Skip to main content

Posts

प्रअले आर्थिक हिनामिना गरेको आरोपमा तालाबन्दी

बीरगंज २९ कार्त्तिक। अचित माध्यमिक बिधालय बतरा बारामा प्रधानाध्यापकले आर्थिक हिनामिना गरेको आरोप लगाउदै बिधार्थीले ताला बन्दी गरेका छन्। निमित प्रधानाध्यापक अशोक कुमारले घात्रबृति हिनामिना गर्ने उदेश्यले परिक्षा लिएर आफना नजिकका बिधार्थीहरुलाई उर्तीण गरेको आरोप लगाउँदै बिधार्थीले निमित प्रधानाध्यापकलाई चार धण्टा थुनेका थिए। हरहिसाब दिने कुरामा सहमति जनाएपछि मुक्त गरेर बिधालयमा तालाबन्दी गरेका थिए। आज पनि बिधालयमा तनावकै स्थिती रहेको बताईएको छ।

जनता दलद्वारा ज्रि्रकामा दुइ घण्टा धर्ना

बीरगंज २९ कार्त्तिक। राष्ट्रिय जनता दल पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्सामा २ घण्टा धर्ना दिएका छन्। असार ८ गते सरकार र राष्ट्रिय जनता दल बीच भएको ४ बुदे सम्भौता हाल सम्म सरकारले कार्यन्वयन नगरेको भन्दै धर्ना दिएका थिए। श्रीपुर स्थित पार्टर्ीीार्यालयबाट निकालीएको र्‍यालिमा ओबिसी प्रतिष्ठान तुरुन्त गठन गर, मधेशका सिमा सुरक्षा आतंक बन्द गर, कृषिमा ३ प्रतिशत क्रिण उपलब्ध गर लगायत बिभिन्न नाराहरु लगाउदै जिल्ला प्रशासन कार्यालयको मुल गेटमा धर्ना दिएका थिए। राष्ट्रिय जनता दलका जिल्ला अध्यक्ष उमेश साह कानुको अध्यक्षतामा सो रयालि निकालीको थियो।

र्सार्वजनिक शौचालयको दुरावस्था

वीरगंज, २९ कार्तिक । वीरगंज उपमहानगरपालिका वडा नं. १६ र वडा नं. १५ मा निर्मित र्सार्वजनिक शौचालय दुर्गन्धित हुँदा स्थानीयवासीले गुनासो गरेका छन्। नेकपा मालेका तर्फबाट सभासद् बनेका राजेन्द्र खेतानको संसदीय कोषबाट निर्मित सो शौचालयको उचित हेरचाह नभएपछि नागरिक समाज पर्साका अध्यक्ष र सचिव पन्नालाल गुप्ताले वीरगंज उपमहानगरपालिकालाई एक अपिल गर्दै सो स्थानमा रहेको र्सार्वजनिक शौचालयको सरसफाइ गर्न आग्रह गरेको प्राप्त जानकारीमा उल्लेख छ।तस्बिर- जिवनलाल श्रेष्ठ

सरकारी कार्यालयमा कामकाज सुचारु

वीरगंज, २९ कार्तिक। प्रजिअमाथि हातपात गर्ने राज्यमन्त्री बेगमलाई कार्वाही गर्नु पर्ने माग गर्दैर् विगत ५ दिन देखि आन्दोलनमा रहेका निजामति कर्मचारीहरुले आन्दोलन स्थगित गरेपछि आज बारा, पर्साको सम्पूर्ण सरकारी कार्यालयहरुमा कामकाज सुचारु भएको छ। सरकारले राज्यमन्त्री बेगमलाई कारवाही गर्ने आश्वासन दिए पछि कर्मचारीहरूले शनिबार सँाझ देखि आन्दोलन स्थगित गरेका हुन। कर्मचारीहरुले आन्दोलन स्थगित गरेपछि आइतबारदेखि कार्यलयको कामकाज संचालन हुने भएको छ। पाँच दिनभित्रमा सकारकारले राज्यमन्त्री बेगमलाई कारबाही नगरे पुन आन्दोलन थाल्ने उनीहरुले बताएका छन्।

उपराष्ट्रपतिको ससम्मान पुनरबहालीको मांग गर्दै समाजवादीद्वारा संघर्षको कार्यक्रम घोषणा

