Skip to main content

Posts

बिजुलीको पोल छ, बिजुली छैन

वीरगञ्ज, १५ कात्तिक । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जलाई आर्थिक नगरीका रुपमा परिभाषित गरिए पनि पर्सर्ााे दुर्गम वस्तीहरुमा अझै पनि बत्ती पुग्न नसकेपछि स्थानीयवासीहरु टुकीको भरमा रात काट्न बाध्य छन् । सदरमुकाम वीरगञ्जबाट ६८ किलोमिटर सुदूरउत्तरमा रहेको ठोरी र सोही गाविसमा जोडिएको निर्मलवस्ती गाविसका १५ सय भन्दा बढी परिवार अझै पनि टुकीको भरमा रात बिताउन बाध्य भएका हुन् । छिमेकी देश भारतसँग जोडिएका यी गाविसका स्थानीयवासीहरु भारतमा बलेको बिजुली हेरेर चित्त बुझाउनुबाहेक अर्को विकल्प नभएको गुनासो गर्छन् । करिब दुइ वर्षअघि निर्मलवस्ती ठोरी विद्युतीकरण योजनाअनुसार सो गाविसमा बिजुलीको पोल गाडिएको भए पनि हालसम्म बत्ती आउन नसकेपछि गाउँलेहरु चिन्तामा परेका छन् । तत्कालीन समयमा गाडिएको बिजुलीको पोल पनि जीर्ण बन्दै गइरहेको र बिजुली वितरणको सम्बन्धमा आफूले पटकपटक सरोकारवालासँग माग गरे पनि सुनुवाइ नभएपछि आफू हैरान भएको उपभोक्ता समितिका अध्यक्ष आशबहादुर गुरुङले गुनासो गर्नुभयो ।रासस

गविसका सचिव साह र जिबिसका यादवले गाविसको रकम हिनामिना गरेको आरोप

बारा, १५ कातिक। बाराको पकडिया गाविस सचिव राजारामप्रसाद साह तथा जिबिसका भरतप्रसाद यादवले मनोमानि तरिकाले गाविसको बजेट हिनामिना गरेको भन्दै स्थानीयबासिन्दा तथा राजनैतिक दलका प्रतिनिधिहरुले आज जिल्ला प्रशासन कार्यालय बारामा एक ज्ञापनपत्र दिदै छानबिन गरी उनीहरुलाई कारवाही गर्न माग गरेका छन। चार सुत्रिय माग उनीहरुले ज्ञापनपत्रमा गर्दै पाँच दिनभित्र पुरा नभएमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन।

गढीमाईको मेला व्यस्थापन समिति परिवर्तन

बारा, १५ कातिक । बाराको बरियापुर स्थित बिश्व प्रसिद्ध गढीमाई मन्दीरको यही मंसिरमा लाग्ने मेलाको लागि एकिकृत नेकपा माओबादीका सभासद शिवचन्द्र कुशवाहाको अध्यक्षतामा गठन भएको मेला व्यवस्थापन समितिलाई खारेज गदै गढीमाई मन्दीर बिकास तथा व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा आज मेला व्यवस्थापन समिति गठन भएको छ। स्थानीय बासिन्दाहरुले सभासद कुशवाहाको अध्यक्षतामा गठन भएको समिति बिधान बिपरित भएको भन्दै आन्दोलन सुरु गरे पछि जिल्ला प्रशासन कार्यालय बारामा भएको र्सबदलिय बैठकले साहको अध्यक्षतामा सो समिति गठन हो।

लागुपदार्थ नियन्त्रण सम्बन्धी अर्न्तक्रिया कार्यक्रम सम्पन्न

बारा, १५ कातिक। बाराको कलैया नगरपालिका -१४ बिश्वमरपुरमा आज लागुपदार्थ नियन्त्रण गर्ने बिषयमा अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। युएसआईडिको आर्थिक सहयोगमा सहकार्य नेपाल बारा शाखाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको सहकार्य नेपाल बारा शाखाका जिल्ला सुपरिबेक्षक अजय साहले बताउँनु भयो। स्थानीय सहजकर्ता जादोलाल कुशवाहाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा राजनीतिक दलका स्थानीय नेता, बुद्धिजिबि लगाएतकाले सम्बोधन गर्नुभएको थियो।

