Skip to main content

Posts

विद्यालयका प्रअ र अध्यक्ष्ँ थुनिए

वीरगंज, १८ कार्तिक । वीरगंज उपमहानगरपालिका वडा नं. १८ भेडियाहीमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको नाम परिवर्तन गर्ने विषयमा दुवै पक्षबीच विवाद भएपछि विद्यालयका अध्यक्ष्ँ एवं प्रधानाध्यापकलाइ स्थानीयवासीले विद्यालयमा थुनेका छन्। व्यवस्थापन समितिका अध्यक्ष्ँ बासुदेव साह सोनारले आफनो पिताको नाममा सोही गाविसमा पर्ने करिब तीन कठ्ठा जमिन दान दिएपछि विद्यालयको नाम परिवर्तन गरी हरिहर सर्राफ चम्पादेवी निम्न माध्यमिक विद्यालय गरिएकोमा स्थानीय भेडियाहीबासी तथा व्यवस्थापन समितिका सदस्यहरुले निर्णय खारेज गर्न दबाब दिंदै स्कूलको कक्ष्ँामा दुवैलाई थुनेर राखेका थिए।

एमनेष्टीद्वारा भारत सरकारको ध्यानाकर्षण

वीरगंज, १८ कार्तिक । एमनेष्टी इन्टरनेशनल नेपालले भारत सरकारको ध्यानाकर्षण गराउन आज वीरगंज उद्योग वाणिज्य संघमा दुइदिने हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। भारतको दक्षिण -पश्चिम उडिसाको नियामगिरी पहाडमा रहेको खानी खोल्ने योजना र त्यसबाट हुने प्रभावबाट जनताहरुलाई जोगाउन सो हस्ताक्षर अभियान सुरु गरेको हो। भोलि संकलित हस्ताक्ष्ँर भारतीय महावाणिज्य दूतावासमा बुझाइने भएको छ।

दुइ दिनपछि वीरगंज भन्सार सुचारु

वीरगंज, १८ कार्तिक । वीरगंज भन्सार कार्यालयका कार्यालय प्रमुख केवलप्रसाद भण्डारीमाथि दर्ुर्व्यवहार गर्ने नेकपा माओवादी -मातृका समूह)का धु्रव यादवलाई कारबाही गर्ने सहमतिमा दुइ दिनदेखि ठप्प रहेको वीरगंज भंसारको काम सुचारु भएको छ। यादवलाई कारबाहीको मांग गर्दै निजामति कर्मचारी युनियन र क्लियरिङ एजेन्ट संघले अनिश्चितकालीन वीरगंज भन्सार बन्द गरेपछि दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता पछि सो सहमति भएको हो।

ब्याज, ऋणको सम्पूर्ण रकम चुक्ता गरे पनि आफनो जग्गा फिर्ता नगरेको आरोप

वीरगंज, १८ कार्तिक । बाराको कलैया- ३ निवासी नथुनी साहले सोही ठाउं वडा नं. ४ राजदेवी बस्ने रामजी अग्रवालले आफनो जग्गा कब्जा गरेको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कार कार्यक्रममा बोल्दै नथुनी साहले करिब २५ वर्ष अघि आफनो पिता स्व.मोहन साह कानूले रामजी अग्रवासंग घर खर्च वापत रु तीस हजार लिइ १५ कठा ८ धुर जग्गा धितोवापत अग्रवासको नाममा रजिष्ट्रि गरेपछि आफूले नगद ब्याज समेत चुक्ता गरीसकेपछि पनि सो जग्गा फिर्ता नगरेको बताए। २०४६ सालमा सामाजिक हिसाबले टोलको भद्रभलाद्मी बसी रु साठी हजार दिइ जग्गा फिर्ता गर्ने सहमति भए पछि पुन २०६५ असोज २५ गते छिनोफोना गरी रमेश अग्रवालले सबैको रोहबरमा जग्गा फिर्ता गर्ने कागजमा सहीछाप गरेको नथुनीले बताए। त्यसपछि २०६५ असोज २६ गते दुवै पक्ष्ँबीच जग्गाको छिनोफानो गरी रु एक लाख ७५ हजार रामजी अग्रवाललाई दिने निर्णय गरेपछि सोही दिन आफूले भुक्तानी दिएको नथुनीले बताए। आजसम्म जग्गा फिर्ता नगरे भोलि अग्रवालको घर घेराउ गरी तालाबन्दी गर्ने चेतावनी समेत नथुनी साहले दिएका छन् । रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वम...