वीरगंज, २९ कार्तिक । समाजवादी पार्टी पर्साको वीरगंजमा सम्पन्न बैठकले विभिन्न निर्णय तथा उपराष्ट्रपति परमानन्द झालाई ससम्मान पुनरबहालीको मांग गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको छ। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कार कार्यक्रममा केन्द्रीय अध्यक्ष बिमल यादवले उपराष्ट्रपति परमानन्द झाको ससम्मान पुनरबहाली गर्न १५ दिने अल्टिमेटम दिएका छन्। उनले मांग पूरा नभए मंसिर २६ र २७ गते जिल्लाको सदरमुकाममा धर्ना, पार्टर्ीीे मांग सम्बन्धमा सदरमुकाममा मंसिर ११, १२ र १३ गते हस्ताक्षर अभियान, पुस ९, १०, ११ गते धर्ना, हतियारधारी समूहको एनकाउन्टरको नाममा हत्याको विरोध गर्दै हतियारधारीको मांगको सम्बन्धमा उनीहरुलाई तुरुन्त वार्तामा ल्याउन पहल गर्ने बताए।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याऊ-पूर्व प्रधानमन्त्री चन्द

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउछौं - माओवादी उपाध्यक्ष श्रेष्ठ काठमाडौं, कात्तिक २९। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले एकीकृत नेकपा माओवादीलाई प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर अगाडि बढ्न भनेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै तत्कालिन राजनीतिक गतिरोध अन्तका लागि संवैधानिक र सदनको बाटोबाट अगाडि बढ्न सुझाव दिएका हुन्। 'माओवादीका लागि अविश्वासको प्रस्ताव ल्याएर अगाडि बढ्नु उत्तम विकल्प हुन्छ,' राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी वरिष्ठ नेता समेत रहेको चन्दले भने,'सबै समस्याको समाधान सदन र संविधानको बाटोबाट खोज्नर्ुपर्छ।' राजनीतिक सहमतिका लागि प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी अध्यक्ष प्रचण्डको ठाउँमा बसेर सोच्नुपर्ने र प्रचण्डले पनि माधव नेपालको ठाउँमा बसेर सोच्नुपर्ने बताए। सबैले आफ्नो स्थानबाट मात्र विश्लेषण गर्दा समस्या समाधानको उपाय ननिस्किएको बताए। यसैगरी एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन्। आज रिपोर्र्टर्स क्लब न...

मंसिर १ गतेबाट अनिश्चितकालीन मधेश बन्द गर्ने मातृका यादवको चेतावनी

वीरगंज, २८ कार्तिक । नेकपा माओवादीका अध्यक्ष मातृका यादवले आफनो कार्यकर्तालाइ रिहाइ नगरे मंसिर १ गतेबाट अनिश्चितकालीन मधेश बन्द गर्ने चेतावनी दिएका छन्। गत कार्तिक १६ गते वीरगंज भन्सारका प्रमुख केवलप्रसाद भण्डारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वीरगंज-१८ निवासी धु्रव यादवलाई रिहा गराउन नेकपा माओवादीले विरोध र्‍याली निकाली घण्टाघरमा परिणत भएको सभालाइ सम्बोधन गर्दै मुख्य नाकाबाट तस्करहरुले खुलेयाम सामान भित्रयाइरहेका छन् त्यस्तालाई सरकारको अंगले कमिशन खाइ छाडीरहेको आरोप लगाए। आन्दोलनको पहिलो चरण शान्ति, दोश्रो चरणमा लठ्ठी र तेश्रो चरणमा बन्दूकबाट लर्डाईं लड्न तयार छौं भन्दै भ्रष्टाचारी, तस्कर, कालोबजारीहरुसंग सांठगांठ गरी समाचारलाई बग्याउने पत्रकारहरुलाई कारबाही गर्ने चेतावनी समेत दिए। पर्सा जिल्लामा सरकारी कर्मचारीहरु पैसा खुवाएर आउने गरेको भन्दै सिडिओले ९ लाख र एसपीले ३५ लाख घुस खुवाएपछि मात्र सरुवा भएको दाबी यादवले गरे। यादवले देशको संविधान दूतावासको एक कोठामा लेखिदैछ, नेपाललाई बरबाद पार्नमा भारतको ७५ प्रतिशत हात रहेको दाबी गर्दै चाइनाले दमन गर्न हतियार दिएको खण्डमा, त...