शहिद रम्भु यादवको ६ औं स्मृति दिवश सम्पन्न

बारा, १५ कातिक। मातृका यादवले नेतृत्व गरेको नेकपा माओबादी बाराले आज शहिद रम्भु यादवको ६ औ स्मृति दिवश कलैयामा मनाएको छ। भोजपुरार् इन्चार्ज सुधिर यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा माओबादी पर्सर्ाार् इन्चार्ज छोटेलाल साह, राष्ट्रिय मुक्ति मोर्चा बाराका अध्यक्ष बिजय चौधरी शहिद परिवारको तर्फाट प्रभु यादव लगाएतका बक्ताहरुले आफ्नो मन्तव्य व्यक्त गरेका थिए। सोही कार्यक्रमका बीच उमेश यादव, बीरेन्द्र पासवान, नागेन्द्र यादव, रामएकबाल पटेल, मनोज पटेल, उमेश राम लगाएतका तीन दर्जन नेताहरु एकिकृत नेकपा माओबादी पार्टर्ीीरित्याग गरी नेकपा माओबादीमा प्रबेश गरेका छन्।

मधेश तर्राई फोरमद्वारा आन्दोलनको घोषणा

काठमाडौं, कात्तिक १५। मधेश तर्राई फोरमले आन्दोलनको घोषणा गरेको छ । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मधेशको अधिकार सुनिश्चित गर्न भन्द्यै कात्तिक २५ देखि आन्दोलन गर्ने घोषणा गरेको हो। घोषित कार्यक्रम अनुसार बांकेमा कात्तिक २५, कपिलवस्तुमा २७, लुम्बिनीमा २९, मंसिर २ मा रौतहट, ४ गते पर्सर्ाा , ६ गते धनुषामा, ७ गते सिराहामा, ९ गते सप्तरीमा, १० गते सुनसरीमा र मंसिर २५ गते वीरगञ्जमा आमसभा गर्ने जनाइएको छ। राष्ट्रिय झण्डा र चिन्ह फर्ेर्नुपर्ने, देशको नामै फर्ेर्नुपर्ने, उपराष्ट्रपतिलाई क्रियाशील पार्न आवश्यक व्यवस्था गर्नुपर्ने, निजामती प्रशासनमा मधेशीको उचित प्रतिनिधित्व हुनुपर्नेलगायतको माग राखी आन्दोलनको घोषणा गरेको अध्यक्ष अमर यादवले बताए। वीरगञ्जमा सम्पन्न दोस्रो विस्तारित बैठकले मधेशको अधिकारका लागि सशक्त हुने निर्णय गरेको यादवको भनाई छ।

विराट सत्संग समारोह २०६६ सम्पन्न

काठमाडौं, १५ कार्तिक । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा पशुपति क्षेत्र बनकालीमा यहि कार्तिक १४ र १५ गते दर्ुइ दिवसिय विराट सत्संग समारोह सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री माधवकुमार नेपालज्यूबाट शिलालेख अनावरण गरी श्री हंस मण्डपको समुद्घाटन गरेका थिए। नेपाल मानव धर्म सेवा समितिका प्रणेता सद्गुरुदेव सतपाल जी महाराजको आहृवानमा निर्माण भएको उक्त मण्डप नेपालकै पहिलो आध्यात्मिक मञ्चको रुपमा स्थापित भएको छ। हरेक धार्मिक संघसस्थाहरुले सम्पे्रषण गर्ने विचारहरु सम्पूर्ण मानव जातीको हित र कल्याण तर्फअग्रसर हुनुपर्ने विचार राख्दै प्रधानमन्त्री माधव कुमार नेपालले पशुपति क्षेत्र भित्र अत्याधुनिक मञ्च निर्माण गरेकोमा नेपाल सरकार र व्यक्तिगत तर्फाट श्री सतपाल जी महाराज एवं नेपाल मानव धर्म सेवा समिति प्रति आभार व्यक्त गरे। कार्यक्रमका विशिष्ट अतिथि एवं मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजले नेपाल र भारत बिचको सामाजिक, आर्थिक, सांस्कृतिक, तथा धार्मिक अन्तर सम्बन्धको ब्याख्या गर्दै श्री पशुपतिनाथ मन्दिर प्रति नेपाली तथा भारतिय दुवै नागरीकले उच्च महत्व दिएको प्रसङ्ग ...