Skip to main content

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याऊ-पूर्व प्रधानमन्त्री चन्द

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउछौं -माओवादी उपाध्यक्ष श्रेष्ठ
काठमाडौं, कात्तिक २९। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले एकीकृत नेकपा माओवादीलाई प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर अगाडि बढ्न भनेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै तत्कालिन राजनीतिक गतिरोध अन्तका लागि संवैधानिक र सदनको बाटोबाट अगाडि बढ्न सुझाव दिएका हुन्।
'माओवादीका लागि अविश्वासको प्रस्ताव ल्याएर अगाडि बढ्नु उत्तम विकल्प हुन्छ,' राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी वरिष्ठ नेता समेत रहेको चन्दले भने,'सबै समस्याको समाधान सदन र संविधानको बाटोबाट खोज्नर्ुपर्छ।' राजनीतिक सहमतिका लागि प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी अध्यक्ष प्रचण्डको ठाउँमा बसेर सोच्नुपर्ने र प्रचण्डले पनि माधव नेपालको ठाउँमा बसेर सोच्नुपर्ने बताए। सबैले आफ्नो स्थानबाट मात्र विश्लेषण गर्दा समस्या समाधानको उपाय ननिस्किएको बताए।
यसैगरी एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सहमतिको ढोका खोलिदिन बारम्बार प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गर्दै अविश्वासको प्रस्ताव ल्याएर भएपनि सरकार ढाल्ने चेतावनी दिएका हुन्।
'सकेसम्म सहमतिबाटै राष्ट्रिय सहमतिको सरकार निर्माणको पक्षमा छौं,' कुन माध्यमले सरकार गठन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, 'अविश्वासको प्रस्ताव ल्याएर पनि अगाडि बढ्न सकिन्छ।' आफूहरु अंकगणितको खेलमा नलागेको अन्यथा सरकार धेरै अघि ढलिसक्ने दाबी गरे। जुनसुकै प्रस्ताव लादा राष्ट्रिय सहमति बनाउन लागेकाले ढिलाई भएको बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।