योग्य पुरूष खोज्न ह्यान्डसम नेपाल

भक्तपुर, १८ कार्तिक। नेपालमा पहिलो पटक मिस नेपाल स्तरको पुरूष सौर्न्दर्य प्रतियोगिता हुने भएको छ। यसको लागि कार्यक्रमका संयोजक नबिन पौडेल कार्तिक १५ गतेबाट प्रचार प्रसार गरिएको जानकारी गराएका छन्। प्रतियोगितालाई बिकेन्द्रीत बनाउन उपत्यका बाहिरका १५ वटा एफएफ स्टेसनहरूसंग सहकार्य गरेको पौडेल बताए। यो प्रतियोगितामा बडी र ब्रेनको प्रतिस्पर्धा हुने आयोजकको दाबी रहेको छ। प्रतियोगिताको अन्तिम स्पर्धामा पुग्न अघि १६ बर्षदेखि ३० बर्षा एसएलसी उर्तीण पुरूषहरूले आठ चरण पार गर्नु पर्नेछ। यी चरण क्षेत्रीय स्तरमा छानिएका एफएफ स्टेसनहरूले सन्चालन गर्नेछ। त्यहाँबाट छानिएका १५ पुरूष र काठमाण्डौं उपत्यकाबाट छानिने ५ पुरूषहरूको बीचमा अन्तिम प्रतिस्पर्धा हुनेछ। क्षेत्रीय स्तरका कार्यक्रमहरू सञ्चालन गर्न ७२ वटा जिल्ला समेटिने गरी १५ एफएम स्टेसनलाई जिम्मा दिइएको छ। त्यसैगरी उपत्यकाबाट पँाच वटा एफएफले अन्तिम प्रतिस्पर्धाको लागि पाँच युवा छान्नेछ। छनौट चरणमा युवाहरूले आफ्नो बौद्धिकता, ज्ञान र शारिरीक तन्दुरूस्तीता प्रस्तुत गर्नु पर्नेछ। पहिलो चरण अडिसन राउण्डमा प्रतिस्पर्धीहरूले आफ्नो परिचय ...

बिश्व च्याम्पियनसीप प्रतियोगितामा भाग लिन २२ सदस्यीय नेपाली टोली बुधबार जापान प्रस्थान

काठमाडौं, १८ कार्तिक। ३५ औं स्पोर्टस च्यानबारा बिश्व च्याम्पियनसीप प्रतियोगितामा भाग लिन २२ सदस्यीय नेपाली टोली बुधबार जापान प्रस्थान गर्दैछ । नेपालमा भर्खरैमात्र सुरु भएको यो परम्परागत जापानी खेलमा भाग लिन पहिलोपटक नेपाली खेलाडी जापान लागेका हुन् । आगामी नोभेम्बर ८ तारिखबाट जापानको योकोहामामा सुरु हुने प्रतियोगितामा करिव ६० मुलुकका खेलाडी सहभागी हुादैछन् । प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई स्पोर्टस च्यानबारा नेपाल फेडरेसनका बरिष्ठ सल्लाहाकार प्रेम लामाले बिदाई गर्ने कार्यक्रम रहेका छ ।

माओवादी हिंसा रोक्न सेना परिचालन हुन्छ- उपप्रधानमन्त्री

काठमाडौं, १८ कार्तिक। उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले माओवादी आन्दोलन हिंसात्मक बन्दै गएको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले भने हिंसा रोक्न सेना परिचालन हुनसक्छ। सेना राज्यको सुरक्षाका लागि भएकाले आवश्यक पर्दा परिचालन गर्न सकिने बताए। उनले माओवादी आन्दोलन बदनामित हुदै गएकाले फिर्ता लिनुको विकल्प नभएको बताए। आन्दोलनले राष्ट्रिय अन्तराष्ट्रिय आलोचना खेप्नुपरेकाले फिर्ता लिएमा माओवादीकै हित हुने बताए। 'माओवादीका सामु आन्दोलन फिर्ता लिनुको विकल्प छैन,' मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छेदारले भने,'आन्दोलन फिर्ता लिए माओवादीकै लागि हितकर हुन्छ।' माओवादीले लोकतान्त्रिक आचरणविपरितको गतिविधि गरिरहेको भन्दै जनताबाट बदनामित भएको तर्क गरे। माओवादी गतिविधि शतप्रतिशत गलत रहेकाले कसैले पनि र्समर्थन गर्न नसक्ने बताए। बजेट पारित हुन नदिने, उपत्यका नाकाबन्दी गर्ने देखि स्वायत्त राज्य घोषणा गर्नु लोकतन्त्र र वृस्तृत शान्ति सम्झौता विपरित हुने भन्दै कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए।