Skip to main content

विराट सत्संग समारोह २०६६ सम्पन्न

काठमाडौं, १५ कार्तिक । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा पशुपति क्षेत्र बनकालीमा यहि कार्तिक १४ र १५ गते दर्ुइ दिवसिय विराट सत्संग समारोह सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री माधवकुमार नेपालज्यूबाट शिलालेख अनावरण गरी श्री हंस मण्डपको समुद्घाटन गरेका थिए। नेपाल मानव धर्म सेवा समितिका प्रणेता सद्गुरुदेव सतपाल जी महाराजको आहृवानमा निर्माण भएको उक्त मण्डप नेपालकै पहिलो आध्यात्मिक मञ्चको रुपमा स्थापित भएको छ।
हरेक धार्मिक संघसस्थाहरुले सम्पे्रषण गर्ने विचारहरु सम्पूर्ण मानव जातीको हित र कल्याण तर्फअग्रसर हुनुपर्ने विचार राख्दै प्रधानमन्त्री माधव कुमार नेपालले पशुपति क्षेत्र भित्र अत्याधुनिक मञ्च निर्माण गरेकोमा नेपाल सरकार र व्यक्तिगत तर्फाट श्री सतपाल जी महाराज एवं नेपाल मानव धर्म सेवा समिति प्रति आभार व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि एवं मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजले नेपाल र भारत बिचको सामाजिक, आर्थिक, सांस्कृतिक, तथा धार्मिक अन्तर सम्बन्धको ब्याख्या गर्दै श्री पशुपतिनाथ मन्दिर प्रति नेपाली तथा भारतिय दुवै नागरीकले उच्च महत्व दिएको प्रसङ्ग ब्याख्या गर्दै विकसित तथा सम्वृद्घ नेपालको निर्माण प्रति आफू दृढ रहेको विचार व्यक्त गर्दै शान्त एवं समुन्नत नेपालको शुभकामना दिनुभयो। पशुपतिनाथको दर्शन सबैका लागि खुल्ला हुनुपर्ने विचार राख्दै महाराजजीले भन्नुभयो - "जसरी र्सर्ूयको उज्यालो संसार भरी फैलिन्छ त्यसरी नै विश्व भरीका मानव जातीले पशुपतिनाथलाई उच्च महत्व दिएको कारण पनि पशुपतिनाथको दर्शनमा विभेद नर्गन आग्रह गरे।
र् धर्मशास्त्र प्रतिर् इङ्गति गर्दै महाराजजीले भने- धर्मशास्त्रले आध्यात्मिक दर्शनलाई सुत्रबद्घ त गरेको छ तर त्यसलाई जबसम्म प्रयोगात्मक रुपमा व्यवहारमा उर्तादैनौ र केवल पठनवाठन मा मात्र सीमित राख्दछौं त्यसले आध्यात्मिक मर्म पुरा गर्न सक्दैन। आज सुन्दर, शान्त र सम्बृद्घ समाजको निर्माण अपरिहार्य बनेको छ। यसको लागि सबै मानव जातीले कणकणमा रहेको रामलाई जान्नुछ, ब्रह्मलाई चिन्नुछ, आत्मातत्वलाई साक्षात्कार गर्नुछ तव मात्र समाजमा भाईचारा, सद्भावना, त्याग र बलदिानका भावना छताछुल्ल हुनेछन् त्यसलाई हामीले राम राज्य पनि भन्न सकिन्छ। त्यसैले तपाईहरुका पाईला मानव धर्म तर्फबर्ढाई आफ्नो जीवन सफल बनाउनुहोस्।
कार्यक्रमका सभापति, पशुपति विकास कोषका अध्यक्ष एवं संस्कृति मन्त्री डा. मिनेन्द्र रिजालले आफ्नो समापन मन्तव्य राख्दै भन्नुभयो सबै धर्म संस्थाहरुले एक आपसमा सद्भाव र सम्मान साटासाट गरी भाईचारा को सम्बन्ध विकास गरुन् भन्ने राज्यको परिकल्पनालाई मानव धर्मले पछ्याउन सकेकोमा प्रसन्नता व्यक्त गर्दै श्री हंस मण्डप निर्माण गरी लोकार्पण भएकोमा सतपालजी महाराज प्रति आभार व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा श्री हंस मण्डप निर्माणको दौरानमा महत्वपर्ूण्ा भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरियो। सम्मान गरिनेहरुमा पशुपतिक्षेत्र विकास कोषका वर्तमान तथा पर्ूव पदाधिकारीहरु, श्री शुसील नाहटा, श्री नरोत्तम वैद्य, श्री परमानन्द शाक्य, श्री गणेश प्रसाद अधिकारी, श्री निर्मल कर्ुर्ंइकेल, श्री ज्ञान बहादुर हमाल लगायतका पशुपति क्षेत्र विकास कोषका सदस्यज्यूहरु हुनुहुन्थ्यो। सोही अवसरमा वरिष्ठ गायिका आनी छोईङ्ग डोल्मा तथा गायक राम कृष्ण ढकाललाई पनि सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरियो। सम्मानित द्घैय व्यक्तित्वले गाउनु भएका भजनहरुले सहभागिहरुलाई मन्त्रमुग्ध बनाएको थियो।
सोहि कार्यक्रममा आत्म ज्ञानले मात्र आध्यात्मिक ढोका खुला हुने विचार व्यक्त गर्दै माता अमृताजी, महात्मा निवासानन्दजी, प्रतिभावाईजी, अम्बिका वाईजी, चमेली वाईजी, डा.जय प्रकाशजीले मार्मिक प्रवचन सुनाउनुभयो। सोहि अवसरमा भक्ति संगीतका कलाकारहरुको शब्द र लयले सहभागिहरुलाई नतमस्तक बनाएको थियो।
झण्डै पचास हजार श्रद्घालु उपस्थित रहेको उक्त कार्यक्रममा निःशुल्क भण्डारा, निःशुल्क स्वास्थ्य शिविर एवं झण्डै आठ सय स्वयम सेवक परिचालन गरिएको र उक्त मण्डपको लागत झण्डै एक करोड रहेको आयोजकले जानकारी गराए। ऐकेश्वर रेग्मीले स्वागत गर्न भएको उक्त कार्यक्रमको सञ्चालन ठाकुर प्रसाद पौडेलज्यूले गरेका थिए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।