Skip to main content

योग्य पुरूष खोज्न ह्यान्डसम नेपाल

भक्तपुर, १८ कार्तिक। नेपालमा पहिलो पटक मिस नेपाल स्तरको पुरूष सौर्न्दर्य प्रतियोगिता हुने भएको छ। यसको लागि कार्यक्रमका संयोजक नबिन पौडेल कार्तिक १५ गतेबाट प्रचार प्रसार गरिएको जानकारी गराएका छन्। प्रतियोगितालाई बिकेन्द्रीत बनाउन उपत्यका बाहिरका १५ वटा एफएफ स्टेसनहरूसंग सहकार्य गरेको पौडेल बताए।
यो प्रतियोगितामा बडी र ब्रेनको प्रतिस्पर्धा हुने आयोजकको दाबी रहेको छ। प्रतियोगिताको अन्तिम स्पर्धामा पुग्न अघि १६ बर्षदेखि ३० बर्षा एसएलसी उर्तीण पुरूषहरूले आठ चरण पार गर्नु पर्नेछ। यी चरण क्षेत्रीय स्तरमा छानिएका एफएफ स्टेसनहरूले सन्चालन गर्नेछ। त्यहाँबाट छानिएका १५ पुरूष र काठमाण्डौं उपत्यकाबाट छानिने ५ पुरूषहरूको बीचमा अन्तिम प्रतिस्पर्धा हुनेछ।
क्षेत्रीय स्तरका कार्यक्रमहरू सञ्चालन गर्न ७२ वटा जिल्ला समेटिने गरी १५ एफएम स्टेसनलाई जिम्मा दिइएको छ। त्यसैगरी उपत्यकाबाट पँाच वटा एफएफले अन्तिम प्रतिस्पर्धाको लागि पाँच युवा छान्नेछ।
छनौट चरणमा युवाहरूले आफ्नो बौद्धिकता, ज्ञान र शारिरीक तन्दुरूस्तीता प्रस्तुत गर्नु पर्नेछ। पहिलो चरण अडिसन राउण्डमा प्रतिस्पर्धीहरूले आफ्नो परिचय सहित निर्ण्ाायकहरूमा माझ प्रस्तुत हुनेछन्। यस चरणबाट पास भएकाहरूलाई एउटा राउण्ड टेवल बैठकमा बोलाइ भलाकुसारी गराइनेछ। दोश्रो चरणमा उर्तीर्ण्र्ााुनेहरूको सामान्य ज्ञान जाँच्न तेश्रो चरण अर्न्तगतको क्वीज प्रतियोगिता गराइनेछ।
क्वीजमा सफल भएकाहरूले भने एक क्षणको मास्टर नामको चरणमा आफूलाई देखाउनु पर्ने हुन्छ। यस चरणमा प्रतिस्पर्धीहरूलाई बिद्यालय तहका बिद्यार्थीहरूलाई दश मिनेट सम्मको कक्षा लिइ उनीहरूको शिक्षण क्षमता जाँच हुनेछ। पाँचौ तहमा पुगेकाहरूलाई एफएम स्टेसनमा आरजे बनाइ श्रोताहरूको प्रश्नको सामना गराइनेछ।
यो चरणलाई आयोजकले तपाईको प्रश्न हृयान्डसमको उतर नामाकरण गरेका छन्। त्यस पछि लिखित राउण्डमा लेखन क्षमताको परीक्षा र कलाकारीता राउण्डमा कलाको निपुणताको अवलोकन गरे पछि क्षेत्रीय स्तरको अन्तिम चरणको लागि दश युवा छानिनेछ। यी दश युवाहरूलाई मोडलिङ प्रतियोगिता गराइ एक जना उत्कृष्टलाई राष्ट्रिय प्रतियोगितको लागि छनौट गरिनेछ।
राष्ट्रिय प्रतियोगिता आगामी जेठसम्ममा सम्पन्न गर्ने आयोजकले लक्ष्य राखेको छ। राष्ट्रिय प्रतियोगिताको बिजेतालाई हृयान्डसम नेपालको उपाधि सहित पाँच लाख रूपियाँ नगद पुरस्कार प्रदान गरिने आयोजकको योजना रहेको छ।
छनौट चरणमा सहभागी हुने चाहने चितवन र आसपासका युवाहरूको लागि हाम्रो एफएम, बुटवलमा बुटवल एफएम, बिरगन्जमा नारायणी एफएम, गोरखामा रेडियो गोरखा, पोखरामा माच्छापुच्छे एफएम, जनकपुरमा रेडियो मिथिला, नेपालगञ्जमा रेडियो बागेश्वरी, कैलालीमा दिनेश एफएम, लगायतले क्षेत्रिय स्तरका प्रतियोगिताहरू गर्ने भएका छन्।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।