। भार्बचोको
हनुमान फल्चा, लाकोलाछे फल्चा, चासखेल फल्चा, माहेश्वरी फल्चा जस्ता बाटो
मै पर्ने पाटी पौवाहरु पनि खुलेआम जुवा खेलिरहदा पनि प्रहरी प्रशाषण मुक
दर्शक मात्र भएर बसेको छ। गोल्मडी दरवार क्षेत्रका पाटीहरुमा पनि तास
खेल्नेहरु लहरै बसेका हुन्छन्।
तास र जुवा खेलको अखडाहरु धार्मिक स्थलहरुमा समेत खुलेआम सञ्चालनमा
रहेका छन। हनुमानघाट, वाकुपति मन्दिर परिसर, ब्रम्हायणी मन्दिर क्षेत्र,
नवदर्ुगा मन्दिरको प्राङगण, महाकाली मन्दिर, भद्रकाली मन्दिर जस्ता
धार्मिक आस्थाको केन्द्रहरुमो समेत जुवाडेहरु बढ्न थालेका छन्। नवदर्ुगा
गणका देवताहरु समेत जुवा खेलेर फर्ुसद बिताउने गर्दछन्।
प्रहरी प्रशाषणका बर्दी लगाएका कर्माचरीहरु भने आफ्नो गोजी भर्नको लागि
मात्र यी क्षेत्रहरुमा छापा मार्ने गरेका छन्। सबैभन्दा दुख लाग्दो कुरा
त भक्तपुर दरवार क्षेत्रमा भनपाको मुख्य चेक पोष्टको अगाडि पट्टीको
मन्दिर पछाडि पनि तास खेल्ने जमात सधै नै जम्मा हुने गर्दछन। यो दृष्यले
ऐतिहासिक तथा साँस्कतिक शहर बनाउने गफ दिने भनपालाई आपनै आँगनमा गिज्याइ
रहदा पनि चाल पाउन सकेको छैन।
जुवाडे बढ्न थाले पछि तमारीको नरसिह मन्दिरमा स्थानीय बासीले तास खेल्न
निषेध गरेको छ। हाल मन्दिर भित्र तास नखेलिए पनि मन्दिर बाहिर खुलेआम तास
खेल्नेहरुको संख्या भने झनै बढेको छ।
यहाँका मानिसहरु अर्धबेरोजगारीको कारण समय काट्नको लागि मात्र जुवा
खेल्ने गरेका हुन। अधिकाँस जुवाडेहरु जग्गा दलालहरुबाट पिडित रहेको
पाईन्छ। आफ्नो जग्गा दलालले खाईदिए पछि काम धन्दा नहुदा यसरी तास खेलेर
उनीहरुले समय बिताउने गरेका हुन। दलालहरु भने दिन दर्ुइ गुणा रात
चौगुणाका दरले धनी बनिरहेका छन। जुवाडेहरु भने निरास भएर भएको सम्पति पनि
रित्याइरहेका छन। यस्तै स्थिति रहेमा भक्तपुरमा धनी र गरीबको दुरी बढ्न
गई बिसंगति बढ्ने निश्चित छ। यसरी जुवा खेलेर दिन काट्नेहरुको घर पनि
जर्ीण्ा भैरहेका छन्। जुवाका कारण नै घरघडेरी गुमाउनेहरु अरुको घरमा डेरा
बस्न थालेका छन्।
यी बाहेक ब्याबसायिक रुपमा घर भित्र पनि लाखौ रुपैयाको जुवाको बाजी
मार्ने गरिएको छ। यहाँ भट्टीहरुमा समेत जुवा खेलाएर बहाल उठाउने गरिन्छ।
यहाँका नेतागणले भक्तपुर सहरलाई बुद्धिजीबीको बस्ती बनाउने कल्पना गरेका
छन्। तर उनीहरुले नागरीकलाई बुद्धिजिबी बनाउने कुनै कार्यक्रम ल्याएका
छैनन्। आन्दोलनको लागि बेरोजगारहरु प्रयोग गर्न सकिने मान्यतालाई आत्मसाथ
गरेर नेताहरुले समाजलाई बुद्धिजिबिकरण गर्ने भने पनि युवाहरुको जुवामोहको
बिरोध नगरेका हुन।
गोलमढी दरवार भन्दा अलि भाथि इनाचोको मुल सडकमा समेत लंगुर बर्ुजा
खेल्नहरु लाइ नपुङसक पुलिसले कारबाही गरेको छैन। तर सिभिल पोशाक मै पुलिस
खेलिरहेका छन्। यदि उनीहरुले हारेमा पुलिस पोशाक लाएका लाइ बोलाएर र
भूइमा राखेको नगद जफट गर्दछन्।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।